माछापुच्छ्रे गाउँपालिकाको क्रसर काण्डः राजस्व मिलाउन जनप्रतिनिधिको मिलोमतो !
१३ फागुन २०८१
•
६ मिनेट पाठ
माछापुच्छ्रे गाउँपालिकाको क्रसर काण्डः राजस्व मिलाउन जनप्रतिनिधिको मिलोमतो !
माछापुच्छ्रे गाउँपालिकाका क्रसर उद्योगहरु बिना दर्ता सञ्चालित छन् । त्यहाँका कुनैपनि क्रसरहरु अनुमती लिएर सञ्चालित छैनन् । अर्थात माछापुच्छ्रे गाउँपालिकामा रहेका गण्डकी एग्रोगेट, फेउसरका बराह क्रसर उद्योग, जेके क्रसर उद्योग र सेती गण्डकी क्रसर उद्योग अवैध रुमा सञ्चालित छन् । स्थानिय सरकारका रुपमा रहेको गाउँपालिकाले यी अवैध रुपमा सञ्चालित क्रसरहरुलाई बन्द गर्न पटक÷पटक पत्राचारपनि ग¥यो । तर कुनैपनि क्रसरहरु वैध बन्नेतर्फ अग्रसर भएनन् । बरु राजनीतिक आडमा ती क्रसरहरु निरन्तर चलिरहे ।




पटक-पटकको आग्रह र निर्देशनलाई लत्याएर नदी दोहनमा लागेका ती क्रसरहरु दर्तापनि नहुने र बन्दपनि नहुने स्थिति देखेपछि गाउँपालिकाले बरु तिनीहरुलाई कानूनी दायरामा ल्याउने प्रयास स्वरुप राजश्व उठाउने निर्णय गर्‍यो । त्यसका लागि गाउँपालिकाले राजश्व निर्धारण गर्न पश्चिमाञ्चल ईञ्जिनिरिङ अध्ययन संस्थान लामाचौर क्याम्पसलाई कन्सल्टेन्टका रुपमा नियुक्त गर्‍यो । त्यसलाई निश्चित समयअवधी तोकेर क्रसरहरुले कति जमिन खनेर दहत्तर बहत्तर (ढुंगा, गिट्टी, बालुवा) निकाल्यो त्यसको नापजाँच गरेर प्रतिवेदन बुझाउन निर्देशन दिईयो ।

सोहि निर्देशन अनुसार पश्चिमाञ्चल ईञ्जिनिरिङ अध्ययन संस्थान लामाचौर क्याम्पसका ईञ्जिनियर मण्डल नेतृत्वको टिमले नापजाँच गरी राजश्व निर्धारण गरेर गाउँपालिकालाई प्रतिवेदन बुझायो । सो प्रतिवेदन बुझेको गाउँपालिकाका उपाध्यक्ष सीता अधिकारी नेतृत्वको राजश्व परामर्श निर्धारण समितिले प्रतिवेदनको स्वामित्व लिएर त्यसले तोके अनुसारको राजश्व उठाउने निर्णय गर्‍यो । जस अनुसार क्रसर व्यवसायीहरुले हालसम्म ४९ करोड १४ लाख ३१ हजार २ सय ९७ रुपैयाँ कर तिर्न बाँकी छ । यो गाउँपालिकाकै वार्षिक पुँजीगत खर्चको चार गुणा हो । गाउँपालिकाका अनुसार गण्डकी एग्रोगेटले १३ करोड ३९ लाख ७० हजार ९ सय ८१ रुपैयाँ, फेउसरका बराह क्रसर उद्योगले २० करोड, ५६ लाख ६२ हजार ९ सय ३९ रुपैयाँ, जेके क्रसर उद्योगले ४ करोड, ३६ लाख १२ हजार ७ सय २६ रुपैयाँ र सेती गण्डकी क्रसर उद्योगले १० करोड ८१ लाख ८४ हजार ६ सय ४७ रुपैयाँ कर तिर्न बाँकी छ ।

तर पहिलेदेखि नै कर नतिरी नदी दोहन गर्न पल्केका क्रसर व्यवसायीहरुले राजश्व समितिको सो निर्णय मान्य नहुने बतायो । नापजाँच तथा ईञ्जिनियरिङको जिम्मा लिएको कन्सल्टेन्सीले आफूहरुसँग सल्लाह नगरी एकतर्फी नापजाँच गरेर प्रतिवेदन बनाएकाले त्यो प्रतिवेदन मान्य नहुने उनीहरुको जिकीर छ ।

माछापुच्छ्रे गाउँपालिका अध्यक्ष मिनबहादुर गुरुङ
क्रसर व्यवसायीले प्रतिवेदन नमान्ने बताएपछि गाउँपालिका अध्यक्ष मिनबहादुर गुरुङपनि प्रतिवेदनको स्वामित्व लिन डराएका छन् । गाउँपालिका उपाध्यक्ष अधिकारी नेतृत्वको राजश्व समितिले प्रतिवेदनको स्वामित्व लिएर राजश्व संकलन गर्ने निर्णय गरिसकेपनि अध्यक्ष गुरुङ प्रतिवेदन गाउँपालिकाले त्यसको स्वामित्व नलिएको दाबी गर्छन् । नागरिककर्मी सन्देश श्रेष्ठसँग कुरा गर्दै उनले भने,'हामीले प्रतिवेदनको स्वामित्व लिएका छैनौं ।’ उनले व्यवसायी र गाउँपालिका दुबैसँग समन्वय नगरी नापजाँच गरेकाले पुनः नापजाँच गर्नुपर्ने बताए । व्यवसायीले आफूहरुसँग सल्लाह नगरी नापजाँच भयो, राजश्वपनि आफूखुशी निर्धारण गरियो भनेर भनेका छन्,'उनले भने,'त्यसो हो भने पुनः नापजाँच गरेर राजश्व निर्धारण गर्नुपर्छ ।’  

तर उपाध्यक्ष अधिकारी भने अध्यक्षकै निर्देशनमा राजश्व परामर्श समितिले प्रतिवेदनको स्वामित्व लिएर राजश्व उठाउने निर्णय भएको बताउँछिन् । उनले भनिन्, 'अध्यक्षको निर्देशनमै हामीले प्रतिवेदनको स्वामित्व लिएर राजश्व उठाउने निर्णय गरेका हौं । अध्यक्षको सहमति बिना प्रतिवेदन बुझ्ने, राजश्व निर्धारण गर्ने कुरा सम्भव नै हुँदैन नि । पत्रकार साथीहरुलेपनि यो कुरा बुझिदिनु पर्‍यो ।’ उनले राजश्व परामर्श समितिको सिफारिसकै आधारमा प्रदेश सरकारलाई राजश्व संकलनमा सहजीकरण गर्न पत्राचार गरिएकाले प्रतिवेदनको स्वामित्व गाउँपालिकाले लिएको छैन भन्नु बेईमानी हुने बताईन् ।

माछापुच्छ्रे गाउँपालिका सीता अधिकारी 
श्रोतका अनुसार अध्यक्ष गुरुङ क्रसर व्यवसायीहरुसँग पहिलेदेखि नै सकारात्मक थिए । उनी अहिलेपनि मिलेमतोमै क्रसर व्यवसायीसँग राजश्वको विषय सल्टाउन चाहन्छन् । क्रस व्यवसायीसँग अध्यक्ष गुरुङको हिमचिम राम्रै रहेको र त्यहाँबाट उनले लाभ लिइरहेका कारण उनी मिलेमतोमै राजश्वको विषय सल्टाउन उद्यत रहेको एक जनप्रतिनिधिले नाम उल्लेख नगर्ने शर्तमा बताए । उनले भने, 'यो विषय घामजस्तै छर्लङ्ग छ । तर यस विषयमा कोहिपनि बोल्न चाहँदैनन् ।' अध्यक्ष गुरुङ सहमतीमा तर वैज्ञानिक राजश्व लिनुपर्ने पक्षमा आफू रहेको बताउँछन् । उनले भने, 'न्यायोचित राजश्व लिने भन्ने हो । त्यसबाहेक मिलेमतो वा अरु केहि भन्नेकुरा बेकारको हो ।’

भन्न त उपाध्यक्षले भाग नपाएकाले विरोध गरेकोपनि बजारमा गाईंगुईं हल्ला चल्ने गरेको छ । व्यवसायीहरु स्वयम्ले यस विषयमा भन्ने गरेको ती जनप्रतिनिधिले बताए । तर उपाध्यक्ष अधिकारी भने आफूले भाग नपाएर राजश्व असुल्ने विषयमा अडान राखेको भन्ने मिथ्या आरोप रहेको दाबी गर्छिन् । भन्छिन्,'हल्ला त बजारमा के के चल्छ चल्छ । मैले भाग खोजेको छैन बरु सिस्टम अनुसार राजश्व उठाउन पहलकदमी लिएको मात्र हुँ ।’

यसअघि नदी दोहन गर्ने तर कर नतिर्ने क्रसरहरु मध्येको एक गण्डकी एग्रोगेट प्रालिका सञ्चालक भोजराज पौडेललगायतले धम्क्याएको आरोप लागेको थियो । उनले पहुँच माथिसम्म छ भन्दै धम्क्याउने गरेको जनप्रतिनिधिहरुले बताउँदै आएका छन् । एक वडाध्यक्षले भने, क्रसर व्यवसायीहरुले हाम्रै सहयोगले चुनाव जित्ने’ अनि अहिले हाम्रैबिरुद्ध कार्यपालिका बैठकमा कुरा गर्ने ? अर्को चुनाव लड्नु पर्दैन ? भनेर धम्क्याए ।’ यस्ता धम्की अध्यक्ष र उपाध्यक्षलाईपनि आएको उनीहरुको दाबी छ ।

क्रसर व्यवसायी पौडेलले भने धम्क्याएको विषय अस्वीकार गर्दै आएका छन् । उनले भनेका छन्,'मैले कसैलाईपनि पार्टी वा कसैको नाम लिएर धम्क्याएको छैन ।’

राजश्व उठाउने विषयमा क्रसर व्यवसायीहरुले गाउँपालिकाका पदाधिकारी तथा कर्मचारीलाई धम्क्याउने गरेको उपाध्यक्ष अधिकारीले भने स्विकारिन् । धम्की त आईराख्छ नि ! उनले भनिन्, 'अहिलेपनि आईराखेकै छ । तर धम्कीबाट डराउने कुरा त हुँदैन नि ! हामी जसरीपनि राजश्व उठाएरै छाड्छौं ।’ त्यसका लागि पत्रकारहरुलेपनि साथ दिनुपर्ने उनको भनाई छ ।

यसैबीच, दहत्तरबहत्तर उत्खनन्को यकीन गर्ने र राजश्व निर्धारण गर्ने जिम्मा पाएको कन्सल्टेन्ट पश्चिमाञ्चाल ईञ्जिनियरिङ अध्ययन संस्थान लामाचौर पोखराका टोली नेता अभय मण्डलले पुनः नापजाँच गर्नेबारे अनभिज्ञता प्रकट गरे । गाउँपालिका अध्यक्षले पुनः नापजाँच गरेर राजश्व पुर्नमूल्याङ्कन गर्न कन्सल्टेन्टलाई निर्देशन दिइसकेको भनेका छनन् नि भन्ने प्रश्नमा उनले भने, 'हामीलाई कसैलेपनि अहिलेसम्म पुनःनापजाँच गर्न र राजश्व पुर्नमूल्याङ्कन गर्नु भनेर भनेका छैनन् । एकपटक गरिसकेको कुरालाई फेरीफेरी गरिराख्नुपनि पर्दैन ।’ उनले आवश्यक्ता परे कुनै एक ठाउँमा नापजाँच भने गर्न सकिने बताए । सबै ठाउँको पुनः नापजाँच गर्नै पर्दैन,उनले अगाडि थपे, 'हामीले सबै मापदण्ड पूरा गरेर वैज्ञानिक ढंगबाट नापजाँच गरेका छौं । जतिपटक नापजाँच र राजश्व मूल्याङ्कन गरेपनि आउने अहिलेकै जति हो ।’ 

उनले नापजाँच गर्दा व्यवसायी र गाउँपालिकाका प्रतिनिधि राखिएन भन्ने आरोपकोपनि खण्डन गरे । उनले भने, 'हामीले गाउँपालिकाका प्रतिनिधि, क्रसर व्यवसायीका प्रतिनिधि राखेर पहिलो दिन सीमा निर्धारण गरेका हौं । उहाँहरुले देखाएकै रेखाङ्कनलाई पछ्याएर नापजाँच गरेका छौं । दिनपिच्छे नाप्ने बेलामा मान्छे राख्ने कुरा त हुँदैन । त्यो समय उहाँहरुसँगपनि थिएन होला ।’
अर्को समाचार
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
२ घण्टा अघि
•
१ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
नारायणगढ (चितवन)- पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नेपालकै सबैभन्दा ठूलो चितवनको शक्तिखोर औद्योगिक क्षेत्रको निर्माण र सञ्चालन प्रक्रिया तत्काल अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।




शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।

उनले अन्तरमन्त्रालय समन्वयमार्फत औद्योगिक क्षेत्र सञ्चालनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिए।

शक्तिखोर औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तथा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन स्वीकृत भइसकेको छ।

चितवन उद्योग सङ्घका अनुसार उद्योग स्थापनाका लागि इच्छुक उद्योगीले विगत आठ वर्षदेखि सङ्घको सचिवालयमा जग्गा माग गर्दै आवेदन दिँदै आएका छन्।

सङ्घका अनुसार हालसम्म १०० भन्दा बढी उद्योगीबाट ४०० बिघाभन्दा बढी जग्गा बुकिङका लागि प्राप्त आवेदन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा पठाइसकिएको छ।

यस्तै, मन्त्री लम्सालले चितवन उद्योग सङ्घ परिसरमा रहेको चितवन प्रदर्शनी केन्द्रको समेत स्थलगत अवलोकन गरे। उनले प्रदर्शनी केन्द्रलगायत परिसरका सम्पूर्ण भौतिक संरचनाको निर्माण समयमै सम्पन्न गर्न मातहतका निकायलाई निर्देशन दिए।

प्रदर्शनी केन्द्रको पूर्ण निर्माणका लागि हाल विनियोजित बजेट अपुग भए थप बजेटको व्यवस्था गरेर भए पनि कामलाई पूर्णता दिनुपर्नेमा उनले जोड दिए।

भौतिक पूर्वाधार निर्माणमा बजेट अभाव हुन नदिने प्रतिबद्धतासमेत लम्सालले व्यक्त गरे।

औद्योगिकीकरणमार्फत आर्थिक समृद्धि हासिल गर्ने र सातै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको लक्ष्यअनुरूप विसं २०७४ मा शक्तिखोर औद्योगिक क्षेत्र घोषणा गरिएको थियो।

चितवन उद्योग सङ्घको पहलमा एक हजार ७४१ बिघा क्षेत्रफलमा स्थापना गर्ने गरी घोषणा गरिएको यो नेपालकै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र हो।

देशको मध्य भागमा रहेको शक्तिखोरमा नमूना औद्योगिक पार्क स्थापना भई उद्योग सञ्चालनमा आए हजारौँ रोजगारी सिर्जना हुनुका साथै आयात प्रतिस्थापनमा महत्त्वपूर्ण योगदान पुग्ने उद्यमीहरूको अपेक्षा छ।

शक्तिखोर औद्योगिक क्षेत्र र प्रदर्शनी केन्द्र निर्माण सम्पन्न भए चितवनको औद्योगिक तथा व्यावसायिक प्रवर्द्धन भई जिल्लाको आर्थिक गतिविधि थप चलायमान हुने अपेक्षा गरिएको छ।
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
यो पनि पढौँ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस