किन कार्यकाल लम्ब्याउन चाहन्छन् देउवा?
०९ फागुन २०८१
•
५ मिनेट पाठ
किन कार्यकाल लम्ब्याउन चाहन्छन् देउवा?
मुलुकको पुरानो राजनीतिक दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरूले पार्टीको महाधिवेशन २०८४ को निर्वाचनपछि गर्ने विभिन्न बहाना खोज्न थालेका छन्।




पार्टी विधानको चार वर्षे कार्यकालअनुसार कांग्रेसको १५औं महाधिवेशन २०८२ मंसिरभित्र गर्नुपर्ने हुन्छ। तर २०४६ सालको राजनीतिक परिवर्तनपछि विधानका अतिरिक्त एक वर्षको सुविधा प्रयोग गरेर मात्र कांग्रेसले महाधिवेशन गर्दै आएको छ। पछिल्ला दुई महाधिवेशनमा विधानको मात्र होइन, संवैधानिक व्यवस्थाको पनि उपयोग गरेको महाधिवेशन सार्ने रणनीतिमा सभापति देउवासहितका पदाधिकारी पुगेका छन्।  

सभापति देउवाले पार्टीको महाधिवेशन आम निर्वाचनपछि सार्ने प्रस्ताव नेताहरूसँग राखिसकेका छन् भने सार्वजनिक कार्यक्रममा पनि उक्त विषय उठाउँदै आएका छन्। गत साउनमा बसेको कांग्रेस केन्द्रीय समिति बैठकमै १५औं महाधिवेशन ल्याउन दोस्रो तहका नेताहरूले माग गरेका थिए। तर कांग्रेसले महाधिवेशनको कार्यतालिका ल्याएन।

क्रियाशील सदस्यता २०८१ भित्र गरिसक्ने जनाए पनि अहिलेसम्म सदस्यता नवीकरणले खास गति लिन सकेको छैन। सभापति देउवादेखि पार्टीका पदाधिकारीले सदस्यता नवीकरणदेखि नयाँ वितरणसम्ममा चासो नै नदेखाएको केन्द्रीय कार्यालयका एक अधिकारीले जानकारी दिए। जबकि कांग्रेसको गत वर्षको फागुनमा सम्पन्न महासमितिको बैठकमा महामन्त्री गगनकुमार थापाले २०८२ सालमा महाधिवेशन गर्ने प्रस्तावसहितको प्रतिवेदन पेस गरेका थिए।

पार्टी प्रवक्ता प्रकाशशरण महतले विधानको व्यवस्थाअनुसार एक वर्ष कार्यकाल थपिने बताउँदै आएका छन्। पार्टी महामन्त्रीदेखिका नेताहरूले भने कांग्रेसको महाधिवेशन समयमै गर्ने जनाउँदै आएका छन्। आम निर्वाचनअघि महाधिवेशन नगरे पार्टी अवैध हुने जनाउँदै आएका छन्। तर समयमै महाधिवेशन गर्ने भनेको कांग्रेस विधानअनुसार चार वर्ष, विधानकै व्यवस्थाअनुसार एक वर्ष थप गरेर पाँच वर्ष वा संवैधानिक व्यवस्थाअनुसार साढे पाँच वर्षभित्र महाधिवेशन गर्दा पनि समयमै हुनेछ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ५ (१) ‘खुले साढे पाँच वर्षभित्र अधिवेशन नगरे जरिवाना तिरेर ६ महिना बढाउन सकिने व्यवस्था गरेको छ । पहिलोपल्ट ५० हजार जरिवाना तिरेर ६ महिनाभित्र महाधिवेशन गर्न निर्वाचन आयोगले निर्देशन दिन सक्नेछ। त्यसलाई समेत उपयोग गरेर महाधिवेशन गरेपनि समयमै हुने जनाउँदै सभापति देउवजासहितका नेताहरू स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई देखाउँदै जरिवाना तिरेर भए पनि महाधिवेशन सार्ने पक्षमा रहेको दोस्रो तहका नेताको बुझाइ छ।

देउवालाई भेट्न केही दिनअघि बुढानीलकण्ठ पुगेका कांग्रेस पूर्व पदाधिकारीसँग पनि उनले महाधिवेशन चुनावपछि सार्ने प्रस्ताव गरेका थिए। त्यसप्रति देउवा प्रस्तावको उनीहरूले प्रतिवाद गरेनन्। तर, निर्वाचनअघि नै महाधिवेशन गर्नु उपयुक्त हुने तर्क गरेका थिए। त्यसको जवाफमा देउवाले आफू प्रधानमन्त्री नबनी महाधिवेशन नगर्ने स्पष्ट पारेका थिए। एमालेसँग भएको सातमध्यको एक बुँदा सम्झाउँदै केपी ओलीपछि कांग्रेस सभापति हुने उल्लेख रहेको स्मरण गराएका थिए।

विधानतः देउवा अब सभापतिको प्रत्यासी बन्न पाउनेछैनन्। जसले गर्दा देउवा कुनै पनि बहानामा कार्यकाल लम्ब्याउने पक्षमा छन्। पार्टी सभापति र प्रधानमन्त्री बनेर आगामी निर्वाचनमा तिनै तहको टिकट वितरण गर्ने देउवाको चाहना रहेको निकटहरूको दाबी छ। त्यसले आफू र आफ्नाको व्यवस्थापन मात्र होइन त्यसपछि महाधिवेशन गर्दा निकट व्यक्तिलाई नेतृत्वमा पुर्‍याउन सकिने बुझाइमा देउवा रहेको बताउँछन्। त्यसरी आउने नेतृत्व र पार्टीको लगाम देउवा सभापतिमा नभए पनि उनकै हातमा हुने कांग्रेसका कतिपय नेताहरूको विश्लेषण छ।

स्वास्थ्यले पनि साथ दियो र मुलुकको राजनीतिक परिस्थिति आफ्नो अनुकूल बने देउवा देशको राष्ट्राध्यक्षको जिम्मेवारीमा पुग्ने भित्री चाहना हुनसक्ने उनलाई नजिकबाट चिन्नेहरू बताउँछन्। देउवाले आफ्ना कार्डहरू एकपछि अर्को गर्दै खोल्ने जनाउँदै ती नेताले भने, ‘अहिले महामन्त्रीहरूलाई सोहीअनुसार ठाउँ दिएजस्तो गरिरहेका छन्। र, महामन्त्रीहरू पनि महाधिवेशन केही समय सर्दा वा सार्दा पार्टी नेतृत्व आफूहरूमा आइपुग्छ भने किन नपर्ने भन्ने पक्षमा हुनुहुन्छ।’

निर्वाचनअघि नै महाधिवेशन गर्दा अहिलेका अधिकांश पदाधिकारी दोहोरिने सम्भावना कमजोर हुने कतिपयको बुझाइ छ। आफैं पदाधिकारी भएर निर्वाचनमा टिकट वितरण गर्दा आफ्नो टिकटको सुनिश्चिता हुनेछ। साथै निकट केही नेता तथा कार्यकर्ताको व्यवस्थापन पनि गर्न सकिने बुझाइमा पदाधिकारी रहेको दोस्रो तहका कतिपय नेताहरूको बुझाइ छ। तर, पार्टी नेतृत्वको आकांक्षी शेखर कोइराला, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, शशांक कोइराला, प्रकाशमान सिंहसहितका नेताहरू आम निर्वाचनअघि नै महाधिवेशनको पक्षमा छन्।

सभापति देउवासहित केही व्यक्तिका स्वार्थ पूरा गर्न पार्टीलाई वैधानिक संकटमा धकेलेर महाधिवेशन २०८४/८५ सम्म धकेल्ने प्रयास भए कांग्रेसका लागि त्यो दुर्भाग्य हुने एक नेताले दाबी गरे। त्यस्तो अवस्थामा कांग्रेस विभाजन हुनसक्ने विश्लेषण गर्दै ती नेताले भने, ‘नेतृत्वमा को आउँछ होइन पार्टीको आवधिक निर्वाचन समयमा हुनुपर्छ।’

चुनावपछि महाधिवेशन गर्दा पार्टीको अवस्था नाजुक हुने बताउँदै कांग्रेसका नेता शेखरले सुर्खेतमा बिहीबार पत्रकारसँग कुरा गर्दै भने, ‘कुनै न कुनै रुपमा विधानअनुसार समयमै हुनुपर्छ।’

समयमै महाधिवेशन हुनुपर्छ भन्ने पक्षमा आफू पहिलादेखि नै रहेको जनाउँदै शेखरले कांग्रेसको विधानमा केही अप्ठेरो पर्‍यो भने एक वर्ष र संविधानले अर्को ६ महिना गरी डेढ वर्षभन्दा बढि लम्ब्याउने ठाउँ नरहेको बताए। कांग्रेस प्रवक्ता प्रकाशशरण महतले १५औं महाधिवेशन २०८२ मा सम्भव नै नरहेको बताउँदै आएका छन्।

विधानतः एक वर्ष ६ महिना थप्न सकिने जनाउँदै कति समय थपर्ने भन्ने निर्णय केन्द्रीय समितिले गर्ने जनाउँदै महतले चितवनमा आयोजित कार्यक्रममा पार्टीलाई बलियो बनाउन व्यक्तिवादी प्रवृत्ति निरुत्साहित गर्नुपर्ने तर्क  गरेका थिए।
अर्को समाचार
सत्ता पल्टाउने दौडधुपमा कोइराला
०५ साउन २०८२
•
३ मिनेट पाठ
सत्ता पल्टाउने दौडधुपमा कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पार्टी महानमन्त्री गगन थापाको सहयोगबिना नै सरकार फेरबदल गर्ने कसरतमा गरेका छन्। नेता कोइरालाल कांग्रेस संसदीय दलको नेता परिवर्तन गर्ने गरी सत्ता ढाल्ने खेलमा अघि बढेका हुन्। तर थापा पक्षका केन्दीय सदस्य कोइरालाको सत्ता पल्टाउने दौडधुप अर्थहीन रहेको बताउँछन्।




कांग्रेस नेतृत्वमा वैकल्पिक गठबन्धन बनाउन भन्दै खुमलटारदेखि भंगालसम्म पुगेर प्रयास गरेका कोइरालाको पछिल्लो गतिविधिलाई अर्थपूर्ण रूपमा हेरिएको छ। उनले आइतबार बिहान बानेश्वर र दिउँसो याक एन्ड यती होटेलमा सांसदसँग छलफल गरे। याक एन्ड यती भेलाबाट बाहिरिँदै गरेका सांसद राजेन्द्र बजागाईंले कोइराला सरकार परिवर्तन गर्नेतर्फ नगलागेको बताए।

पार्टी संसदीय दलको नेता फेर्ने सन्दर्भ भने बाँकी नै रहेको कोइराला पक्षीय सांसदले बताएका छन्। कोइरालाले आफूनिकट सांसदसँग परामर्श गरेका हुन्। तर कोइरालाले परामर्श गरिरहेका बेला महामन्त्री थापा भने साथीहरूसँग बसेर जन्मदिन मनाइरहेका थिए। बिहान कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीसहित आठ सांसदसँग छलफल गरेका कोइरालाले दिउँसो याक एन्ड यतीमा थप छलफल गरेका थिए।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको कामकारबाही सन्तोषजनक नभएको कुरा कोइरालाले सांसदसँग बताएका थिए। ओली नेतृत्वको सरकारमा कोइराला पक्षका ४ मन्त्री छन्। कोइराला–थापा समूह एक ठाउँमा उभिए कांग्रेसका कम्तीमा ३१ सांसद पुग्ने संसदीय दलको निर्वाचन परिणामले पनि देखाएको थियो। तर कोइराला समूहले आफूहरूसँग ४१ सांसद रहेको दाबी गरेका छन्। उनीहरू ५० सांसद आफ्नो पक्षमा ल्याउन लागिपरेका छन्।

संसदीय दलको नेताबाट शेरबहादुर देउवालाई हटाउन सहज नभए पनि कोइरालाले आफू नेतृत्व परिवर्तन गर्नका लागि तयार रहेको संकेत गरेको भेलामा सहभागी एक सांसदले बताए। संसदीय दलको नेता हुन कोइरालाले पक्षमा ४५ सांसद बनाउनुपर्छ। थापा पक्षले सहयोग नगरे कोइरालाको यात्रा सहज नहुने थापा समूहका एक केन्द्रीय सदस्यले बताए। ‘उहाँले भेला त गर्नुभएछ तर यात्रा सहज छैन, अंक गणित पनि कमजोर छ,’ ती केन्द्रीय सदस्यले भने।

मन्त्रिपरिषद् पुनर्गठन हुन लागेकाले आफ्नो पक्षबाट धेरै सहभागी गराउन कोइरालाले यस्तो गरेको हुन सक्ने कांग्रेसका एक नेताले बताए। कोइरालाले साउन १ गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई खुमलटार पुगेर भेटेर वैकल्पिक गठबन्धन बनाउने विषयमा छलफल गरेका थिए। कोइरालासँगको भेटघाटपछि दाहालले सरकार ढाल्ने आन्दोलन थाल्न पार्टी पंक्तिलाई निर्देशन दिएका छन्।

कोइरालाको राजनीतिक दौडधुपलाई सत्ता समीकरण फेरबदल गर्ने कसरतका रूपमा विश्लेषण गर्न थालिएको छ। कांग्रेस अनुशासन समितिले कोइराला पक्षका १८ जनालाई कारबाही गरेको छ। त्यसपछि कोइराला सभापति देउवासँग रुष्ट छन्।

कोइरालाले आइतबार साँझ पनि सामाजिक स®ञ्जालमार्फत सरकारको विरोध गरेका छन्। उनले एमालेका राष्ट्रियसभा सदस्यले संघीय निजामती सेवा विधेयकमा राखेको संशोधनप्रति आपत्ति जनाएका छन्। एमालेका सांसदले कुलिङ पिरियड राख्न नहुनेलगायत विषयमा संशोधन प्रस्ताव राखेका छन्। ‘सबै मिलेर एमालेले हालेको संशोधन पास हुन दिनु हुन्न। कुलिङ पिरियड रहन्छ, रहन्छ र रहन्छ। कोही दुविधामा नपरे हुन्छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ९ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस