जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता प्रक्रिया अन्तिम चरणमा पुगेको छ। यसका लागि जनमत अध्यक्ष डा. चन्द्रकान्त राउत र उन्मुक्ति संरक्षक रेशम चौधरीबीच निरन्तर संवाद भइरहेको छ।
तर उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी भने जनमतसँग आफू नेतृत्वको पार्टीको एकता नहुने बताउँदै आएकी छिन्। यसैबीचमा रञ्जिताले आज राउतसँग भेट गर्दै छिन्। उनले साढे १२ बजे नयाँ बानेश्वरस्थित सदनभित्रै राउतसँग भेटवार्ता गर्ने बताएकी छिन्।
उनले राउतलाई फोन गरेर बाहिर पार्टी एकताको चर्चा रहेको तर आफूलाई केही थाहा नभएको र यस विषयमा छिट्टै छिनोफानो हुनुपर्ने बताइन्। 'मैले सीके राउतजीलाई कल गरेर तपाईंले मसँग किन छलफल गर्नुहुन्न? बाहिर पार्टी एकताको चर्चा छ। खास के हो। हामीबीच त कुनै कुरा नै भएको छैन। कुरा के हो, छिनोफानो हुनुपर्यो,' रञ्जिताले राउतलाई भनेकी छिन्।
यस्तै रञ्जिताले पार्टी एकताबारे कुरा के हो भनेर बुझ्ने समेत बताएकी छिन्।
पार्टीका संरक्षक रेशम सीके राउतको जनमत पार्टीसँग एकता गर्न तम्सिएका बेला अध्यक्ष रञ्जिता भने पार्टी एकताको विपक्षमा उभिँदै आएकी छिन्।
यसअघि संरक्षक रेशमले आफू जनमतसँगको एकताका लागि धेरै अगाडि बढिसकेको र अब पछाडि नफर्किने समेत बताएका थिए।
स्रोतका अनुसार चैत दोस्रो साताभित्र जनमत र नागरिक उन्मुक्तिका बीचमा एकता घोषणा हुँदै छ।