उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपाल र जापानबीच ऐतिहासिक, सामाजिक तथा सांस्कृतिक सम्बन्ध रहेको उल्लेख गर्दै सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता दुई देशबीचको सम्बन्ध थप घनिष्ठ एवम् मैत्रीपूर्ण रुपमा अघि बढिरहेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित जाइका अलमनाई एसोसिएसन अफ नेपाल (जान) को ५१औं वार्षिक समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले नेपाल–जापान सम्बन्ध युगौँ पुरानो रहेको उल्लेख गरे।
‘नेपाल र जापानबीच ‘एसियाका ज्योति’ भगवान बुद्धको शिक्षाबाट प्रभावित सामाजिक–सांस्कृतिक सम्बन्ध रहँदै आएको छ,’ उनले भने, ‘समय–समयमा उच्चस्तरीय भ्रमण तथा विचार आदान–प्रदानले हाम्रो सम्बन्धलाई थप मजबुत बनाएको छ।’
नेपालको सामाजिक तथा आर्थिक विकासमा जापान सरकारको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै उपराष्ट्रपति यादवले जापानी आर्थिक सहायताका प्रमुख क्षेत्रहरू मानव संसाधन विकास, स्वास्थ्य, कृषि, पूर्वाधार, वातावरण संरक्षण र संस्कृति रहेको बताए।
उनले नेपालले जापानको अनुभव, ज्ञान, सीप र प्रविधिबाट लाभ उठाउने इच्छा राखेको उल्लेख गर्दै नागढुंगा सुरुङमार्गजस्ता पूर्वाधार परियोजनामा जापानको सहयोग प्रशंसनीय रहेको धारणा राखे।
‘जान’ का पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा शुभकामना दिँदै उपराष्ट्रपति यादवले यो संस्था पाँच दशकभन्दा बढी समयदेखि नेपाल–जापान सम्बन्ध सुमधुर बनाउन सक्रिय रहेको उल्लेख गरे।
जापानमा सिकेको ज्ञान, सीप र प्रविधिलाई नेपालमा प्रयोग गर्न तथा ग्रामिण क्षेत्रमा सामुदायिक विकासका कार्यहरू सञ्चालन गर्न संस्थाले पुर्याउँदै आएको योगदान सराहनीय रहेको उनले बताए। ‘यी कार्यहरूलाई अझ ग्रामीण भेगमा विस्तार गर्न आवश्यक छ,’ उनले जोड दिए।
जापानको विदेश मन्त्रीबाट ‘फोरेन मिनिस्टर्स कमेन्डेसन अवार्ड’ प्राप्त गरेकोमा ‘जान’लाई बधाई दिँदै उपराष्ट्रपति यादवले नेपाल–जापान मित्रतालाई अझ घनिभूत बनाउन संस्थाका पदाधिकारी तथा सदस्यहरू थप सक्रिय हुनुपर्ने बताए।
उनले समारोहमा प्रशंसापत्र र मानार्थ सदस्यता प्राप्त गर्ने सबैलाई बधाई तथा शुभकामना व्यक्त गर्दै संस्थाको उत्तरोत्तर प्रगतिको कामना गरे।