जनताले चाहे राजतन्त्र फर्कन पनि सक्छ: डा कोइराला
०३ चैत्र २०८१
•
२ मिनेट पाठ
जनताले चाहे राजतन्त्र फर्कन पनि सक्छ: डा कोइराला
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले जनताले चाहे राजतन्त्र फर्कन पनि सक्ने बताएका छन् । सोमबार विराटनगर स्थित कोइराला निवासमा पत्रकारहरूसँग कुरा गर्दै डा कोइरालाले जनताले चाहे राजतन्त्र फर्कन पनि सक्ने बताएका हुन् ।




जनताले नै चाहेको अवस्थामा कसैको केही नलाग्ने कोइरालाले स्पष्ट पारे । ‘जनताले चाहे राजतन्त्र फर्कन पनि सक्छ’ उनले भने ‘जनताले नै चाहेको खण्डमा हामी के गर्न सक्छौँ ?’ डा कोइरालाले तर, यो १० वर्षको अवधिमा बागमतीमा धेरै पानी बगिसेकाले तत्कालै  राजतन्त्र फर्किहाल्छ भन्ने आफूलाई नलागेको स्पष्ट पारे ।

डा कोइरालाले राजा फर्काउने विषयमा फ्रान्समा त चर्चा भइरहने उल्लेख गर्दै भने‘फ्रान्समा त अझै राजा फर्काउने चर्चा भइरहन्छ भने यहाँ प्रयास हुनु अनौठो हैन ।’ राजाको बारेमा नेताहरूले बोलिरहनु जरुरी नरहेको कोइरालाले बताए । उनले जनताको आकांक्षा धेरै रहेको तर, जनताको आकांक्षा पुरा गर्नेतर्फ दलहरू चुकेका कारण दलहरूप्रति सडकमा आक्रोश देखिन थालेको  धारणा राखे । राजनीतिक दलको कामका कारण जनतामा वितृष्णा पैदा भएकाले त्यही वितृष्णा सडकमा देखिएको कोइरालाले बताए ।

अहिले दलहरू त्रसित मनोभावनाबाट हिँडिरहेको त्यही कारण जताततै निषेधित क्षेत्र तोक्न थालिएको कोइरालाको धारणा छ  । तर, अहिलै डराइहाल्नु पर्ने निषेधित क्षेत्र तोकिहाल्नु पर्ने अवस्था नरहेको उनले स्पष्ट पारे । ‘हामी त्रसित मनोभावनाबाट काम गरिरहेका छौँ’ उनले भने‘अहिलै डराईहाल्नु पर्ने, निषेधाज्ञा लगाइहाल्नु पर्ने आवश्यकता छैन ।’ डा कोइरालाले अहिलै आत्तिइहाल्नु पर्ने अवस्था नभए पनि सतर्क हुन भने  जरुरी रहेको धारणा राखे । त्यो सतर्कता भनेको राम्रो काम गरेर जनताको मन जित्नु भएको उनले स्पष्ट पारे ।

डा कोइरालाले देश क्रोनिक क्यापिटलिजमबाट चलिरहेका कारण जनता धेरै आक्रोशित भएको बताए  । महँगी बढ्नु, रोजगारीको अवसर सृजना हुन नसक्नु, जताततै नेता र पहुँचवालाका आफन्तहरू मात्रै भर्ती हुनुलगायतका कारणले जनतामा दलहरू प्रति नै  वितृष्णा पैदा भइरहेको उनले बताए । अहिलेको सरकारले गरेको काम आफूहरूलाई नै चित्त नबुझेको कोइरालाले स्पष्ट पारे । सरकारले गर्ने  नियुक्तिहरू आफ्ना मानिसलाई नै राख्न केन्द्रित रहेको कोइरालाको आरोप छ ।

गभर्नर नियुक्तिमा दुई चार अर्ब कै चलखेल भइरहेको चर्चा चलिरहेको भन्दै यस्ता विषय बाहिरिँदा जनता दलहरूबाटै आजित भइरहेको, दिक्क भएकाले सडकमा आक्रोश पोखिन थालेको कोइरालाले बताए । अहिले सरकारले ल्याएको अध्यादेश उचित समयमा नभएको उनको टिप्पणी छ । अध्यादेशमा राम्रै विषयहरू भए पनि प्रकृया ठिक नभएको कोइरालाले स्पष्ट पारे । माओवादी अध्यक्ष प्रचण्डले राजावादीको आन्दोलनलाई लक्षित गरी दिएको प्रतिकार गर्ने अभिव्यक्तिबारे सोधिएको प्रश्नमा डा कोइरालाले नेताहरू, राजनीतिक दलहरूले जनताको प्रतिकार गर्न नसक्ने स्पष्ट पारे । चित्त नबुझेको विषयमा आन्दोलन गर्ने, प्रदर्शन गर्ने जनताको अधिकार भएको उल्लेख गर्दै कोइरालाले जनताविरुद्ध  प्रतिकार कसैले गर्न नसक्ने कोइरालाले बताए । 
अर्को समाचार
देशको आर्थिक अवस्था नाजुक छ: डा.कोइराला
०४ फागुन २०८१
•
२ मिनेट पाठ
देशको आर्थिक अवस्था नाजुक छ: डा.कोइराला
मोरङको बुढीगंगामा पालिका स्तरीय अस्पतालको सेवा विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै डा शेखर कोइराला । तस्बिरः चुमन बस्नेत/नागरिक
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले देशको आर्थिक अवस्था नाजुक रहेको बताएका छन् ।




आइतबार मोरङको बुढीगंगा गाउँपालिका बाँसबारी स्थित पालिका स्तरीय अस्पतालको सेवा बिस्तार कार्यक्रममा डा कोइरालाले देशको आर्थिक अवस्था नाजुक भएको बताएका हुन् ।

डा.कोइरालाले सुनसरी मोरङ औद्योगिक करिडोरका ठूला उद्योगहरू नै बन्द हुने अवस्थामा पुगेको उद्योगीहरू बताइरहेकाले ठूला उद्योग बन्द भए देशको अवस्था के हुन्छ भनेर सोच्नु पर्ने स्थिति आएको बताए  । ‘सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगीहरूले ७५ प्रतिशत ठूला  उद्योगहरू बन्द हुने अवस्थामा पुगेको बताइरहनु भएको छ’ डा कोइरालाले भने,‘७५ प्रतिशत उद्योग बन्द हुनु भनेको सबै उद्योग बन्द भएसरह हुने हुँदा त्यति वेला देशको अवस्था के होला भनेर अहिलै सोच्नु पर्दछ ।’ डा कोइरालाले उद्योगहरू बन्द नहुने अवस्था सृजना गर्न र अर्थतन्त्रको सुधार गर्न अहिलैदेखि योजनाबद्ध रुपमा काम थाल्नु आवश्यक रहेको धारणा राखे ।

कोइरालाले कमजोर आर्थिक अवस्था र बढ्दो भ्रष्टाचारका कारण अन्तर्राष्ट्रियस्तरमा नेपाल बदनाम हुँदै गएको बताए। ‘ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई), सीपीआईलगायत अन्तर्राष्ट्रिय संस्थाहरूको रिपोर्टले नेपालमा भ्रष्टाचार व्यापक मात्रामा बढेको देखाएको छ। यसले अन्तर्राष्ट्रियस्तरमा देश बदनाम भएको छ । देश अप्ठ्यारो अवस्थामा परेको छ’ नेता कोइरालाले भने ।

सीपीआईको पछिल्लो रिपोर्टले विश्वका १८० मुलुकमध्ये नेपाल १०० मा ३४ अंकका साथ बढी भ्रष्टाचार हुने मुलुकको १०७ औं स्थान पुग्नु  लज्जाको विषय भएको उनले बताए । नेता कोइरालाले भ्रष्टाचारविरुद्ध निर्मम हुनु आवश्यक रहेको औँल्याए । देशमा सुशासन नभएकै कारण राजनीतिप्रति जनताको वितृष्णा बढ्दै गएको नेता कोइरालाले प्रस्ट पारे । सुशासन, पारदर्शिता, जिम्मेवारी बोध नहुँदा विकासले गति लिन नसकेको उनको धारणा छ ।

कोइरालाले विद्यालय स्तरदेखि नै स्वास्थ्य सचेतना फैलाउनु आवश्यक रहेको औँल्याए । उनले मानिस शारीरिक र मानसिक रुपमा स्वस्थ भएमा मात्रै देश सुन्दर र विकसित हुने बताए । ‘अस्वस्थ र रोगी मानिसले देश बनाउन सक्दैन,’ उनले भने, ‘देश स्वस्थ मानिसले बनाउने हो’ कोइरालाले भने । डा कोइरालाले  रोग लाग्न नदिन जनस्तर अझ विद्यालय तहदेखि नै व्यापक मात्रामा सचेतना जगाउनु आवश्यक छ ।’

बुढीगंगा गाउँपालिका अध्यक्ष जितनारायण थापा मगरले गाउँपालिकाले भौतिक पूर्वाधारको विकाससँगै शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताए  । उनले अस्पतालको फार्मेसीबाट बिमामार्फत उपलब्ध हुने र गाउँपालिकाले छुट्टै ९८ प्रकारका औषधि निःशुल्क वितरण गर्दै आएको जानकारी दिए ।

पालिका स्तरीय अस्पतालमा आकस्मिक र ओपिडी सेवा रहेको छ । १० बेडको सो अस्पतालमा फिजिसियन, दाँत, प्रसूति, एक्से–रे, ल्याब, फार्मेसीलगायतका सेवाहरू उपलब्ध रहेको अध्यक्ष थापा मगरले जानकारी गराए । पालिकावासीको सुविधालाई ध्यानमा राखेर  चौबिसै घण्टा आकस्मिक सेवा उपलब्ध हुनेछ । त्यसबाहेक बिहान ८ देखि राति ८ बजेसम्म ओपिडी सेवा पनि चालु रहने उनले बताए  । 
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ३७ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस