देउवा भन्छन्: कांग्रेसको पालो आउँछ, अहिले केपी सरकारलाई सफल बनाऔं
१९ फागुन २०८१
•
३ मिनेट पाठ
देउवा भन्छन्: कांग्रेसको पालो आउँछ, अहिले केपी सरकारलाई सफल बनाऔं
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन सरकारलाई थप बलियो बनाएर लैजानु पर्नै बताएका छन्।




नेपाली कांग्रेसले भैरहवामा आयोजना गरेको क्षेत्रीय सभापतिहरूको प्रशिक्षण कार्यक्रमलाई आज (सोमबार) सम्बोधन गर्दै उनले देशका दुई ठुला दलको सहभागितामा बनेको सरकारलाई सफल बनाउन सबै एक ढिक्का भएर लाग्नु पर्ने बताएका हुन।

सत्ता साझेदार दलहरू प्रति इमानदार व्यवहार गर्नु पर्ने भन्दै उनले केपी ओली नेतृत्वको सरकारको सफलताले कांग्रेसलाइ फाइदा पुग्ने बताए।

अहिले सरकारको नेतृत्व एमालेले गरेपनि केही समय पछि कांग्रेसले सरकारको नेतृत्व गर्ने भएकाले ओली सरकारलाई सहयोग गर्नु पर्ने अवस्था रहेको उनले बताए।

‘हामी एकताबद्ध भई अगाडी बढे भोलीका दिनमा सरकार सफल हुन्छ, अहिले हामी एकताबद्ध भएर लाग्यौँ भने भोली हामीले सरकारको नेतृत्व गर्दा उहाँहरू (एमाले) को पनि पुरा भरोसा रहनेछ’ पुर्वप्रधानमन्त्री समेत रहेका देउवाले भने।

सरकारमा कांग्रेस एमाले सहित अन्य दलहरू पनि रहेको र सत्तारुढ सबै दल मिलेर सरकारलाई सफल र सुदृढ बनाउनु पर्नेमा जोड दिए।

देउवाले कांग्रेस भित्रैबाट पनि वर्तमान सरकार सफल बनाउन एक ढिक्का भएर लाग्नु पर्नेमा जोड दिए। केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले भैरहवामा आयोजना गरेको दुई दिने प्रशिक्षाण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले आगामी निर्वाचनमा धेरै सिट जित्ने गरी लाग्न नेताहरूलाई निर्देशन पनि दिए।

एक्लै बहुमत ल्याउन सक्ने अवस्था नरहे पनि धेरै सिट जितेर ठुलो पार्टी बनाउन सकिने भन्दै उनले जनताको मत जितेर काम गर्न आग्रह गरे।

विधान कार्यान्वयन, लोकतन्त्रको रक्षा, गणतन्त्र र समावेशी व्यवस्थाको संस्थागत विकासकालागि कांग्रेस बलियो हुनु पर्ने धारणा राखे। कांग्रेसलाइ बलियो र जीवन्त बनाउन सबै एक भएर लाग्नु पर्नेमा जोड दिँदै उनले पार्टी भित्रका आन्तरिक समस्या तथा नमिलेका कुराहरूलाई छलफलबाट समाधान गर्न सकिने बताए।

‘नेताहरू बिचको मतभेदलाई हटाएर पार्टीलाई जीवन्त बनाउनु पर्छ, हामी बिचका समस्या, असहमतिहरू आन्तरिक छलफलबाटै मिलाउन सकिन्छ’ सभापति देउवाले भने।

पार्टी उपसभापति तथा प्रतिष्ठानका संयोजक पूर्णबहादुर खडकाले मुलुकको आर्थिक विकास, संघीयता कार्यान्वयनको अवस्था, पार्टीको क्रियाशीलता, साङ्गठनिक अवस्था र समसामयिक विषयमा छलफल तथा प्रशिक्षण गरिने जानकारी दिए।

त्यस लगत्तै सुरु भएको प्रशिक्षणको बन्द सत्रमा पार्टीका महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, प्रतिष्ठानका कार्यकारी निर्देशक बुद्धिमान श्रेष्ठ, कृष्णप्रसाद पौडेल, जगदिशचन्द्र पोखरेल, विश्वदिप लामिछानेले छुट्टा छुट्टै कार्यपत्र सहितको प्रस्तुतीकरण गरे।

सोमबार प्रस्तुत गरिएका कार्यपत्रमाथि मंगलबार छलफल गरी सुझाव सहितको प्रतिवेदन तयार गरिने उपसभापति तथा प्रतिष्ठानका संयोजक खड्काले बताए।

क्षेत्रीय सभापतिहरूका लागि आयोजना गरिएको कार्यक्रमको उद्घाटन सत्रमा पार्टी सभापतिसँगै लर्को लागेर नेताहरू शशाङ्क कोइराला, कृष्णप्रसाद सिटौला, गृहमन्त्री रमेश लेखक, प्रकाशसरण महत, आरजु राणा, उमेश श्रेष्ठ लगायत अन्य केन्द्रीय नेताहरू आएका थिए।

यसअघि प्रचार विभागले आइतबार बुटवलमा आयोजना गरेको कार्यक्रममा सहभागी हुन शनिबारै रुपन्देही आएका शेखर कोइराला भने भैरहवाको कार्यक्रममा सहभागी भएनन्। कोइरालालाई कार्यक्रममा निम्ता गरी पनि उपसभापति खड्कासँगको वरियता विवादका कारण उपस्थित नभएको नेताहरू बताउँछन्।

प्रशिक्षणमा देशभरका एक भन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाका १ सय ३० जना क्षेत्रीय सभापति, १ सय ३० जना क्षेत्रीय प्रशिक्षण प्रतिष्ठान प्रमुख र एक निर्वाचन क्षेत्र भएका जिल्लाका क्षेत्रीय सभापति र उपसभापति सहित ७० जना गरेर ३ सय ३० जना सहभागी थिए।

त्यसका अलावा पार्टीका जिल्ला, प्रदेश र सङ्घीय प्रतिनिधिहरूको पनि सहभागिता थियो। कार्यक्रमको व्यवस्थापन नेपाली कांग्रेस क्षेत्र नं-३ क्षेत्रीय समिति रुपन्देहीले गरेको थियो।
अर्को समाचार
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
१ घण्टा अघि
•
० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
काठमाडौं । वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।




पार्टीले उनलाई महत्वपूर्ण जिम्मेवारीसहित केन्द्रीय नेतृत्वमा आबद्ध गराएको जनाएको छ।

शिक्षा, अर्थतन्त्र, अनुसन्धान तथा संस्थागत सुशासनका क्षेत्रमा लामो अनुभव हासिल गरेका बज्राचार्यलाई पार्टी सभापति कुलमान घिसिङले खादा ओढाएर स्वागत गरेका थिए।

बज्राचार्यको आगमनले पार्टीको केन्द्रीय नेतृत्व थप अनुभवी, प्राज्ञिक र सशक्त बन्ने तथा नीति निर्माण र राष्ट्र निर्माणको अभियानलाई नयाँ उचाइ दिने पार्टीको विश्वास छ।
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock २ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ५४ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
यो पनि पढौँ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस