माओवादी आकारमा सानो, प्रभावमा ठुलो: पम्फा भुसाल
१० फागुन २०८१
•
२ मिनेट पाठ
माओवादी आकारमा सानो, प्रभावमा ठुलो: पम्फा भुसाल
नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले पार्टीको सिट संख्या कम भए पनि नेपालको राजनीतिक परिप्रेक्ष्यमा यसको भूमिका महत्वपूर्ण रहेको बताएकी छन्।




शनिबार सन्धिखर्कमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वमन्त्रीसमेत रहेकी भुसालले माओवादी शक्ति संख्यात्मक रूपमा कम देखिए पनि प्रभावका हिसाबले बलियो रहेको दाबी गरिन्। ‘०६४ सालको जस्तो बलियो त हामी छैनौं, तर हाम्रो भूमिका अझै प्रभावकारी छ,’ उनले भनिन्।

उनले सत्तामा हुँदा लोकप्रिय कामहरू गरेको र प्रतिपक्षमा पनि सशक्त भूमिका निभाइरहेको दाबी गरिन्। ‘सरकार चलाउँदा सुशासन कायम गर्न खोज्यौं, तर शक्तिकेन्द्र नै हल्लिने स्थिति आएपछि रातारात सरकार परिवर्तन गरियो,’ उनले भनिन्।

भुसालले ठूला दलका ठूला नेताहरू भ्रष्टाचारमा फस्ने अवस्था सिर्जना भएपछि पहिलो र दोस्रो ठूलो दल मिलेर सरकार बनाएको आरोप लगाइन्। ‘सरकार किन बन्यो भन्ने कुराको पुष्टि अहिले हुँदै गएको छ,’ उनले थपिन्।

सरकारले नीति नै बनाएर भ्रष्टाचार संस्थागत गर्ने प्रयास गरिरहेको आरोप लगाउँदै उनले हालै ल्याइएको अध्यादेशमा बदनियत रहेको बताइन्।

उनले माओवादी विगतका केही गलत निर्णयहरूकै कारण कमजोर हुन पुगेको स्वीकार गर्दै निर्वाचनमा कांग्रेस र एमालेसँग पालैपालो गठबन्धन गर्दा पार्टीलाई क्षति पुगेको बताइन्।

‘चुनावअघि गरेको तालमेलले पार्टी क्षयीकरणको बाटोमा लाग्यो, त्यसैले अब आउने चुनावमा एक्लै प्रतिस्पर्धा गर्छौं,’ भुसालले भनिन्।

संविधान संशोधनको सन्दर्भ उल्लेख गर्दै उनले आन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई वर्तमान सरकारले संविधान संशोधनमार्फत खोस्न खोजेको आरोप लगाइन्।

‘साना दलहरूलाई थ्रेस होल्ड लगाएर दुई दलीय शासन प्रणाली लागू गर्न खोजिँदैछ। समानुपातिक प्रणाली हटाउने षड्यन्त्र भइरहेको छ, जुन स्वीकार्य छैन,’ भुसालले भनिन्।

उनले माओवादी पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा रहेको स्पष्ट पार्दै संविधान संशोधनको प्रयासलाई चनाखो भएर रोक्नुपर्ने धारणा राखिन्।
अर्को समाचार
कर्णाली रंगशाला आइपुगे रवि
२५ मिनेट अघि
•
० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
सुर्खेत। रास्वपा सभापति रवि लामिछाने कर्णाली प्रदेश रंगशाला आएका छन्।




रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २५ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
यो पनि पढौँ
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस