राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठले सरकारले सीमान्तकृत समुदायका आवाज सम्बोधन नगरी उल्टै चरित्रहत्या गर्न लागेको आरोप लगाएकी छिन्। सामाजिक सञ्जालमा लेख्दै उनले परिवर्तन र विद्रोहको आवाजलाई अराष्ट्रिय तत्व, विदेशी दलाल, परिचालितजस्ता शब्द भनेर बदनाम गर्ने प्रयास भइरहेको पनि बताइन्।
सुमना लेख्छिन्, ‘सत्ताले परिवर्तन र विद्रोहको आवाजलाई ‘अराष्ट्रिय तत्त्व’, ‘विदेशी दलाल’, ‘परिचालित’ आदि भनेको त हामी सुन्दै आएका हौँ। अहिलेका सत्तासीन दल र नेताहरूलाई समेत परिवर्तनको पक्षमा बोलेका बेला यस्तै भनिएको थियो होला। तर दुर्भाग्य के छ भने अहिले लोकतान्त्रिक गणतन्त्रमा पनि सीमान्तकृत समुदायका आवाजलाई सरकारले सुन्ने हैन दबाउने, माग सम्बोधन गर्ने हैन यस्ता आवाज बोल्नेहरूको चरित्रहत्या गर्नेतिर लागेको छ।’ पूर्वदेखि पश्चिमसम्मका सामाजिक विभेद र अत्याचारविरुद्धका आवाजलाई राज्यले सुन्नुपर्ने उनको माग छ। राजनीतिक दल, नागरिक समाज, मिडिया र बौद्धिक वर्गले पनि यस्ता विषयमा पर्याप्त आवाज नउठाएको आरोप पनि उनले लगाइन्।
विद्रोहको स्वर सधैँ चर्को हुन्छ, तर हिंसाको जगमा उभिएका सत्तारुढ दलले लोकतन्त्र र समानताको कुरा गर्ने, तर व्यवहारमा दलित र आदिवासी जनजातिमाथि ज्यादती गरेको भन्दै उनले प्रश्न गरेकी छिन्। उनी लेख्छिन्, ‘निरङ्कुश शासनविरुद्ध ‘झापा विद्रोह’ गर्दा होस् या ‘विमान अपहरण’ को तयारी गर्दा कसैले तपाईँहरूको अडियो रेकर्ड गरी सार्वजनिक गरेको भए के प्रतिक्रिया दिनुहुन्थ्यो? विद्रोहको स्वर जहिल्यै चर्को हुन्छ। हिंसालाई बढावा दिने कुरा हामी कसैले समर्थन गर्दैनौँ तर हिंसाकै जगमा उभिएका सत्तारुढ दुई दलले एकैपटक लोकतन्त्रका कुरा पनि गर्ने अनि ‘हाम्रो आस्थामाथि प्रहार नगर’ भन्ने नागरिकमाथि गोली प्रहार पनि गर्ने? संसद्मा ‘समानता’ मेरो जीवन मूल्य हो पनि भन्ने अनि दलित भएकै कारण प्रेम गर्ने युवकमाथि प्रहरी लगाएर ज्यादती पनि गर्ने?’
बैतडीमा एक दलित युवाले आमाको शव उठाउन मलामी नपाएको घटना उनले उल्लेख गरेकी छिन्। उनका अनुसार लोकतन्त्र बलियो त्यतिबेलामात्र हुन्छ जब सबैलाई न्याय महसुस हुन्छ। उनी भन्छिन्, ‘आदिवासी र दलितलाई प्रताडित गरेर न लोकतन्त्र बच्छ न समाजवाद आउँछ। परिवर्तनको चाहना र विद्रोहका आवाजलाई सुनौँ, समेटौँ। कतै ढिला नहोस्!’ परिवर्तनको आवाजलाई सुन्न र समेट्न आग्रह गर्दै उनले सर्वगुण सम्पन्न व्यक्तिलाई आन्दोलनका नेताका रूपमा खोज्दै जाँदा जीवनभर पर्खनुपर्ने समेत भनेकी छिन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो।
आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ।
छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ।
माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्।
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...