विरोधविरुद्ध प्रधानमन्त्रीको आक्रोश: विरोध ‘बानीको अल्गोरिदम’ भइसक्यो
२० फागुन २०८१
•
४ मिनेट पाठ
विरोधविरुद्ध प्रधानमन्त्रीको आक्रोश: विरोध ‘बानीको अल्गोरिदम’ भइसक्यो
प्रधानमन्त्री केपी शर्मा ओली लगातारको विरोधबाट आजित सुनिएका छन्। मंगलबार नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट)को कार्यक्रम सम्बोधन गरेका प्रधानमन्त्री ओलीले अधिकांश समय विरोधविरुद्ध खर्चिए। 




विरोध कसले गरिरहेको छ ? त्यो भने प्रधानमन्त्री ओलीले खुलेरै किटेनन्। तर, विपक्षी नेकपा माओवादी केन्द्र, अध्यक्ष पुष्पकमल दाहाल र सामाजिक सञ्जालमा भइरहेको विरोधतर्फ उनले इंगित गरिरहे। 

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा धेरै राम्रा काम भएको दाबी गर्दै विरोधका लागि विरोध गर्नेहरुले त्यो नदेखेको दाबी गरे। जसका लागि उनले आफ्नो अघिल्लो कार्यकालको उदाहरण दिए।

‘यो भन्दा अगाडि म सरकारमा जाँदा मैले नेतृत्व गरेको सरकारले एक से एक ऐतिहासिक काम भएका छन्,’ प्रधानमन्त्री ओलीले दाबी गर्दै भने, ‘पूर्वाधार निर्माणका कुरा हुन,  विकासका कुरा हुन, शिक्षा क्षेत्रका कुरा हुन्, अरू पनि कुरा हुन।’ तर विरोधीहरूले त्यो नदेखिएको उनले टिप्पणी गरे। उनले भने, ‘यो नेपालमा एक खालको लहर के छ भने राम्रो काम कसैले गर्न खोजे त्यसको विरोध गर्ने, त्यसको झुटो आरोप लगाउने, केही काम गर्न खोजे त्यसलाई गर्न नदिने।’ 

सरकारमा हुँदा ड्रामा गर्छन्, अर्काले गर्न खोज्दा विरोध

प्रधानमन्त्री ओलीले माओवादी केन्द्रका अध्यक्ष दाहालको नामै नलिई उनीमाथि आक्रोश पोखे। उनले दाहाललाई आफू सरकारमा हुँदा ‘ड्रामा’(नाटक) मात्रै गरेको आरोप लगाए।

‘आफू सरकारमा भयो भने ड्रामा गर्ने, ड्रामामै समय बित्छ। अर्कोले गर्न खोजे विरोध गर्ने, त्यसलाई कसरी असफल बनाउन सकिन्छ भनेर’, प्रधानमन्त्री ओलीले भने।

विरोधको अल्गोरिदम भइसक्यो

प्रधानमन्त्री ओलीले विरोधीहरूमा विरोधको बानी नै बसिसकेको दाबी समेत गरे । उनले भने,‘कसै कसैको बानी परेको हुन्छ, विरोध गर्नुपर्छ भनेर। जे गरे पनि विरोध, जसो गरे पनि विरोध।’ 

‘हामी भरे बेलुका खाना खान्छौँ’ भनेर भन्दा पनि विरोध हुने उनले दाबी गरे ।  ‘किनभने के खाना खान्छौँ? कहाँबाट ल्याएर खाने ? तिमीले दिन्छौँ र खाने ? घराँ भए पो खानु? निहुँ खोज्नलाई अनेक कुराहरू निकाल्छन्,’ प्रधानमन्त्री ओलीले भने। 

‘झगडा गर्न कुनै उपयुक्त कुरा पनि नचाहिने अवस्था भइसकेको उनले बताए।  उनले भने, ‘बहाना निकालिहाल्छन्, बेलुका हामी खाना खान्छौँ भने त्यसको पनि खण्डन नगरी हुँदैन।’ 

यसलाई उनले ‘बानीको अल्गोरिदम’ भनेर उपमा दिए। ‘बानीको पनि बानी भनौँ न। विरोध भन्ने कुरा,’ प्रधानमन्त्री ओलीले भने। यस क्रममा उनले गोयबल्सको ‘हजारौँ पल्ट भनेपछि त्यसलाई मान्छेले विश्वास गर्न थाल्छन्’ भन्ने कथन पनि सम्झिन भ्याए। 

पशुपतिसँग माफी मागेनन्, अझै जलहरी काण्ड भन्छन्

प्रधानमन्त्री ओलीले पशुपतिको जलहरी प्रकरण पनि आफ्नो सम्बोधनमा कोट्याए। जसमा उनले माओवादी केन्द्रकै सांसदको नाम नलिएर आफ्नो सम्बोधन जारी राखे । 

२०८० जेठ १० गते प्रतिनिधिसभाको बैठकमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिमा जलहरीका नाममा पित्तल हालेर भ्रष्टाचार भएको आरोप लगाएका थिए। 
‘यसभन्दा अगाडि एउटा सरकार थियो, त्यस सरकारको एउटा सांसद संसदमा उफ्रिउफ्री कराउँथे, ती कराउँथे तिनले कराएपछि सुनको जलारी चढाउँछु भनेर पित्तल चढायो पशुपतिमा भनेर कराए,’ उनले भने, ‘तिनका मतियारले ताली बजाए । तिनका नेताले समिति बनाएर जलारी उप्काए। नापे, तौले सबै चिज गरेर सबै ठिक छ भनेपछि लगेर त्यही राखे ।’ 

त्यसो गर्दा उनीहरूले लाज पनि नमानेको प्रधानमन्त्री ओलीले टिप्पणी गरे। उनले भने, ‘पशुपतिसँग क्षमा मागेनन्। अहिले पनि भन्दै छन् जलारी काण्ड।’ 

यस्ता खालका मान्छे पनि नेपालमा रहेको उनले सुनाए। ‘यिनलाई काम सँग मतलब छैन, विकाससँग मतलब छैन, विरोध गर्नुसँग मतलब छ,’ उनले भने। 

कुकूर चिच्याउँदै गर्छ..

यति भनिसकेपछि प्रधानमन्त्री ओलीले आफूलाई विरोध गर्नेसँग मतलब नरहेको पनि दाबी गरे । ‘हामीलाई कसैको विरोध गर्नेसँग मतलब छैन, कामसँग मतलब छ, देश बनाउनसँग मतलब छ,’ उनले भने, ‘त्यस कारण के भुके, हात्ती चले बजार हामी अगाडि बढ्दै जान्छौँ, को कता कराउँदै जान्छ, चिच्याउँदै गर्छ, विरोध गर्दै गर्छ को के गर्दै गर्छ ।’ 

नचाहिने कुरा हावापानी बोकी हिँड्दैनन्

प्रधानमन्त्री ओलीले त्यसपछि हावापानीको नियम पनि सुनाउन भ्याए। ‘यो प्रकृतिको पनि आफ्नो एउटा नियम छ खोला अलिकति धमिल्याइदिनुस् तल पुग्दा त्यो पानी फेरी... मैले कहाँ धमिल्याएको थिएँ, त्यो पानी कहाँ गयो भनेर हेर्दा कहीँ पनि हुँदैन कञ्चन खोलो बगिराख्या हुन्छ,’ उनले भने, ‘हावामा एक छिन धुलो उडाइदिनुस् एक छिन पछि त्यो धुलो  न यहाँ त्यो धुलो हुन्छ न पर देखिन्छ।’ 

प्रकृतिको नियम नचाहिने कुरा बोकी नहिँड्ने उनले सुनाए। ‘नचाइने कुरा हावापानीले बोकेर हिँड्दैन, प्रकृति जस्तै नचाइने कुरा बोकी हिँड्ने हामी?,’ उनले प्रश्न गरे। 
अर्को समाचार
दाहालको खुलासा: एमसिसी रोक्न देउवा सरकार ढाल्न खोजेँ, ओलीले अपमान गरे
२१ साउन २०८२
•
३ मिनेट पाठ
दाहालको खुलासा: एमसिसी रोक्न देउवा सरकार ढाल्न खोजेँ, ओलीले अपमान गरे
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसिसी रोक्न कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकार ढाल्न कोसिस गरेको खुलासा गरेका छन्। बुधबार माओवादी केन्द्रका नेता लीलामणि पोखरेलद्वारा लिखित ‘नेपालमा एमसिसी’ नामक पुस्तक विमोचन गर्दै अध्यक्ष दाहालले यस्तो खुलासा गरेका हुन्। 




‘एमसिसीमा सबैभन्दा दबाब माओवादी केन्द्रलाई थियो,’ दाहालले भने, ‘त्यो बेला एमसिसी रोक्ने हो भने एमालेलाई सरकारको नेतृत्व दिएर बाहिरबाट समर्थन दिन पनि तयार छौँ भनेका थियौँ।’ एमसिसीको विषय राष्ट्रिय महत्वको धेरै ठुलो विषय भएकाले त्यसो गरिएको उनले दाबी गरे।  

त्यसका लागि आफूसहितका चार जना नेताले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेरै प्रस्ताव राखेको दाहालले खुलासा गरे। त्यसमा आफू, अहिलेका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, अहिलेका महासचिव देव गुरुङ र शक्ति बस्नेत गएको उनले बताए। 

‘तर, यति नमिठो यति तितो, यति अपमानजनक भाषा प्रयोग गर्नुभएको कि कांग्रेसभन्दा त धेरै बढी रहेछ उहाँहरूको,’ दाहालले भने।

सँगै एमालेबाट चार बुँदे जवाफ आएको पनि उनले सुनाए। उनले भने, ‘त्यसो भन्दा अहिलेका प्रधानमन्त्रीले अन्य कुरा त भन्नु भो भन्नु भो, फुल स्टप र कमा पनि चेन्ज गर्न आवश्यक छैन, एमसिसी जस्ताको तस्तै पास गरिन्छ भनेपछि र हामी तयार नहुने हो भने नेपाली कांग्रेसले एमालेसँग मिलेर सरकार बनाउने र यसलाई अत्यधिक बहुमतले पारित गर्ने भनेपछि सबैभन्दा ठुलो अप्ठेरो परिस्थितिमा नेकपा माओवादी केन्द्र प¥यो।’

तर, आफूले अन्तिम समयसम्म जस्ताको तस्तै त एमसिसीलाई समर्थन गर्न नसक्ने भनेको उनले दाबी गरे। आफ्ना त्यति बेलाका वक्तव्य हेर्न पनि उनले आग्रह गरे। ‘साथीहरूलाई सडकमा पनि आवाज उठाइराख्न निर्देशन दिइएको थियो,’ उनले भने।

त्यो अवस्थामा माओवादी केन्द्रले अन्तिमसम्म गर्न सक्ने गरेको अध्यक्ष दाहालले बताए। ‘अब त जसरी पनि पास त हुने नै भयो। सदनबाट हामीले रोक्न सक्ने स्थिति भएन,’ उनले भने,‘कांग्रेस र एमाले मिलेपछि बहुमत भइहाल्छ।’ 

एमसिसी अनुमोदन गर्न कांग्रेस दृढ अडानमा रहेको एमाले नेतृत्वमा रहेका ओली झन् कडा सुनिएको उनले बताए। ‘एमालेसँगै हिजो कार्यदल बनाएको, समझदारी बनाएकाले आस गरेको, उ त झन् कडा! कांग्रेसभन्दा केपी ओली त झन् कडा। केही चेन्ज गर्न आवश्यक छैन भन्दिए’, उनले भने। 

‘आइपिएसको सदस्य बनाउने एमाले’

एमाले एमसिसीमा त्यति कडा हुनुमा अमेरिकाको इन्डो प्यासिफिक रणनीति(आइपिएस)को सदस्य बनाउने पार्टी हुनु रहेको दाहालले आरोप लगाए। ‘किनकि आइपिएसको सदस्य बनाउने पनि उहाँहरू नै हो। एसपिपीसम्म पनि सैद्धान्तिक सहमति गराउने पनि उहाँहरूले भएकाले गर्नुभएन,’ उनले भने। 

त्यसपछि माओवादी केन्द्रसँग अन्तिममा बहिस्कार गर्ने, उठेर हिँड्ने, भोटिङमा भाग नलिने बाटो रहेको दाहालले सुनाए। ‘तर हामीले जेजे गरे नि त्यो अनुमोदन त भई नै सक्थ्यो हामीले त्यसलाई रोक्ने र त्यसैको निम्ति विद्रोह र क्रान्ति गर्न सक्ने स्थिति पनि थिएन,’ उनले भने। 

अनि त्यही बेलामा बुद्धिजीवी कानुन व्यवसायीले अलिकति ‘फेस सेभ’ हुने ठाउँ देखिने गरी व्याख्यात्मक टिप्पणीको विकल्प ल्याएको दाहालले बताए। व्याख्यात्मक टिप्पणीले भोलि पनि आन्दोलन गर्न सक्ने बाटो दिएको उनको टिप्पणी छ। 

लामो विवाद चलेको अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसिसी) कम्प्याक्ट १२ बुँदे व्याख्यात्मक टिप्पणीसहित २०७८ फागुन १५ गते प्रतिनिधिसभाबाट अनुमोदन भएको थियो। त्यो बेला माओवादी केन्द्रलगायतका दलको सहयोगमा कांग्रेस सभापति देउवा प्रधानमन्त्री थिए। २०७४ को निर्वाचनपछि बनेको नेकपा विभाजनपछि एमाले प्रतिपक्षमा थियो। 

त्यही बेला एमसिसी बहसका बेला तत्कालीन पाँच दलीय गठबन्धनमा ठुलो मतभिन्नता सिर्जना भएको थियो। त्यही विषयको खुलासा दाहालले अहिले गरेका हुन्। 
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ५८ सेकेन्ड अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
यो पनि पढौँ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस