बिमार स्वास्थ्य क्षेत्र सुधारमा मधेसका मुख्यमन्त्री सिंह
१५ फागुन २०८१
•
५ मिनेट पाठ
बिमार स्वास्थ्य क्षेत्र सुधारमा मधेसका मुख्यमन्त्री सिंह
अस्पताल अनुगमन तथा निरीक्षण गर्दै मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंह।
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह नेतृत्वको अनुगमन टोली वीरगन्ज नगरपालिकामा सञ्चालित निजी अस्पतालहरूको अनुगमन जनकपुरधामभन्दा अझ बढी बेथिति भेटियो। प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीसहित अनुगमन गर्न पुगेका मुख्यमन्त्री सिंहले अनुमति नै नलिई वर्षौंदेखि सञ्चालन गरिरहेका अस्पताल मात्र फेला पारेनन्; एनेस्थेसिया चिकित्सकविनै बिरामीको शल्यक्रिया हुने गरेको फेला पारेका छन्।




वीरगन्ज महानगरको प्रतिमाचोकमा विनादर्ता सञ्चालनमा रहेको इन्डो नेपाल हस्पिटललाई भर्ना भएका बिरामीलाई अन्यत्र स्थानान्तरण गरी पूर्ण रूपमा बन्द गर्न निर्देशन दिएको मुख्यमन्त्री सिंहले बताए।

अनुगमन टोलीले वीरगन्जको भवानी अस्पताल, प्रभु अस्पताल, आशाराम अस्पताल, सर्वोत्तम अस्पताल, इन्डो नेपाल अस्पताल, स्पर्श मल्टिस्पेसियालिटी अस्पतालको अनुगमन निरीक्षण गरेको थियो। सबैभन्दा पहिले भवानी अस्पतालको निरीक्षण गरी अस्पतालबाट निस्कने फोहोर व्यवस्थापन प्रभावकारी बनाउन निर्देशनसमेत दिइएको थियो।

जनकपुरधाम उपमहानगरपालिका– १४ पिडारी चोकस्थित एस मुस्कान अस्पतालका चिकित्सकले माघ ३ गते सर्लाहीको हरिपुर्वा नगरपालिका– ५ की पविताकुमारी राय यादवको पित्तथैलीमा पत्थरी भएको भन्दै शल्यक्रिया गरेको थियो। पित्तथैलीको शल्यक्रिया गरेपछि बेहोस पविताको अझसम्म होस नफर्किएको परिवारजनको भनाइ छ। पीडित परिवारले अस्पताल र डाक्टरविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषा, नेपाल मेडिकल काउन्सिललगायतमा उजुरी दिएका छन्।

यो घटना सार्वजनिक भएपछि मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अस्पताल अनुगमन गर्दा विनादर्ता सञ्चालनमा रहेको पाइयो। त्यसपछि माघ २६ गते मुख्यमन्त्रीसहितको अनुगमन तथा निरीक्षण टोलीले अस्पतालका बिरामीलाई सुरक्षित रूपमा खसारेर यस अस्पताललाई बन्द गराएको थियो।

यस घटनापछि मुख्यमन्त्रीले जनकपुरधामका अन्य अस्पताल तथा मधेस प्रदेशका निजी अस्पतालहरूको अनगुमन निरीक्षण गर्ने योजना बनाए। र, मधेस प्रदेशका जनकपुरधाम, वीरगन्ज, बर्दिबास र लालगढमा अनुगमन निरीक्षणका क्रममा दर्ताविनै तथा मापदण्डबाहिर सञ्चालनमा रहेका २१ वटा निजी अस्पताललाई मधेस प्रदेश सरकारले बन्द गराएको छ।

यी अस्पताल बन्द गरी कानुनी प्रक्रिया पूरा गर्नसमेत प्रदेश सरकारले निर्देशन दिएको छ। मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम, वीरगन्जलगायत ४० भन्दा बढी निजी अस्पतालको अनुगमन निरीक्षण गरेका छन्। त्यसमध्ये १७ वटा दर्ताविना नै सञ्चालनमा रहेको र धेरै मापदण्ड मिचेर सञ्चालनमा रहेको खुलेको छ।

मधेस प्रदेश स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोष ठाकुरका अनुसार सरकारी मापदण्ड पूरा नगरेका जनकपुरका १५ वटा निजी अस्पतालमा ताला नै लगाइएको छ। ‘बाँकीलाई बन्द राखी कानुनी प्रक्रिया पूरा गर्न भनेका छौं’, उनले भने। ठाकुरले जनकपुरका १६ वटा निजी अस्पतालले नवीकरण नगरी सञ्चालन गरिरहेको पाइएको बताए।’

अनुगमन गरिएका जनकपुरका नौवटा निजी अस्पतालको भने सबै प्रक्रिया दुरुस्त देखिए’, उनले भने, ‘दर्ता नरहेका अस्पताललाई बन्द गरिएको छ भने नवीकरणविना सञ्चालनमा रहेका अस्पताललाई प्रक्रियामा आउन भनिएको छ।

मधेस प्रदेशको राजधानी जनकपुरधाममै अवैध तथा अनधिकृत निजी अस्पतालमा बिरामीको चाप रहेको र मापदण्ड पूरा गरी सेवा सञ्चालन स्वीकृति प्राप्त गरेका अस्पतालका बेड खाली रहेको अनुगमनका क्रममा भेटिएको मुख्यमन्त्री सिंहले बताए। निजी अस्पतालसम्म बिरामी ओसार्न कमिसनको चलखेल गर्ने एम्बुलेन्स चालक र बाउन्सर सक्रिय रहेको अझ तिनीहरूले जथाभावी निजी अस्पताल सञ्चालन गरिरहेको सिंहको भनाइ छ।

चर्को कमिसनपछि मात्र एम्बुलेन्स चालकलगायत दलालले बिरामी पठाउने र त्यस स्तरको रकम मापदण्डअनुसारका सेवासुविधा दिने अस्पतालले दिन नसक्ने भएपछि अस्पताल सञ्चालनमै कठिनाइ हुँदै आएको वैध अस्पताल सञ्चालकहरूले गुनासो गर्दै आएका बेला यथार्थ पत्ता लगाउन मुख्यमन्त्री सिंह एम्बुलेन्स चालक बनेर एक निजी अस्पतालका व्यक्तिसँग फोन संवाद नै गरे।

मुख्यमन्त्री सिंहले सरोज नाउँ गरेको ३११२ नम्बरको एम्बुलेन्स चालकको परिचय दिँदै आफूले मोटो रकम तिर्ने बिरामी लिएर आएको बताएपछि अस्पतालका सुरक्षागार्डले चेकिङका कारण जनकपुर मोडल अस्पताल गत आइतबार १२ बजेपछि बन्द भएकाले छेवैको गोदावरी अस्पतालमा बिरामीलाई लैजान सल्लाह दिएका थिए। एम्बुलेन्स चालकको परिचयका साथ कुरा गरिरहेका मुख्यमन्त्री सिंहले गोदावरी अस्पतालले राम्रो कमिसन दिने कि नदिने प्रश्न गर्दा ती व्यक्तिले त्यस विषयमा कुराकानी गर्नुपर्ने बताएका थिए।

सो क्रममा अस्पतालका प्रतिनिधि व्यक्तिले मधेस सरकारको मुख्यमन्त्रीसहितको सरकारी टोलीको अनुगमनपछि गलत तरिकाले अस्पताल सञ्चालन गर्नेमा ठुलो भय र त्रास छाएको बताएका छन्। जनकपुर मोडल अस्पताललगायतका निजी अस्पतालले एम्बुलेन्स चालकलाई बिरामी ल्याएबापत बिरामीको आर्थिक अवस्थाअनुसार कमिसन दिने गरेको सो संवादबाट पुष्टि भएको छ।

निजी अस्पतालको अनुगमनको अनुभव सुनाउँदै मुख्यमन्त्री सिंह भन्छन्, ‘अधिकांश अस्पतालहरूमा एनेस्थेसिया चिकित्सकविनै शल्यक्रिया हुने गरेको पाइएको छ। उनले भनेका छन्, ‘जनकपुरधामको धेरै अस्पतालको अनुगमन गरें, तर त्यहाँ सबै गम्भीर लापरबाही रहेको पाइएको छ। अन्य ठाउँका निजी अस्पतालको बेथिति पनि उस्तै छ। त्यो हो– एनेस्थेसिया चिकित्सकविनै शल्यक्रिया हुनु।’

उनका अनुसार शल्यक्रिया कक्षमा बिरामीको शल्यक्रिया गर्दा एनेस्थेसिया चिकित्सक हुनुपर्ने अनिवार्य हो, तर अधिकांश निजी अस्पतालहरूमा चिकित्सकविनै तालिम लिएकाहरूबाट शल्यक्रिया हुने गरेको पाइयो।

उनी भन्छन्, ‘शल्यक्रियाका बखत अनुगमनमा जाँदा अधिकांश अस्पतालमा एनेस्थेसिया चिकित्सक पाइनँ, त्यहाँ नामका लागि मात्रै एनेस्थेसिया चिकित्सकको नाम लेखिएको हुँदो रहेछ, तर भौतिक रूपमा शल्यक्रिया कक्षमा भने २/४ महिना तालिम लिएकाहरूलाई राखिएको हुन्छ अनि उसैका भरमा शल्यक्रिया हुँदो रहेछ।’

उनले आम जनताको स्वास्थ्यसँग गम्भीर खेलबाड भइरहेको सुनाए। एसिस्टेन्टका भरमा अस्पतालहरूले शल्यक्रिया गरिरहेको अनुगमनका क्रममा पाइएको उनको भनाइ छ। यही कारणले शल्यक्रिया गरिएका बिरामीको रिकभरीमा समस्या आइरहेको उनले बताए। अस्पतालहरूमा देखिएका समस्या कडाइका साथ समाधान गर्ने उनले बताए।

यसअघि मधेस प्रदेशको राजधानी जनकपुरधाममा उपचारमा लापरबाहीका कारण थुप्रै निर्दोषले ज्यान गुमाए। दर्ताविना नै सञ्चालित त्यस्ता अस्पताल निर्वाध सञ्चालन भइरहे। दर्ता, नवीकरण, अनुगमन र कारबाहीको अधिकार राख्ने मधेस प्रदेशको तत्कालीन सामाजिक विकास मन्त्रालय (हालको स्वास्थ्य मन्त्रालय) र मातहतको प्रदेश स्वास्थ्य निर्देशनालय र मधेस प्रदेश सरकारको मुखिया मुख्यमन्त्री अस्पतालबारे अनभिज्ञ थिएनन्, तर कसैले कारबाही गर्ने हिम्मत गरेनन्।

मधेस सरकारको मुख्यालय रहेको जनकपुरधाममै अवैध अस्पतालले मृत्युको कारखाना चलाइरहेपछि अनुसन्धान तथा कारबाही हुन सकेको थिएन, जसले मधेस सरकार र राज्यलाई नै गिज्याइरहेको थियो।  
अर्को समाचार
जुम्लाका स्थानीय तहका करार कर्मचारी प्रभावित
०८ साउन २०८२
•
३ मिनेट पाठ
जुम्लाका स्थानीय तहका करार कर्मचारी प्रभावित
जुम्लाका ६ स्थानीय तहले करार कर्मचारी हाजिर नहुन विषयमा सूचना जारी गरेका छन्। यस्तो सूचनाले धेरै करार कर्मचारी प्रभावित हुने देखिन्छन्। जुम्लाको सिंजा गाउँपालिका, कनकासुन्दरी गाउँपालिका, तिला गाउँपालिका, तातोपानी गाउँपालिका, पातारासी गाउँपालिका र गुठिचौर गाउँपालिका संघ र प्रदेशबाट स्रोत सुनिश्चितता नभएका कर्मचारीहरूलाई साउनबाट हाजिर नगर्न, नगराउन सूचना जारी गरेका हुन्।




प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षरमा जारी सूचनामा कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ को दफा १४ (१) बमोजिम कुनै व्यक्तिलाई ज्यालादारी वा करार नियुक्ति गर्न नपाइने र स्थानीय सेवा - गठन तथा सञ्चालन नियमावली २०८१ को नियम ११ (१) अनुसार पद नभई करार कर्मचारी नियुक्त गर्न नहुने, प्रदेश र संघबाट बजेट सुनिश्चितता भएका करार कर्मचारीबाहेकका कर्मचारीले २०८२ साउन १ गतेबाट हाजिर नगर्न नगराउन सूचना जारी गरेको छ।

कर्णाली प्रदेशको कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ को दफा १४ (१) बमोजिम स्थानीय तहले ती कर्मचारीले स्थानीय तहमा हाजिर हुन पाएका छैनन्। जुम्लाको   पातारासी गाउँपालिकामा १ सय २ जना, कनकासुन्दरी गाउँपालिकामा ८४ जना, तिला गाउँपालिकामा ६२ जना स्वास्थ्यकर्मी, कार्यालय सहयोगी सहितका कर्मचारी प्रभावित हुने भएका छन्। शिक्षकको भने तथ्यांक आउन बाकीँ नै छ।

यसैगरी तातोपानी गाउँपालिकामा २५ जना, सिंजा गाउँपालिकामा २४ जना, गुठिचौर गाउँपालिकामा २१ जना, हिमा गाउँपालिकामा झण्डै ७० कर्मचारी प्रभावित हुने छन्। यस ऐनको कार्यान्वयनपछि स्वास्थ्य र शिक्षा क्षेत्रका कर्मचारी प्रभावित हुने भएका छन्।

यता जुम्लाको तिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जानकारी हितानकाे अनुसार यो निर्णयले तिलाका ४ आधारभूत स्वास्थ्य संस्था प्रभावित हुने भएका छन्। यहाँका अनमी र कार्यालय सहयाेगी गरी ९ जना नभएर खोप सेवा समेत प्रभावित हुनेछ।

यस्तै कनकासुन्दरीमा ३६ जना स्वास्थ्य क्षेत्रका, २९ जना शिक्षा र अन्य ८४ जना कर्मचारी प्रभावित भएका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र भण्डारीले बताए। यस्तै पातारासी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नविन शाहीकाे अनुसार ५४ जना शिक्षक सहित १ सय २ जना कर्मचारी प्रभावित भएका छन्।

पातारासी गाउँपालिकामा जसरी पनि जागिर सुनिश्चित गर्नुपर्ने माग गर्दै करार शिक्षकले तालाबन्दी समेत गरेका छन्। पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहराले तालाबन्दीकाे विषयमा छलफल भइरहेको बताउँछन्।

गाउँपालिका तालाबन्दी भएपछि गाउँपालिकामा प्रहरी पुगेको छ। गाउँपालिका तालावन्दी भएपछि काम प्रभावित भइरहेको छ। यता जुम्लाको चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले नगरपालिकाका ७ जना मात्र रहेको बताए।

अरू करार सबै कर्मचारी ओएनएमभित्र परेका छन्। नगरपालिकाले आन्तरिक स्रोतबाट तलब खुवाउने गरी ओएनएम पास भइसकेको छ। खासै प्रभावित हुने कर्मचारी छैनन्। उनले भने, ओएनएम भित्र नसमेटिएका ७ जना मात्र छन्। जसमध्ये फाएर फाइटर ३ र सुइपर ४ जना छन्।

प्रदेश सरकारको ऐनका विषयमा भने गाउँपालिकाहरुले भने असन्तुष्टि जनाएका छन्। हिमा गाउँपालिका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका उपाध्यक्ष लक्ष्मणबहादुर शाहीले कर्णाली प्रदेश सभाबाट पारित “कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१” ले संविधानको मर्ममाथि गम्भीर प्रश्न उठाएको छ।

उनकाे अनुसार उक्त ऐनको दफा १४ (१) अनुसार “कुनै पनि व्यक्तिलाई ज्यालादारी वा करारमा नियुक्त गर्न नपाइने” तथा सो व्यवस्था विपरीत नियुक्त गरे नियुक्ति गर्ने पदाधिकारीवाट सरकारी बाँकी सरह असुल उपर गरिने भन्ने व्यवस्था गरिएको छ। यो व्यवस्था कार्यरत करार कर्मचारीहरूलाई चेतावनीसहित सेवा बाहिर धकेल्ने कानुनी हतियार बनाइएको बताए।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस