‘सरकार भ्रष्टचारी र बिचौलीयाको पक्षमा लाग्यो, प्रतिगामी तत्वहरुले टाउको उठाए’
२८ फागुन २०८१
•
२ मिनेट पाठ
‘सरकार भ्रष्टचारी र बिचौलीयाको पक्षमा लाग्यो, प्रतिगामी तत्वहरुले टाउको उठाए’
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकार भ्रष्टाचारी र बिचौलियाको पक्षमा लागेको आरोप लगाएका छन्।




बुधबार मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालको छैटौँ राष्ट्रिय सम्मेलनको बुटवलमा उद्घाटन गर्दै उनले सरकार भ्रष्टाचारी र बिचौलियाको पृष्ठपोषणमा लागेकाले जनतामा निराशा बढेको र प्रतिगामी तत्त्वहरूले टाउको उठाउने प्रयत्न गरिरहेको बताएका हुन्। 

सरकारकै कारण इतिहासले रछ्यानमा मिल्काएका प्रतिगामी तत्त्वहरूले टाउको उठाउने प्रयत्न गरेको भन्दै दाहालले धमिलो पानीमा माछा मार्न खोजे ठिक नहुने चेतावनी दिए।

अहिले मुलुकले प्राप्त गरेका उपलब्धिहरूको जननी आफ्नो पार्टी भएको र त्यसको रक्षा गर्नै जिम्मेवारी पनि माओवादीकै भएको उल्लेख गर्दै उनले प्रतिगामी शक्तिको चलखेल सफल हुन नदिने स्पष्ट पारे।

पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले गणतान्त्रिक व्यवस्थाको रक्षा र सुदृढीकरणका लागि परिवर्तनकारी शक्ति र जनतालाई साथमा लिएर सडकमा उत्रने चेतावनी दिए।

‘प्रतिगामी र प्रतिक्रियावादी शक्तिको षडयन्त्रविरुद्ध जस्तो सुकै सङ्घर्ष गर्न तयार छौँ, परिवर्तनकारी शक्तिहरू एक भएर लाखौँ जनतालाई साथमा लिएर सडकबाटै खबरदारी गर्नेछौँ’ अध्यक्ष दाहालले भने।

प्राप्त उपलब्धिको रक्षा गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली जस्ता अग्रगामी एण्जेण्डामा जानु अबको आवश्यकता भएको उल्लेख गर्दै उनले मुलुकलाई पछाडि फर्काउने कुचेष्टा कहीँ कतैबाट भए त्यसकाविरुद्ध लाखौँ जनता सडकमा उत्रने दाबी गरे। पार्टीले अपिल गरे लाखौँ जनता सडकमा आउने उनको दाबी छ।

‘जनताको बलिदानी पूर्ण आन्दोलनबाट प्राप्त लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, समावेशिता, समानुपातिक प्रतिनिधित्वबाट उत्पीडित क्षेत्र र समुदायले पाएको अधिकार खोज्ने कुचेष्टा हुँदै छ। प्रतिगामी तत्त्वहरू व्यवस्था माथि धावा बोल्न खोज्दैन, भ्रष्ट, दालालहरू विभिन्न बहानामा जनताका अधिकार खोस्न खोज्दैन त्यसप्रति हामी सचेत छौँ त्यस्तो षडयन्त्रलाई परास्त गर्न दृढ सङ्कल्प का साथ अगाडी बढ्ने छौँ।’ दाहालले भने।

राजनीतिक परिवर्तनमा उत्पीडित समुदायको ऐतिहासिक र निर्णायक भूमिका हुने भन्दै उनले जातीय क्षेत्रीय मोर्चा र समाजवादी क्रान्तिको सम्बन्धबारे आफ्नो पार्टीले पहिलो पटक धारणा तय गरेको पनि सुनाए।

निष्क्रिय रहेका मोर्चाहरूलाई ब्युँताउँदै जातीय क्षेत्रीय मोर्चालाई सुदृढ र सक्रिय बनाएर जाने नीति पार्टीले लिएको जानकारी दिए।

मगर समुदायसँगै नेपालका सबै जातीय क्षेत्रीय मोर्चाहरूले सङ्घर्षमा ऐतिहासिक र बलिदानी पूर्ण भूमिका खेलेको भन्दै उनले प्रथम सहिद लखन थापा मगर, जनयुद्धका सहिद तेजमान घर्ती, ललि रोका, कुमारी बुढा लगायतको योगदानलाई स्मरण गरे।
अर्को समाचार
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
५९ मिनेट अघि
•
० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
काठमाडौं । वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।




पार्टीले उनलाई महत्वपूर्ण जिम्मेवारीसहित केन्द्रीय नेतृत्वमा आबद्ध गराएको जनाएको छ।

शिक्षा, अर्थतन्त्र, अनुसन्धान तथा संस्थागत सुशासनका क्षेत्रमा लामो अनुभव हासिल गरेका बज्राचार्यलाई पार्टी सभापति कुलमान घिसिङले खादा ओढाएर स्वागत गरेका थिए।

बज्राचार्यको आगमनले पार्टीको केन्द्रीय नेतृत्व थप अनुभवी, प्राज्ञिक र सशक्त बन्ने तथा नीति निर्माण र राष्ट्र निर्माणको अभियानलाई नयाँ उचाइ दिने पार्टीको विश्वास छ।
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock २ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ५४ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ५९ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
यो पनि पढौँ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस