मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले वीरगन्जका दुई क्यासिनोमा छड्के अनुगमन गर्दै व्यवस्थापन सुधार्न चेतावनी दिएका छन्।
उनले आदर्शनगरस्थित लर्डस् दियालोको किङ्स क्यासिनो र होटल सुरजको क्यासिनोमा पुगेर निरीक्षण गरेका हुन्।
अनुगमनको क्रममा क्यासिनोमा नेपाली नागरिक समेत जुवा खेलिरहेको भेटिएपछि सुरक्षा व्यवस्थामा लापरबाही देखिएको मुख्यमन्त्री सिँहको ठम्याइ छ।
पछिल्लो पटक एक नेपाली नागरिकले ४० लाख रुपैयाँ गुमाएको घटनाले क्यासिनोको नियमन कडा पार्नुपर्ने आवश्यकता देखिएको उनले बताए।
होटल सुरजको क्यासिनोमा जुवा खेलिरहेका एक नेपाली नागरिकलाई तत्काल नियन्त्रणमा लिइएको छ। उनलाई प्रहरीको जिम्मा लगाइएको छ।
नेपालमा विदेशी पर्यटकका लागि मात्र सञ्चालन अनुमति पाएका क्यासिनोहरूमा नेपाली नागरिकको प्रवेश कानुनी रूपमा प्रतिबन्धित भए पनि प्रभावकारी नियमनको अभाव देखिएको छ।
मुख्यमन्त्री सिंहले क्यासिनो सञ्चालकहरूलाई एक महिनाभित्र प्रवेश गरेका व्यक्तिहरूको विस्तृत विवरण, परिचयपत्रसहितको सूची, पछिल्लो सातादेखिको सिसिटिभी फुटेज र कर्मचारीहरूको विवरण मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाउन निर्देशन दिएका छन्।
पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘सुरक्षाका दृष्टिले क्यासिनो अति संवेदनशील क्षेत्र हुन्। तर, यहाँको व्यवस्थापन पटक्कै सन्तोषजनक छैन। अब हामी गम्भीर छौँ, क्यासिनोको नियमन कडा हुन्छ।’
मुख्यमन्त्री सिंहले क्यासिनोबाट संकलित दस्तावेजहरूको अध्ययनपछि थप कारबाही अघि बढाइने स्पष्ट पारेका छन्।