प्रधानमन्त्री केपी शर्मा ओलीले पत्नी राधिका शाक्यद्वारा लिखित पुस्तक ‘करुणा’ लाई ‘सत्य लिखत’ को संज्ञा दिएका छन्। उनले पुस्तकमा कुनै पनि कुरा नमिसिएको भन्दै यसलाई ‘२४ क्यारेट’ शुद्ध सत्य रहेको दाबी गरे।
शनिबार राजधानीमा आयोजित पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै उनले भने ‘मैले पढ्दा किताब राम्रै लाग्यो। यो उपन्यास होइन, सत्य कुराको लिखत हो। यो कहानी वा कथा पनि होइन। कहिलेकाहीं संस्मरण लेख्दा कथानक मिसाइने गरे पनि यो किताब भने त्यस्तो होइन, पूर्णरूपमा सत्य मात्र लेखिएको छ। यसको सत्यतामा कसैले प्रश्न उठाउन सक्दैन, म स्वयं साक्षी छु।”
प्रधानमन्त्री ओली र प्रथम महिला शाक्य दाम्पत्य जीवनमा बाँधिएको ३७औँ वार्षिकोत्सवका अवसरमा पाणिनी बुक्स प्रालिद्वारा प्रकाशित उक्त पुस्तकको लोकार्पण समारोहमा मन्त्रिपरिषद् सदस्यका साथै समाजका प्रतिष्ठित व्यक्तिहरु सहभागी थिए।
लेखक शाक्यले आत्मकथामा आफ्नो दृष्टि, भोगाई र अनुभूतिसँगै प्रधानमन्त्री ओलीको सङ्घर्ष, कठिनाई, सफलता र समाजसेवाका विषय समेटिएको बताइन्।
पुस्तकमा शाक्यको बाल्यकाल, पढाइ, जागिर र जीवनका उकालीओराली तथा नेता ओलीसँग विवाह बन्धनमा बाँधिएपछिका अनेक प्रसङ्ग उल्लेख छन्।
‘न म साहित्यकार, न लेखिका हुँ। त्यहि पनि मनमा लागेका आफ्ना बिचारहरु कहिलेकाही लेख्ने गर्थे। त्यही सङ्ग्रलाई आज पुस्तकका रुपमा ल्याएको छु’, शाक्यले भनिन्, ‘म बाल्यकालदेखि नै गरिब, दुःखी, रोगी असहायलाई देखेपछि चिन्तित हुन्थे। मैले प्रधानमन्त्री ओली, तत्कालीन समयको केपीसँगको विवाह पनि त्यहि करुणाले गरे।’
प्रधानमन्त्री ओली र धर्मपत्नी शाक्यबीच २०४४ साल आजकै दिन विवाह भएको थियो। त्यसवसरमा पाणिनी बुक्स प्रालिद्वारा अभिनन्दन पत्र समेत हस्तान्तरण गरिएको थियो।