कार्यक्रमको नामबाट 'प्रधानमन्त्री' हटाउने, 'राष्ट्रिय' शब्द राख्ने सरकारको तयारी
२३ फागुन २०८१
•
२ मिनेट पाठ
कार्यक्रमको नामबाट 'प्रधानमन्त्री' हटाउने, 'राष्ट्रिय' शब्द राख्ने सरकारको तयारी
प्रधानमन्त्री केपी शर्मा ओलीले 'प्रधानमन्त्री' जोडिएका सबै कार्यक्रमको नाम परिवर्तन गर्ने बताएका छन् । उनले प्रधानमन्त्री लेखिएको ठाउँमा 'राष्ट्रिय' शब्द राखिने बताए । कर्णाली प्रदेशसभामा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम, प्रधानमन्त्री रोजगार कार्यक्रमलगायत प्रधानमन्त्री शब्द जोडिएका नाम हटाएर राष्ट्रिय राख्ने बताए ।




'अव प्रधानमन्त्री कृषि आधुनिकीकरणको ठाउँमा राष्ट्रिय कृषि आधुनिकीकरण, प्रधानमन्त्री रोजगार कार्यक्रमको ठाउँमा अव राष्ट्रिय रोजगार कार्यक्रम राख्दैछु,' उनले भने, 'प्रधानमन्त्रीका नाममा, मुख्यमन्त्रीका नाममा, मेयर-अध्यक्षको नाममा कार्यक्रम राख्न जरुरी छैन् ।'

प्रधानमन्त्री ओलीले कर्णाली बहुमूल्य जडिबुटी, उर्जा र पर्यटनको केन्द्र भएको बताए । उनले कर्णालीमा उर्जा उत्पादनको ठूलो संभावना भएपनि त्यसको विकास गर्न नसकिएको बताउँदै अव तिब्र गतिमा उर्जाको विकास गर्ने बताए । 'नदी खोलामा पानी बगिरहेको छ, आयोजना बनाउँछौं भनेर जिम्मा लिएकाहरुले काम गरेका छैनन्,' उनले भने, 'अव त्यस्तो हुँदैन्, हामी तत्काल आयोजना बनाउँछौं, उर्जाको विकास गछौं ।'

उनले कर्णाली धार्मिक र पर्यटकीय केन्द्र भएको पनि बताए । 'कांक्रेविहार, बुलबुले, दैलेखको पञ्चकोशी क्षेत्र, त्रिपुरासुन्दरीलगायतका धार्मिक र पर्यटकीय क्षेत्र कर्णालीमा छन्,' उनले भने, 'यसको विकास र प्रचार–प्रसारको भने खाँचो छ ।'

उनले लोकतान्त्रिक प्रर्णाली र संविधानको आधारभूत फ्रेमभित्र रहेर संविधान संशोधन गरिने बताए । 'नेपाली कांग्रेस र एमालेबीच सरकार बनाउँदा सहमतिको दोस्रो बुँदामा संविधान संशोधनको बुँदा राखेका छौं,' उनले भने, 'लोकतान्त्रिक प्रर्णाली र संविधानको आधारभूत फ्रेमभित्र रहेर संविधान संशोधन गछौं ।'

उनले नेपालको पुरानो इतिहास मध्येको एक कर्णालीको खस राज्य भएको बताए । 'अन्य ठाउँमा राज्य स्थापना नहुँदा यहाँ ९कर्णाली० खस राज्य थियो,' उनले भने, 'यस्तो राज्य पछाडि पर्नु हुँदैन् ।'

प्रधानमन्त्री ओलीले जाजरकोट भूकम्पपीडितहरुलाई तत्काल राहत पुर्‍याउन सरकार प्रतिवद्ध रहेको बताए । उनले आइतबारनै जाजरकोट, रुकुम पश्चिम र सल्यानमा कार्यालय स्थापना गरेर काम सुरु गर्ने बताए । 'आइतबारनै गृहमन्त्री आएर कार्यालय स्थापना गर्दै हुनुहुन्छ,' उनले भने, 'पीडितलाई स्थानीस्तरबाटै राहत उपलब्ध गराउने लक्ष्य सरकारको छ ।' उनले भूकम्प पीडितका नाममा केही बेथिति भएको बताए । 'जाजरकोटमा सबै घर ४८ हजार छैनन्, पहिलो किस्ता ४८ हजारलाई बाँड्यौं,' उनले भने, 'यो बेतिथि हो, यस्ता घटनाहरुलाई अवसरको रुपमा लिनु हुँदैन ।'

प्रधानमन्त्री ओलीले देशको मुहार फेर्नका लागि सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताए । 'यो देशको मुहार फेर्ने अभिारा हाम्रो हो, स्वच्छता, निस्पक्षताका साथ आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने आवश्यकता छ,' उनले भने । 
अर्को समाचार
प्रधानमन्त्री पहिलो पटक मौसम विज्ञान विभागको स्थलगत अवलोकनमा
१३ जेष्ठ २०८२
•
१ मिनेट पाठ
प्रधानमन्त्री पहिलो पटक मौसम विज्ञान विभागको स्थलगत अवलोकनमा
प्रधानमन्त्री केपी शर्मा ओलीले आशन्न मनसुनको पूर्वानुमान र सम्भावित विपद् जोखिम न्यूनीकरणका विषयमा आज बबरमहलस्थित जल तथा मौसम विज्ञान विभाग पुगेर जानकारी लिएका छन् ।  




यसवर्ष गतवर्षको भन्दा बढी वर्षा हुने पूर्वानुमान गरिएको अवस्थामा विभागको पूर्वानुमान÷सूचना प्रवाह कसरी भइरहेको छ र यसलाई थप प्रभावकारी बनाइ जनधनको क्षति कसरी रोक्न सकिन्छ भन्नेबारेमा प्रधानमन्त्री ओलीले चासो लिएका हुन् ।

विभागको अध्ययन र प्रस्तुति सुनेपछि प्रधानमन्त्री ओलीले विभागको पूर्वानुमान र सूचना प्रवाहलाई लक्षित क्षेत्रका जनताले बुझ्ने सरल भाषामा प्रभावकारीरुपमा सम्प्रेषण गर्न निर्देशन दिए । विभागका सबै स्टेशनहरु तन्दुरुस्त हालतमा राख्न र अतिवृष्टि हुने खास क्षेत्रबारे स्थानीय तह, सुरक्षा निकाय र आमसञ्चारका माध्यमबाट समेत सुसुचित गरेर मानवीय र भौतिक क्षति हुन नदिने तर्फ सचेत हुन प्रधानमन्त्री ओलीको आग्रह थियो ।  

विभागका महानिर्देशक कमलराम जोशीले यसवर्ष यही जेठ १८ गतेदेखि आगामी असोज १४ मनसुन अवधि हुने र गण्डकी प्रदेश, लुुम्बिनी प्रदेशको उत्तरी भाग र कर्णाली प्रदेशको पूर्वी भागमा सरदरभन्दा बढी वर्षा हुने जानकारी गराए ।  

विभागको कार्यालयमा स्थलगतरुपमा यसरी पहिलो पटक प्रधानमन्त्री तहबाट अवलोकन र अनुगमन भएको उल्लेख गर्दै उनले आफूहरुले उपलब्ध प्रविधि र स्रोत साधनको अधिकतम् प्रयोग गरी पूर्वानुमानलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे ।  

अवलोकनका क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्का, राज्यमन्त्री खमबहादुर गर्बुजालगायत सम्बन्धित उच्चाधिकारी सहभागी थिए । 
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ३ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ३९ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस