माओवादी निकट मजदुरको गुनासो : मजदुरको नाममा पार्टीले राजनीति मात्रै गर्‍यो
१४ फागुन २०८१
•
१ मिनेट पाठ
माओवादी निकट मजदुरको गुनासो : मजदुरको नाममा पार्टीले राजनीति मात्रै गर्‍यो
 माओवादी निकटका मजदुरहरूले व्यानरबाट मजदुर शब्द हटाउन माग गरेका छन् । माओवादीको तराई मधेश जनजागरण अभियानका क्रममा आज विराटनगरमा आयोजित अन्तक्र्रियामा अखिल नेपाल ट्रेड युनियन महासंघ आबद्ध मजदुरहरूले पार्टीको व्यानरबाट संसारका मजदुर एक हौं भन्ने नारा हटाउन माग गरेका हुन् ।




पार्टीले मजदुरहरूलाई तल्लो स्तरको व्यवहार गर्ने, पार्टीका कुनै पनि समितिहरूमा सम्मानजनक सहभागिता नगराउने तर, मजदुरका नाममा राजनीति मात्रै गर्ने गरेको उनीहरूको गुनासो छ ।

कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघ आबद्ध मजदुर जगत तामाङले पार्टीको व्यानरमा संसारका मजदुर एक हौं भन्ने लेखेको देख्दा असजिलो हुन थालेको बताए । उनले भने‘ संसारका मजदुर एक हौं भन्ने तर, पार्टीमा मजदुरकै प्रतिनिधित्व नगर्ने । अब, पार्टीको व्यानरमा संसारका मजदुर एक हौं भनेर नभनौं । असजिलो भइसक्यो’ उनले भने  । तामाङले श्रमिक मजदुर भन्ने वित्तीकै पार्टीले हेर्ने दृष्टिकोण नै तल्लो स्तरको रहेको गुनासो गरे ।

अर्का सहभागी मो.जागहिरले मजदुरको हक हितका लागि काम गर्ने भनिने पार्टीले पार्टीका स्थानीयदेखि केन्द्रीय समितिमा किन मजदुरको प्रतिनिधित्व गराएन ? भन्दै प्रश्न गरे  ।  

यस्तै ज्ञानबहादुर कार्कीले जनयुद्धदेखि मजदुरहरूले पार्टीका लागि योगदान गरेको स्मरण गराए । उनले पार्टी निर्माणमा धेरै मजदुरहरूले बलिदान दिए पनि मजदुर र उसका परिवारलाई समस्या पर्दा पार्टीले नहेरेको गुनासो गरे । कार्यक्रममा विभिन्न माग राख्दै मजदुरहरूका तर्फबाट ज्ञापनपत्रसमेत बुझाइएको छ ।  

पार्टी नेतृत्वलाई बुझाइएको ज्ञापनपत्रमा पार्टीका हरेक तहमा कम्तीमा १० प्रतिशत मजदुरको प्रतिनिधित्व सुनिश्चित गर्न, सबै मजदुरलाई अनिवार्य योगदानमा आधारित  सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न, प्रदेश स्तरमा छुट्टै मजदुर अस्पतालको व्यवस्था गर्नुपर्ने लगायतका माग राखिएका छन् । 
अर्को समाचार
माओवादी अभियानले जनतालाई अजयशक्ति प्रदान गर्नेछ : पुष्पकमल दाहाल
१३ फागुन २०८१
•
२ मिनेट पाठ
माओवादी अभियानले जनतालाई अजयशक्ति प्रदान गर्नेछ : पुष्पकमल दाहाल
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले जनतासँग माओवादी अभियानले जनतालाई अजयशक्ति प्रदान गर्ने बताएका छन् ।  




जनतासँग माओवादी तराई मधेस जागरण अभियानअन्तर्गत मोरङको धनपालथान गाउँपालिकामा आयोजित जनजागरण सभालाई सम्बोधन गर्दै उनले पहिलो चरणमा सुरु गरिएको हुलाकी मार्ग केन्द्रित अभियानले दक्षिण सिमाना बसोबास गर्ने नेपालीको अवस्था बुझेर उनीहरुमाथिको विभेदविरुद्ध संघर्षको झण्डा उठाउन सहयोग पुग्ने दाबी गरे ।  

दक्षिणी भेगमा बसोबास गर्ने जनताले विविधखाले समस्या व्यहोरिरहेको उल्लेख गर्दै अध्यक्ष दाहालले देशको सिमा रक्षकको रुपमा रहेका जनताको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणका लागि यो अभियान फलदायी हुने विश्वास व्यक्त गरे । दक्षिण क्षेत्रका जनताले डुबान र कृषि मलको समस्या व्यहोरिरहेको उल्लेख गर्दै अध्यक्ष दाहालले यस क्षेत्रका आदिवासी समुदायको पहिचानको मुद्दा पनि उत्तिकै महत्त्वपूर्ण भएको बताए ।  

यस्तै उत्पीडित क्षेत्रका जनसमुदायको मुक्तिका लागि महान जनयुद्ध भएको स्मरण गराउँदै उनले नयाँ संविधानमार्फत धेरै समस्यालाई नीतिगत रुपमा सम्बोधन गरिए पनि व्यवहारिक कार्यान्वयनमार्फत जनताको अवस्था बदल्दै आवश्यक परे संविधान संशोधनमार्फत उत्पीडित समुदायको अधिकार थप्दै लैजाने उल्लेख गरे ।  

अहिले सत्तारुढ दलहरु जनताको अधिकार थप गर्नुको साटो भएको अधिकार पनि कटौती गर्ने षड्यन्त्रमा लागेको उल्लेख गर्दै अध्यक्ष दाहालले यी षडयन्त्र विरुद्ध जनतालाई सचेत बनाउँदै आवश्यक परे संघर्षमा उत्रन समेत आह्वान गरे। उत्पीडित वर्गको पक्षमा संघर्षको माओवादीले गर्ने उल्लेख गर्दै उनले यो अभियान त्यसका लागि सचेतना अभियान पनि भएको बताए ।  

हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियान सकिएपछि वैशाखदेखि मध्यपहाडी लोकमार्ग केन्द्रित पूर्वपश्चिम जागरण अभियान सुरु हुने र दुबै अभियान सकिँदासम्म जनताले थप अजयशक्ति प्राप्त गर्ने र त्यसले जनताको अधिकार विरुद्ध जस्तो जस्तोसुकै षड्यन्त्रलाई पनि परास्त गर्ने अध्यक्ष दाहालको दाबी थियो ।  

सो क्रममा अध्यक्ष दाहालले काङ्ग्रेस, एमाले, जसपा लगायतका दल परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने ठूलो सङ्ख्यामा स्थानीय नेता कार्यकर्तालाई स्वागत गरेका थिए । 
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस