नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी नेता कार्यकर्ताका लागि तीन पेजको आचारसंहिता प्रस्ताव गरेका छन्। शुक्रबारबाट सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष नेपालले १३ बुँदाको आचारसंहिता प्रस्ताव गरेका हुन्।
बैठकमा प्रस्ताव गरिएको यो आचारसंहिता केन्द्रीय समितिले पारित गरेको दिनदेखि प्रारम्भ हुने भनिएको छ। जसको पालनकर्ता पार्टीका सबै नेता तथा कार्यकर्ता हुने भनिएको छ।
आचारसंहितामा मार्गदर्शन सिद्धान्त, मूल्यमान्यता, आचरण, नैतिकता, व्यवहार,जिम्मेवारी बहन, जबाफदेहितालगायतका विषय राखिएका छन्।
आचारसंहिताको आचरणमा ‘पार्टीका नेता तथा कार्यकर्ताको आर्थिक र नैतिक आचरण शुद्ध हुनुपर्ने र उनीहरूको खानपान, रहनसहन, बस उठ आदि सरल र सामान्य हुनुपर्ने भनिएको छ।
यस्तै नैतिकतामा निजी स्वार्थको परित्याग गरी सामूहिक हित एवम् राष्ट्र, राष्ट्रियता, देश, जनता र श्रमजीवी वर्गको सेवामा समर्पित हुने उच्च क्रान्तिकारी दृढताका साथ काम गर्ने भनेको छ।
यस्तै परपुरुष–परस्त्री शारीरिक सम्बन्ध राख्ने र विवाहपूर्व तथा वैवाहिक सम्बन्ध बाहिर शारीरिक सम्बन्ध राख्ने कार्य अनैतिक मानेको छ। ‘कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताले यस्तो अनैतिक कार्य गर्नु हुँदैन,’ आचारसंहितामा भनिएको छ, ‘महिलाप्रति एकनिष्ठताको व्यवहार गर्नु पर्दछ ।’
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भन्ने गरेको ‘नबिराउनु, नडराउनु’ भन्ने वाक्यांश फेरि दोहो¥याउँदै न्यायलयबाट न्याय पाइनेमा विश्वास व्यक्त गरेका छन्। शनिवार काठमाडौंमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्।
‘मैले भन्ने गरेको छु–नबिराउनु, नडराउनु,’ अध्यक्ष नेपालले भने, ‘जब कुनै कुत्सित मनशाय छैन, निजी स्वार्थ भएर कुनै काम भएको छैन भने, आफ्नो फाइदा र लाभका लागि कुनै भएको छैन भने आत्तिनुपर्ने जरुरी छैन।’
आफू र आफ्नो पार्टी सबै गलत आरोपहरुका विरुद्धमा दृढतासाथ उभिने पनि उनले बताए। ‘मलाई विश्वास छ। न्यायपालिकाले न्याय दिनेछ र न्यायको जित हुनेछ। न्यायको जित हुनुपर्छ, अन्यायको हार हुनुपर्छ,’ अध्यक्ष नेपालले भने। न्यायालयको विश्वास गरेरै देशमा कानुनी राज अगाडि बढाउन आफूले चाहेको उनले बताए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व प्रधानमन्त्री समेत रहेका नेपालमाथि पतञ्जलिको हदबन्दी जग्गा किनबेच प्रकरणमा संलग्न रहेको आरोप लगाउँदै भ्रष्टाचार मुद्दा दायर गरेको छ। त्यसैबारे प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले यस्तो बताएका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...