ताप्लेजुङमा केवलकार निर्माणविरुद्ध आन्दोलनरत पक्षले ३० भन्दा बढी आफ्ना कार्यकर्ता पक्राउ परेको दाबी गरेका छन् भने जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले १५ जना मात्र नियन्त्रणमा रहेको बताएको छ।
जिल्ला प्रहरी प्रमुख डिएसपी रवि रावलले हुलहुज्जत र अमानवीय व्यवहारमा संलग्न १५ जना आन्दोलनकारीलाई नियन्त्रणमा लिएको जानकारी दिए।
उनका अनुसार पक्राउ पर्नेमा ११ जना पुरुष र ४ जना महिला छन्। जिल्लागत विवरण अनुसार सुनसरीका ५, झापा र पाँचथरका ३–३, मोरङका २ तथा इलाम र ताप्लेजुङका १–१ जना रहेका छन्। पक्राउ परेकाहरूमाथि कानुनी प्रक्रिया अघि बढाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार आन्दोलनकारीहरूले ‘राँके जुलुस’ निकाल्ने सहमति नभएको अवस्थामा पनि ग्यास डिलरसमेत रहेको संवेदनशील क्षेत्रमा बलिरहेको राँको फाल्ने, राँको तथा लठ्ठी मार्फत् आक्रमण गर्ने प्रयास गरेपछि प्रहरीले हस्तक्षेप गर्नुपरेको थियो।
डिएसपी रावलले शान्तिपूर्ण प्रदर्शनको नाममा अराजकता निम्त्याउने गतिविधि बढेपछि प्रहरी नियन्त्रणमा उत्रिनु परेको बताए।
‘आन्दोलनकारीहरू २०–२५ जनाको समूह बनाएर बजार क्षेत्रमा प्रवेश गरिरहेका थिए। आगलागीको संवेदनशीलतालाई ध्यानमा राख्दै प्रहरीले नियन्त्रण गर्न खोज्दा हुलहुज्जत भएपछि स्थिति तनावग्रस्त बन्यो,’ उनले भने।
आन्दोलनरत पक्षका अगुवा तथा पहिचानवादी मोर्चाका जिल्ला संयोजक प्रदीप मादेनले भने सुरक्षाकर्मीहरूले रातको समयमा घर घेरेर सुतिरहेका आन्दोलनकारीमाथि लाठीचार्ज तथा अश्रुग्याँस प्रहार गरेको आरोप लगाए। उनले घर तोडफोड गरिएको, आतंक मच्चाइएको र निहत्था व्यक्तिलाई कुटपिट गरिएको दाबी गरे।
मुक्कुमलुङ ताङसेःप चुम्भोका संस्थाहरूले जारी गरेको विज्ञप्तिमा कम्तीमा ३० जना कार्यकर्ताहरू पक्राउ परेको दाबी गरिएको छ। उनीहरूले रातको समयमा कोठाभित्र अश्रुग्याँस प्रहार गर्नु निन्दनीय भएको भन्दै घाइतेहरूको उपचार, पक्राउ परेकाहरूको रिहाइ तथा केवलकार योजना खारेजीको माग गरेका छन्।
विज्ञप्तिमा मुक्कुमलुङ संरक्षण संयुक्त सङ्घर्ष समिति, पाथीभरा केवलकार खारेजी संयुक्त सङ्घर्ष समिति लगायत ११ वटा संस्था तथा ९ वटा अन्तरदलीय राजनीतिक दलका प्रतिनिधिहरूको हस्ताक्षर रहेको छ।