माओवादी नेताहरूको पूर्वराजा ज्ञानेन्द्रलक्षित टिप्पणी खेदजनक : राप्रपा प्रवक्ता श्रेष्ठ
११ फागुन २०८१
•
३ मिनेट पाठ
माओवादी नेताहरूको पूर्वराजा ज्ञानेन्द्रलक्षित टिप्पणी खेदजनक : राप्रपा प्रवक्ता श्रेष्ठ
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले पूर्वराजा ज्ञानेन्द्र शाहबारे गरिएको टिप्पणीप्रति असन्तुष्टि जनाएका छन्। आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रवक्ता श्रेष्ठले असन्तुष्टि प्रकट गरेका हुन्।




उनले प्रचण्ड, बाबुरामलगायत हिजोका आतंकवादी कित्ताका माओवादीहरूको राजा ज्ञानेन्द्रलक्षित टिप्पणी खेदजनक भएको बताए। विदेशी समर्थन, विदेशी प्रायोजन र विदेशी एजेण्डा बोकेर नेपालको परम्परागत मूल्य मान्यतामाथि धावा बोल्ने, हत्या हिंसा गरेर समाजलाई आतंकित तुल्याउने जमातले राजालाई तथानाम गर्नु लज्जास्पद र हास्यास्पद भएको बताए।

उनले लेखेका छन्, 'प्रचण्ड, बाबुराम लगायत हिजोका आतंकवादी कित्ताका माओवादीहरुको राजा ज्ञानेन्द्रलक्षित टिप्पणी खेदजनक छ। विदेशी समर्थन, विदेशी प्रायोजन र विदेशी एजेण्डा बोकेर नेपालको परम्परागत मूल्य मान्यतामाथि धावा बोल्ने, हत्या हिंसा गरेर समाजलाई आतंकित तुल्याउने, योजनाबद्ध रूपमा देशका लाखौं युवा लखेट्ने लगायतका विध्वंशकारी मार्गचित्र बोकेका भ्रष्ट जमातहरूले रक्तपातविहीन सत्ता हस्तान्तरण गरी सामान्य जीवनयापन गरिरहेका राजालाई तथानाम गर्नु लज्जास्पद र हास्यास्पद छ।'

यो पनि पढ्नुहोस्

पूर्वराजालक्षित दाहालको टिप्पणी: रछ्यानमा मिल्काइएका तत्त्व दिवास्वप्नमा छन्

उनले राजालाई चेतावनी दिने नैतिक सामर्थ्य प्रचण्ड/बाबुरामहरूले उहिल्यै गुमाइसकेका भन्दै नक्कली क्रान्तिकारिता अब नचल्ने पनि जिकिर गरे। 'यो ०६२/६३ साल होइन ०८१/८२ हो। बितेका २० वर्षमा नवधनाढ्य बन्ने होडबाजी, शासकीय अक्षमता र तीव्र भ्रष्टीकरणका कारण माओवादी क्रान्तिकारिता खिया लागेर भुत्ते भइसकेका छन्,' उनले लेखेका छन्, 'त्यसैपनि राजालाई चेतावनी दिने नैतिक सामर्थ्य प्रचण्ड/बाबुरामहरूले उहिल्यै गुमाइसकेका छन्। नक्कली क्रान्तिकारिता अब चल्दैन, बिक्दैन र जनताले पत्याउँदैनन् है।'

हरेक नेपालीलाई देशको दुरावस्थाबारे चिन्ता गर्ने, बोल्ने हक भएकाले राजालाई पनि यसको अधिकार छ भन्दै प्रवक्ता श्रेष्ठले राजा एक्लो नभएको कुरा कसैले नबिर्सन चेतावनी समेत दिए।

प्रवक्ता श्रेष्ठको फेसबुक स्टाटस:

प्रचण्ड, बाबुराम लगायत हिजोका आतंकवादी कित्ताका माओवादीहरुको राजा ज्ञानेन्द्र लक्षित टिप्पणी खेदजनक छ। विदेशी समर्थन, विदेशी प्रायोजन र विदेशी एजेण्डा बोकेर नेपालको परम्परागत मूल्य मान्यतामाथि धावा बोल्ने, हत्या हिंसा गरेर समाजलाई आतंकित तुल्याउने, योजनाबद्ध रुपमा देशका लाखौं युवा लखेट्ने लगायतका विध्वंसकारी मार्गचित्र बोकेका भ्रष्ट जमातहरुले रक्तपातबिहीन सत्ता हस्तान्तरण गरी सामान्य जीवनयापन गरिरहेका राजालाई तथानाम गर्नु लज्जास्पद र हास्यास्पद छ।

यो ०६२/६३ साल होइन ०८१/८२ हो। बितेका २० वर्षमा नवधनाढ्य बन्ने होडबाजी, शासकीय अक्षमता र तिब्र भ्रष्टीकरणका कारण माओवादी क्रान्तिकारिता खिया लागेर भुत्ते भइसकेका छन्। आन्दोलनप्रति निष्ठा, इमान भएका बचेखुचेकाहरु अधिकांश निस्क्रिय छन्, कोही अर्को पार्टीमा सक्रिय छन्, धेरै त विदेश पलायन भएका छन्। आफ्नो गलत नीति, अकर्मण्यता र असफलता ढाकछोप गर्न राजालाई दोषारोपण गर्नु गलत, अनैतिक र अराजनीतिक हो। यसको प्रतिवाद गरिन्छ।

त्यसैपनि राजालाई चेतावनी दिने नैतिक सामर्थ्य प्रचण्ड/बाबुरामहरुले उहिल्यै गुमाइसकेका छन्। नक्कली क्रान्तिकारिता अब चल्दैन, बिक्दैन र जनताले पत्याउॅदैनन् है।

गणतन्त्र यसको प्रयोग र अभ्यासबाटै असफल सिद्ध भइसकेको छ। भरियाले अब यसको भार थेग्न सक्ने छैनन्। जसको भारी हो त्यो भारी उसैलाई जिम्मा लगाएर नवीन राजनीतिक समझदारी गरौं भन्ने राप्रपाको प्रस्ताव स्विकार गर्नु बुद्धिमानी हुनेछ !  

हरेक नेपालीलाई देशको दुरावस्थाबारे चिन्ता गर्ने, बोल्ने, विकल्प सोच्ने, संगठित हुने र तदअनुरुपको कार्ययोजना बनाउने हक छ, राजालाई पनि छ।  

कसैले नबिर्सौं- राजा एक्लो छैनन्।
अर्को समाचार
समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत सुधारको आवश्यकता छ : अध्यक्ष दाहाल
०५ साउन २०८२
•
१ मिनेट पाठ
समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत सुधारको आवश्यकता छ : अध्यक्ष दाहाल
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले देशमा आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत र समग्र राज्यले नै सोच्ने तरिका सुधार गर्न आवश्यक रहेको बताएका छन्।




आज सिएनआइ (नेपाल उद्योग परिसंघ) का नवनिर्वाचित पदाधिकारीहरूसँग निजी निवास खुमलटारमा भेट गर्दै उनले यस्तो बताएका हुन्। भेटका क्रममा अध्यक्ष दाहालले देशको आर्थिक विकासमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको उल्लेख गरे। उनले राज्यको माइन्डसेट परिवर्तन गरी निजी क्षेत्रलाई सहज वातावरणमा काम गर्न दिने नीतिगत सुधारको आवश्यकता औँल्याए।

'निजी क्षेत्रलाई सहजीकरण गर्ने नीति र संरचना तयार नगरी समृद्धिको लक्ष्य हासिल गर्न सकिँदैन,' उनले भने, 'राज्यले दुःख दिने नभई सहजीकरण गर्ने मनोवृत्ति विकास गर्न जरुरी छ।'

सिएनआइका पदाधिकारीहरूले पनि मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रले खेलेको भूमिका र अध्यक्ष दाहाल प्रधानमन्त्री हुँदा भएको सहकार्य वातावरण सशक्त रहेको स्मरण गरेका थिए।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
यो पनि पढौँ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस