'रोजगारी र सुशासनका लागि राष्ट्रिय सम्मेलन' आयोजना गर्न एकीकृत समाजवादीको माग
३० फागुन २०८१
•
१ मिनेट पाठ
'रोजगारी र सुशासनका लागि राष्ट्रिय सम्मेलन' आयोजना गर्न एकीकृत समाजवादीको माग
नेकपा (एकीकृत समाजवादी) ले 'रोजगारी र सुशासनका लागि राष्ट्रिय सम्मेलन' आयोजना गर्न माग गरेको छ।




शुक्रबार (आज) काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका तर्फबाट लिखित धारणा सार्वजनिक गर्दै पार्टी महासचिव तथा केन्द्रीय बन्दोलन संयोजन समिति संयोजक घनश्याम भुसालले यस्तो प्रस्ताव गरेका हुन्।

'हाम्रो राजनीति र राज्यको आजको सबैभन्दा जरुरी विषय रोजगारी र सुशासन नै हो। तर, अहिलेसम्म राजनीति र राज्यका लागि यी मुद्दा प्राथमिक बनेनन्। जसले गर्दा मुलुकको भविष्य छ भन्ने विश्वाससमेत हराउँदै गएको छ र हामी सधैँभरी सङ्कटपूर्ण सङ्क्रमणमा अल्झिरहेको छौँ। राजनीतिक नालायकी, अस्थिरता र अन्योल बढ्दै गएको छ। मुलुकले लामो समय यो अवस्था वेग्न सक्दैन। यस अवस्थामा हाम्रो प्रस्ताव छ- मुलुकको राष्ट्रिय एजेण्डा बनाउन सरकारले यथाशीघ्र 'रोजगारी र सुशासनका लागि राष्ट्रिय सम्मेलन' आयोजना गरोस्,' भुसालले प्रस्तावमा भनेका छन्।

उनले उक्त सम्मेलनमा सबै राजनीतिक पाटीहरूले गणतन्त्रको अभ्यासमा रहेका कमिकमजोरीको आत्मसमीक्षा गर्दै आगामी १० वर्षमा कृषि, उद्योगलगायत उत्पादनका क्षेत्रहरूको विकास, शिक्षा, स्वास्थ्यलगायत सामाजिक क्षेत्रको विकास र भ्रष्टाचार ढिलासुस्तीरहित पारदशी राजनीतिक, न्यायिक तथा प्रसाशनिक व्यवस्थाका लागि आ-आफ्ना योजनाहरू पेस गर्ने बताएका छन्।

'त्यसले राजनीतिलाई जनताको दैनिक जीवन र राष्ट्रको दीर्घकालीन भविष्यमा केन्द्रित गर्नेछ। त्यस क्रममा कैयन् विषयमा राष्ट्रिय सहमति बन्न सक्छ,' उनले भनेका छन्, 'वा कम्तीमा पनि राष्ट्र निर्माणका लागि कुन दलको योजना के छ भन्नेबारे राष्ट्रिय बहस सुरु हुनेछ।'
अर्को समाचार
अधिवक्ता पन्तको बहस: माधव नेपाललाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्छ
११ असार २०८२
•
१ मिनेट पाठ
अधिवक्ता पन्तको बहस: माधव नेपाललाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्छ
वरिष्ठ अधिवक्ता सुशील पन्तले पूर्वप्रधानमन्त्री माधव नेपाललाई पुर्पक्षका लागि थुनामा पठाउन माग गरेका छन्। पन्तले आफ्नो बहसका क्रममा नेपाललाई पुर्पक्षका लागि थुनामा पठाउन माग गरेका हुन्।




नेपालविरुद्धको मुद्दामा अधिवक्ता पन्तले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका बहस गरेका हुन्। पन्तले बहसका क्रममा नेपाल नेतृत्वको तत्कालीन मन्त्रिपरिषद्ले पतञ्जलि योगपीठलाई हदबन्दीभन्दा बढी जग्गा बिक्री र सट्टापट्टा गर्नका लागि दिएको स्वीकृती नीतिगत निर्णय मान्न नसकिने जिकिर गरे।

"यो नीतिगत निर्णय नभएर व्यक्तिगत स्वार्थप्रेरित निर्णय थियो। प्रधानमन्त्रीको ठाडो आदेशबाट भएको थियो। राज्यलाई ठूलो हानी पुर्‍याउने गरी संगीन काम गरेको हुँदा उहाँलाई थुनामा राखेर मुद्दा अगाडि बढाइनुपर्छ," अधिवक्ता पन्तले भनेका छन्।

यता नेपालका तर्फबाट बहसका लागि उपस्थित भएका वरिष्ठ अधिवक्ता शम्भू थापाले भने स्वयम् अधिवक्ता पन्तमाथि प्रश्न उठाएका छन्। थापाले अख्तियारको तर्फबाट बहस पैरवीमा पन्त विशेष अदालतमा उपस्थित भएकामा प्रश्न उठाएका हुन्।

उनले मुद्दाको आरोपपत्रमा सरकारी वकिलहरूले बहस पैरवी गर्ने भन्ने उल्लेख भए पनि त्यसविपरीत गएर पन्तले बहस गरेको भन्दै प्रश्न उठाए।
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १८ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
यो पनि पढौँ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस