‘युवालाई नेपालमै रोकेर देश विकास अभियानमा जोड्नुपर्छ’
२१ फागुन २०८१
•
४ मिनेट पाठ
‘युवालाई नेपालमै रोकेर देश विकास अभियानमा जोड्नुपर्छ’
स्वास्थ्य मन्त्री प्रदीप पौडेलले  नेपाल बनाउने जिम्मेवारी युवाहरूको काँधमा रहेको बताएका छन् । नेपाल रिपब्लिक मिडिया लिमिटेडले ‘म नागरिक, म बनाउँछु नेपाल’ नाराका साथ युवामाझ गरिरहेको ‘क्रेटर्स च्याम्पियन–२०२५’अन्तर्गत बुधवार बुटवलमा आयोजित बहसमा बोल्दै मन्त्री पौडेलले यस्तो बताएका हुन्। 




‘देश बनाउने जिम्मा नेपालका हरेक नागरिकको काँधमा छ,’ मन्त्री पौडेलले भने,‘सरकारले पनि देशमा भएका सम्भावनाहरूको पहिचान गरी रोजगारी सिर्जनाका लागि नीतिगत पहल गरिरहेका छ।’ 

नेपालीहरू विश्वमै मेहनती र परिश्रमी जातिको रूपमा चिनिएको पनि मन्त्री पौडेलले बताए। ‘अहिले तलबी सेवा सुविधा र रोजगारीको अभावका कारण युवाहरू बिदेसिने क्रम चलेको तितो यथार्थ हामीसँग छ। यसको सुधारमा सरकार लागेको छ,’ उनले भने। युवाहरूलाई आशावादी हुन पनि मन्त्री पौडेलले आग्रह गरे। 

‘सरकार युवामैत्री नीति निर्माणमा काम गरिरहेको छ,’ उनले भने, ‘निजी क्षेत्रसँगको सहकार्यमा जोड दिइरहेको छ। लगानीमैत्री वातावरण निर्माणमा सरकार गम्भीर पनि छ।’ 

आफूले सम्हालेको मन्त्रालयबारे बोल्दै स्वास्थ्य मन्त्री पौडेलले सर्वसुलभ र गुणस्तरीय स्वास्थ्यका लागि विशेष नीतिको आवश्यकता रहेको बताउँदै त्यसमा काम गरिरहेको सुनाए। उनले भने, ‘अब खल्तीबाट पैसा झिकेर होइन, बिमा कार्ड निकालेर उपचार गर्ने अवस्थाका लागि नीति निर्माणको काममा लागेका छौँ।’

नेपालमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, जलविद्युत्मा प्रशस्त सम्भावना रहेको बताउँदै उनले यस्ता सम्भावनालाई आत्मसात् गरेर अघि बढ्ने खालको भावना जागृत हुनुपर्ने आवश्यकता औँल्याए। 

यस्तै नेपाल रिपब्लिक मिडियाका निर्देशक शोभा ज्ञवालीले युवा तथा महिला उद्यमशीलताको विकासका लागि नीतिगत तहबाटै विशेष पहल हुनुपर्ने बताइन्।

महिला उद्यमी महासङ्घका अध्यक्ष  समेत रहेकी  ज्ञवालीले युवा नै देशको विकासको मेरुदण्ड भएको बताउँदै मेरो देश म बनाउँछु भन्ने सोच र उत्साह लिएर अगाडि बढ्न आवश्यक रहेको बताइन्। 

‘सरकारले पनि युवाहरूलाई स्वदेशमै सम्भावनाको खोजी गर्ने वातावरण तयार गर्दै देशको अर्थतन्त्रसँग जोड्नका लागि विशेष ध्यान दिनु पर्छ,’ ज्ञवालीले भनिन्, ‘युवाहरूले नगरेको होइन अहिले पनि युवाहरू नयाँ सोचका साथ अगाडी बढ्ने प्रयास गरिरहेका छन्। देशमै केही गरौँ गर्नु पर्छ भनेर लागेका युवा र महिलाहरूलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता छ।’ 

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले स्थानीय सरकारले सीपसहितको व्यवहारिक शिक्षा र स्वरोजगार सिर्जनाका लागि प्राविधिक शिक्षालयको विकास र बिस्तारमा विशेष योजना सहितका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए। 

‘शिक्षा, स्वास्थ्य पर्यटन, कृषि र साना तथा मझौला उद्योगमा प्रशस्त सम्भावना छ,’ उनले भने, ‘स्थानीय सरकारले समुदायसँगको सहकार्यमा योजना तथा बजेट केन्द्रित गरिरहेका छन् पनि।’ 

कालिका क्याम्पस बुटवलका प्राचार्य घनश्याम पाठकले देशमा उत्पादित जनशक्ति देशमै रोक्ने गरी व्यवहारिक शिक्षालाई प्राथमिकता दिनुपर्ने बताए। 

आफ्नो क्याम्पसले संस्कार र सभ्यता सहितको शिक्षा भन्ने नारासहित विद्यार्थीमा देशमै केही गरौँ भन्ने भावना विकास गर्न अभियान नै चलाइरहेको सुनाए। 

क्याम्पस प्रमुख पाठकले नेपाल रिपब्लिक मिडियाले सञ्चालन गरेको म नागरिक म बनाउँछु नेपाल अभियानले युवा विद्यार्थीमाझ देशप्रतिको दायित्व, जिम्मेवारी बोध गराउँदै नेपालमै सम्भावनाको खोजी गर्न भूमिका खेल्ने अपेक्षा व्यक्त गरे। 

कार्यक्रममा मोटिभेस्नल स्पिकर(उप्रेरक वक्ता)का रूपमा सहभागी बैंकर अनिल केशरी शाहले नेपाल प्रकृति र सम्भावनाको खानी रहेको बताए। 

‘यद्यपि युवाले देशमै सम्भावना देख्ने वातावरण बनाउन सरकार, राजनीतिक दल चुकेका छन्,’ उनले भने, ‘अब देश बनाउन युवालाई देशमै रोकिने वातावरण बनाउनै पर्छ।’ 

अर्का मोटिभेस्नल स्पिकर कोकाकोला बोटलर्स नेपाल लिमिटेडका सार्वजनिक मामिला, सञ्चार र दिगोपन निर्देशक स्नेह राज भण्डारीले नेपालमा युवाहरूका लागि वर्तमान र भविष्य दुवै उज्यालो रहेको बताइन्। उनले देश विकास र रोजगारी सिर्जनाका लागि औद्योगिक विकासमा सबैको ध्यान पुग्नुपर्नेमा जोड दिइन। 

‘सरकार र निजी क्षेत्रको ध्यान औद्योगिक विकासमा जान जरुरी छ,’ उनले भनिन्,‘युवा विद्यार्थीलाई समुचित शिक्षा, स्वास्थ्य र रोजगार सुनिश्चित गर्दा युवामा आशाको जागरण गर्न सकिन्छ।’ 
अर्को समाचार
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
१ घण्टा अघि
•
० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
काठमाडौं । वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।




पार्टीले उनलाई महत्वपूर्ण जिम्मेवारीसहित केन्द्रीय नेतृत्वमा आबद्ध गराएको जनाएको छ।

शिक्षा, अर्थतन्त्र, अनुसन्धान तथा संस्थागत सुशासनका क्षेत्रमा लामो अनुभव हासिल गरेका बज्राचार्यलाई पार्टी सभापति कुलमान घिसिङले खादा ओढाएर स्वागत गरेका थिए।

बज्राचार्यको आगमनले पार्टीको केन्द्रीय नेतृत्व थप अनुभवी, प्राज्ञिक र सशक्त बन्ने तथा नीति निर्माण र राष्ट्र निर्माणको अभियानलाई नयाँ उचाइ दिने पार्टीको विश्वास छ।
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock २ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ५४ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
यो पनि पढौँ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस