सुनसरीका तीन वटा क्याम्पसमा नेविसंघ नेतृत्वको गठबन्धन विजयी
०६ चैत्र २०८१
•
३ मिनेट पाठ
सुनसरीका तीन वटा क्याम्पसमा नेविसंघ नेतृत्वको गठबन्धन विजयी
स्ववियु चुनावमा सुनसरीका तीन क्याम्पसमा नेविसंघ नेतृत्वको गठबन्धन टिम विजयी भएको छ।




एउटा क्याम्पसमा नेविसंघको पुरै प्यानल विजयी भएको छ भने धरानको केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा भने सभापतिमा क्रान्तिकारी समर्थित विजयी भएका छन्।

धरानको महेन्द्र बहुमुखी क्याम्पसमा नेविसंघका प्रशान राई सभापतिमा विजयी भएका छन्। नेविसंघ र अनेरास्ववियुको संयुक्त प्यानलबाट उनी विजयी भएका हुन्।

राईले एक हजार २९१ मत प्राप्त गरे। निकटतम प्रतिद्वन्द्वी निवर्तमान स्ववियू सभापति समेत रहेका समाजवादी विद्यार्थी युनियनका युवराज राई अलौकिकले ६०० मत प्राप्त गरे।

संयुक्त गठबन्धनबाट सचिव अनेरास्ववियुका पवन बस्नेत र कोषाध्यक्षमा नेविसंघका आलोक लिम्बू विजयी भएका छन्। बस्नेतले एक हजार १९३ मत प्राप्त गरे। निकटतम प्रतिद्वन्द्वी समाजवादी विद्यार्थी युनियनकी विनीता लिम्बूले ६७२ मत प्राप्त गरिन्। 

कोषाध्यक्षमा निर्वाचित लिम्बूले १३०४ मत गरे। निकटतम प्रतिस्पर्धी समाजवादी विद्यार्थी युनियनका जितेन दुमि राईले ५३५ मत प्राप्त गरे।

संयुक्त प्यानलबाट सदस्यमा निर्वाचित ज्ञानेश राई (१२५५), निरज राई (१२८६), अस्मिन लिम्बू (१२७९), स्मृति राई (१२५४), देवानी राई (१२४७) विशाल लिम्बु (१२५९) विराज श्रेष्ठ (१२१३) र म्हार म्हेन्दो तामाङले (१२२२) मत प्राप्त गरे । महेन्द्र क्याम्पसमा कुल चार हजार दुई जना मतदातामध्ये दुई हजार १५० मत खसेको थियो।

यसै गरी, पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा क्याम्पसमा पनि नेविसंघका सागर बस्याल सभापतिमा विजयी भएका छन्। बस्यालले ६६८ मत प्राप्त गरे।

उनका निकटतम प्रतिद्वन्द्वी समाजवादी विद्यार्थी  युनियनका गणपति झाले ४४६ मत प्राप्त गरे। गठबन्धनबाट सचिवमा अनेरास्ववियुका प्रमिशा न्यौपाने र कोषाध्यक्षमा नेविसंघका यामनाथ गुरागाईँ निर्वाचित भएका छन्। न्यौपानेले ५८० मत प्राप्त गरिन्। गुरागाईँले ६७४ मत प्राप्त गरे। 

सदस्य निर्वाचित हुनेहरू नेविसंघका आशिष् ढकाल (७७३), अनीश राजभण्डारी (७१४), जयन्त धामी (७८१), आयुस खतिवडा (५९५), विद्या भण्डारी (५८६), अनेरास्ववियुका अभिषेक कोइराला (६२९) र आयुष्मा ढकाल  (५६६) मत प्राप्त गरिन्। इन्जिनियरिङ क्याम्पसमा कुल मतदाता सङ्ख्या दुई हजार ३६२ मध्ये एक हजार ९८४ सय मत  खसेको थियो।

धरानकै केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा भने क्रान्तिकारी समर्थित स्वतन्त्र प्रत्याशी पेशलराज कार्की सभापतिमा विजयी भएका छन्। कार्कीले ४१३ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी नेविसंघ–अनेरास्ववियुको गठबन्धनका अनिरुद्ध श्रेष्ठ (कृश)ले ३६४ मत प्राप्त गरे ।

सचिवमा नेविसंघका विश्वेवर प्रसाद बडू, कोषाध्यक्षमा क्रान्तिकारीका नामसाङ राई निर्वाचित भएका छन् । बढुले ४२७ मत प्राप्त गरे। राईले ४०८ मत प्राप्त गरे। 

सदस्य निर्वाचित हुनेहरूमा अस्मिता सुवेदी (४२३), निशन पराजुली (४०७) राजकुमार कठेत (४०५), दिव्या रायमाझी  (४०२), बरदान राई  (३७२), हाङसु लिम्बु ( ३६८) र निजल तामाङले (३६६) मत प्राप्त गरे। केन्द्रीय प्रविधि क्याम्पसमा कुल मतदाता संख्या ९६२ मध्ये ७८५ मत खसेको थियो।

यसैबिच, वराहक्षेत्रमा रहेको सप्तकोसी बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघका विज्ञान सावाँ लिम्बूको प्यानल नै विजयी भएको छ। लिम्बूले २ ३५ मत प्राप्त गरेर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुकी सन्जु खड्काले ११८ मत प्राप्त गरिन।

सचिवमा १८८ मत ल्याएर नेबिसंघकै इन्जु भट्टराई र कोषाध्यक्षमा १८३ मत ल्याएर डिकबहादुर चुवान खत्री विजयी भए । सदस्यहरूमा मनोज निरौला (२२४) , मनीषा थापा (२१३), भीमबहादुर भण्डारी (२१२), अस्मिता श्रेष्ठ (२०७) र शाहीद चुरौटे (२०३) मत प्राप्त गरी विजयी भए । सदस्यमा विजयी हुने सबै नेविसंघका हुन्। सप्तकोसी क्याम्पसमा ४३९ मतदाता रहेकोमा ३ सय ९२ जना विद्यार्थीले मतदान गरेका थिए।

उता, सुनसरीको सदरमुकाम इनरुवामा नेविसंघको नेतृत्वमा एकीकृत समाजवादी विद्यार्थी सङ्गठनसहितको प्यानल नै विजयी भएको छ। सभापतिमा नेविसंघका सुनिलकुमार मण्डल १४५ मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी समाजवादी विद्यार्थी युनियन नेपालका नितेशकुमार यादवले ११७ मत ल्याए।

त्यसैगरी सचिवमा एकीकृत समाजवादी निकट अनेरास्ववियुबाट योगमाया कार्की १५५ मत ल्याएर विजय भइन्। नेविसंघबाट कोषाध्यक्षमा ममिताकुमारी मेहताले १५२ मत ल्याएर विजय भइन्। 
अर्को समाचार
रारामा नेविसंघकी रावल विजयी
१७ चैत्र २०८१
•
१ मिनेट पाठ
रारामा नेविसंघकी रावल विजयी
मुगुको रारा बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा नेपाल विद्यार्थी संघकी जयलक्ष्मी रावल विजयी भएकी छन् । सोमबार सम्पन्न मतगणनामा रावलले ७२ मत प्राप्त गरिन् ।




निर्वाचन समितिका अनुसार १५४ मत खसेको थियो । रावलले ७२ मत पाउँदा निकटम प्रतिद्वन्द्वी अनेरास्ववियूका रविन मल्लले ४८ मत प्राप्त गरे । 

यस्तै स्वतन्त्र उम्मेदवार सुशीलकुमार मल्लले १५ मत प्राप्त गरे ।
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock २४ सेकेन्ड अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
यो पनि पढौँ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस