सरकारलाई सांसदहरुको प्रश्नः धुलो लागेको भ्रष्टाचारको फाइल कहिले खोल्ने ?
०५ फागुन २०८१
•
२ मिनेट पाठ
सरकारलाई सांसदहरुको प्रश्नः धुलो लागेको भ्रष्टाचारको फाइल कहिले खोल्ने ?
प्रतिनिधिसभा बैठको शुन्य समयमा सांसदहरुले जनचासोका विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।




राष्ट्रिय स्वतन्त्र सांसद मनिष झाले १४ सय विघा जग्गासहितको ७२ कुण्ड र ५२ कुटी भनेर परिचित अध्यात्मिक केन्द्र जनकपुरको जग्गा लुटिएको बताए । उनले १२ सय बिघा जग्गा दलाल र जनप्रतिनिधिनै मिलेर निजीकरण गरेकाले खोजतलास गरी पुनः स्थापित गराउन सरकारको ध्यानाकर्षण गराए ।

नेकपा (एमाले)का प्रमुख सचेतक महेशकुमार बर्तौलाले मकवानपुरमा रहेको अन्टार्टिका बिस्कुट फ्याक्ट्रीमा व्यवस्थापनले हटाएको ९६ जना मजदुरलाई तुरुन्त काममा फर्काउन सहजीकरणका लागि सरकारको ध्यानाकर्षण गराउनु भयो ।

एमालेकै सांसद महेश बस्नेतले नेपाल सरकार अन्तर्गतका कार्यालयहरुमा संवैधानिक व्यवस्थाविपरित विकास निर्माणसँग संवद्ध कार्यालयहरुले अंग्रेजी भाषाको प्रयोग गरेकोप्रति सरकारको ध्यानाकर्षण गराए ।

नेपाली कांग्रेसकी सांसद मैना कार्कीले तरकारी तथा फलपूmलमा विषादीको प्रयोग कम गर्न र नागरिकको स्वास्थ्यको रक्षा गर्न बलियो कानुन बनाउन सरकारको ध्यानाकर्षण गराउँदै विषादीका कारण क्यान्सरलगायत डरलाग्दा रोगहरु लाग्ने गरेकाले सरकारको ध्यान जानपर्नेमा जोड दिइन् ।

एमालेका सांसद मंगलप्रसाद गुप्ताले कृषि मन्त्रालयले कपिलवस्तुका उखु किसानलाई अनुदानको रकम उपलब्ध गराउन सिफारिस गरेपनि कृषि, अर्थ र उद्योग मन्त्रालयले एकअर्कालाई देखाएर पन्छिने गरेकोप्रति आक्रोश व्यक्त गरे । तत्काल किसानलाई रकम उपलब्ध गराउन सरकारलाई उनको ध्यानाकर्षण थियो ।

स्वतन्त्र सांसद योगेन्द्र मण्डललले सिमेन्टको मूल्य एकैपटक २६१ रुपैयाँ वृद्धि गरेपछि व्यवसायीलाई २२ अर्ब घाटा भएको बताउँदै १२० रुपैयाँ वृद्धि गर्ने भन्ने मन्त्रीसँग भएको सहमति किन कार्यान्वयन नभएको भनी सरकारलाई प्रश्न गरे ।

एमालेकी रणकुमारी बलम्पाकी मगरले गत असोज १२ गतेको वर्षा र बाढीले बिगारेको विपी राजमार्ग सहज सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

जनता समाजवादी पार्टीकी रञ्जुकुमारी झाले स्वास्थ्य बिमा प्रभावकारी रुपमा सञ्चालन गर्न सबै सरकारी तथा निजी अस्पतालमा स्वास्थ्य बीमा डेस्क खडा गर्न माग गरिन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी रोशन कार्कीले प्रधानमन्त्रीले भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ भन्ने गरेपनि १८० देशमध्ये नेपाल १०७ औँ भ्रष्टाचार हुने मुलुकमा पर्नु दुःखद् भएको बताइन् । भ्रष्टाचार नियन्त्रणका लागि धुलोले टाँसिएका फाइलहरु तत्काल खोल्न उनको माग थियो । 
अर्को समाचार
सभामुखको मुखमुखै लागे सांसद अमरेश सिंह, एमाले सांसदलाई भने : देशप्रति गद्दार तपाईं हो
०८ असार २०८२
•
२ मिनेट पाठ
सभामुखको मुखमुखै लागे सांसद अमरेश सिंह, एमाले सांसदलाई भने : देशप्रति गद्दार तपाईं हो
विनियोजन विधेयकमाथिको छलफलका क्रममा स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंह सभामुख देवराज घिमिरेसँग मुखमुखै लागेका छन् । मुलुककै गरिमायम पदमा रहेका सभामुख घिमिरेसँग जनप्रतिनिधि सांसद सिंहले आफूले बोलेको कुरामा नेकपा (एमाले)सहितका सांसदहरुले आपत्ति जनाएपछि जवाफ फर्काएका हुन् ।  




बजेट विनियोजनका क्रममा सरकारले प्रधानमन्त्री, मन्त्री र सांसदहरुको पहुँचका आधारमा विभिन्न पाँच जिल्लामा मात्र रकम छुट्याएको र बाँकी ७२ जिल्लालाई अमेरिका, चीन, भारतसहितका देशलाई लिजमा दिन भनेपछि बैठकमा विवाद सुरु भएको थियो । सांसद सिंहले आपत्तिजनक र राष्ट्रघाती अभिव्यक्ति दिएको भन्दै एमाले प्रमुख सचेतक महेश बर्तौलाले आपत्ति जनाएका थिए । त्यसपछि सत्तापक्षका अन्य सांसद समेत उठेर विरोध गरेका थिए ।  

सभामुख घिमिरेले सांसद् सिंहको भनाइलाई रेकर्डबाट हटाउन निर्देशन दिएपछि विवाद सुरु भएको थियो । सांसद सिंहले भने, 'तपाईंले दलीय हिसाबले दिएको निर्देशन हामी मान्दैनौं । बजेट निर्माणका क्रममा सबै जिल्लामा समानरुपमा बजेट विनियोजन गर्न सरकारलाई किन निर्देशन नदिएको ? सभामुख संसदको हो एमालेको हैन । तपाईंलाई सभामुख किन मान्ने ? तपाई त एमालेको कार्यकर्ता जस्तो हुनुहुन्छ । बजेट पनि नजाने बोल्न पनि नपाउने ? हामी पनि जनताबाटै चुनिएर आएको हो । तपाईंको दयामायाले म यहाँ आएको हैन ।'

बजेट विनियोजन नहुनुको कारण प्रस्तुत गर्न उनले सरकारको ध्यानाकर्षण गराए । सांसद सिंहले एमाले सांसदहरुलाई गद्दारको संज्ञा दिए । आफू मन्त्री नभएको र मन्त्री भएकाहरुले चरम भ्रष्टाचार गर्दैै २० वर्षमा देशलाई कंगाल बनाएको उनको आरोप थियो ।    

सांसद् सिंहले सभामुख, सत्तापक्षका सांसदलक्षित गर्दै आपत्तिजनक अभिव्यक्ति दिन थालेपछि सभामुख घिमिरेले सचेत गराउँदै निर्धारित विषयमा नियमावलीअनुसार बोल्न रुलिङ गरे । उनले भने, 'सभामुख महोदय, चारपाँच जिल्लामा सम्पूर्ण बजेट छुट्याउने र बोल्न पनि नपाउने ? स्वतन्त्र सांसदलाई मात्र रुलिङ गर्न पाउनु हुन्न । सबै सांसदहरु समान भएकाले सबैलाई रुलिङ गर्नुपर्छ । रास्वपालाई सानो दल भएकाले दुःख दिने । स्वस्तन्त्र सांसदलाई बोल्न नदिने । यो अन्याय हामी सहदैनौं । जनताले हामीलाई हरेक असमानताविरुद्ध लड्न चुनेर पठाएका हुन् ।'  

सो लगत्तै सभामुख घिमिरेले रोष्ट्रम छाडेर जान निर्देशन दिएका थिए । सोपछि पनि सांसद सिंहले आफूहरु अन्याय र ज्यादती सहनमात्र चुनिएर नआएको बताउँदै आफूलाई दिएको समय सात मिनेटसम्म नबोले पनि रोष्ट्रम छाडेर नजाने अडान लिएका थिए । सोपछि पनि उनले विभिन्न विषयमा धारणा भने राखेका थिए ।

यो पनि पढ्नुहोस्

संसद्‌मा ‘हंगामा’ मच्चाउनेगरी के बोलेका थिए अमरेशले ?
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस