नेकपा एमालेका सांसद रघुजी पन्तले एक सदनका सांसदले बोलेको कुरालाई अर्को सदनले खेद प्रस्ताव पारित गर्ने अवस्था आउनु दुःखद भएको बताएका छन्। सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
सांसद पन्तले संसद् दुई सदनको बीचमा द्वन्द्व उत्पन्न भएको खण्डमा संसदीय व्यवस्थालाई असर गर्ने पनि उनको तर्क छ। उनले यस्तो द्वन्द्व बढ्दै गयो भने यसले दुई सदनको बीचमा विवाद उत्पन्न गराउने र त्यसले संसदीय व्यवस्था र लोकतन्त्रलाई कमजोर बनाउने उल्लेख गरेका छन्।
उनले भने, ‘हाम्रो संविधानले दुई सदनात्मक संसदीय व्यवस्था गरेको छ। यि दुई सदनको बीचमा द्वन्द्व उत्पन्न भयो भने त्यसले संसदीय व्यवस्थालाई असर गर्दछ। हामी कसैले पनि बोलेको कुरा एक सदनका सांसदले बोलेको कुरालाई अर्को सदनले खेद प्रस्ताव पारित गर्ने अवस्था आउनु आफैँमा दुःखद हो। यस्तो द्वन्द्व बढ्दै गयो भने यसले दुई सदनको बीचमा विवाद उत्पन्न गर्दछ र त्यसले संसदीय व्यवस्था र लोकतन्त्रलाई कमजोर बनाउँछ।’
उनले अगाडि भने, ‘राष्ट्रिय सभा भनेको वृद्धाश्रम होइन। तर राष्ट्रिय सभा भनेको पाकाहरूको सदन हो। त्यो सदनलाई वृद्धाश्रम भनेर हामीले आलोचना र बेइज्जत गर्नु हुँदैन। लोकतन्त्र आफैँमा एउटा सुसंस्कृत प्रणाली हो, यसलाई हामीले एक अर्कोले सम्मान गर्नुपर्छ।’ यसअघि प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जालमार्फत राष्ट्रिय सभालाई वृद्धाश्रम भनेका थिए। त्यसको विरोध गर्दै राष्ट्रिय सभाले खेद प्रस्ताव पारित गरेको थियो।
प्रस्ताव पारित हुनु दुःखद भएको भन्दै पन्तले भने, ‘हामी यसबाट पाठ सिकौँ, कसै व्यक्तिलाई दोष नदिउँ। दुवै सदनको बीचमा द्वन्द्व उत्पन्न हुने काम नगरौँ र एकले अर्कालाई सम्मान गर्दै अघि बढौँ।’ उनले दुवै सदनको बीचमा द्वन्द्व उत्पन्न हुने काम गर्न नहुने र एकले अर्कोलाई सम्मान गर्नुपर्नेमा जोड दिएका छन्।
सांसद पन्तले संसद् दुई सदनको बीचमा द्वन्द्व उत्पन्न भएको खण्डमा संसदीय व्यवस्थालाई असर गर्ने पनि उनको तर्क छ। उनले यस्तो द्वन्द्व बढ्दै गयो भने यसले दुई सदनको बीचमा विवाद उत्पन्न गराउने र त्यसले संसदीय व्यवस्था र लोकतन्त्रलाई कमजोर बनाउने उल्लेख गरेका छन्।
उनले भने, ‘हाम्रो संविधानले दुई सदनात्मक संसदीय व्यवस्था गरेको छ। यि दुई सदनको बीचमा द्वन्द्व उत्पन्न भयो भने त्यसले संसदीय व्यवस्थालाई असर गर्दछ। हामी कसैले पनि बोलेको कुरा एक सदनका सांसदले बोलेको कुरालाई अर्को सदनले खेद प्रस्ताव पारित गर्ने अवस्था आउनु आफैँमा दुःखद हो। यस्तो द्वन्द्व बढ्दै गयो भने यसले दुई सदनको बीचमा विवाद उत्पन्न गर्दछ र त्यसले संसदीय व्यवस्था र लोकतन्त्रलाई कमजोर बनाउँछ।’
यो पनि पढ्नुहोस्
ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति राष्ट्रिय सभाबाट खेद प्रस्ताव पारितउनले अगाडि भने, ‘राष्ट्रिय सभा भनेको वृद्धाश्रम होइन। तर राष्ट्रिय सभा भनेको पाकाहरूको सदन हो। त्यो सदनलाई वृद्धाश्रम भनेर हामीले आलोचना र बेइज्जत गर्नु हुँदैन। लोकतन्त्र आफैँमा एउटा सुसंस्कृत प्रणाली हो, यसलाई हामीले एक अर्कोले सम्मान गर्नुपर्छ।’ यसअघि प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जालमार्फत राष्ट्रिय सभालाई वृद्धाश्रम भनेका थिए। त्यसको विरोध गर्दै राष्ट्रिय सभाले खेद प्रस्ताव पारित गरेको थियो।