'दरबार'लाई लिङ्देन-थापाभन्दा प्रसाईंहरू यसकारण प्यारा !
१४ चैत्र २०८१
•
४ मिनेट पाठ
'दरबार'लाई लिङ्देन-थापाभन्दा प्रसाईंहरू यसकारण प्यारा !
नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिले दुर्गा प्रसाईंलाई जनकमान्डर बनायो। 'दरबार'कै सक्रियतामा 'बनेको' उक्त समितिले प्रसाईंलाई जनकमान्डर बनाएपछि धेरैले राजेन्द्र लिङ्देन र कमल थापालाई सम्झिए, जसले राजावादी दल राप्रपा र राप्रपा नेपाल नेतृत्व गरेर बसिरहेका छन्।




तर, राजावादी आन्दोलनको जनकमान्डर भने कसरी प्रसाईं बने ? जसको पृष्ठभूमि राजावादी होइन, जसले बढी जीवन मूलत: वामपन्थी राजनीतिमा बिताएको छ। तर, लिङ्देन-थापाले राजनीतिक जीवन नै राजावादी कित्तामा बिताएका छन्। अनि उनीहरूको उपादेयता प्रसाईंहरूको भन्दा कम कसरी भयो यो मामलामा ? यसबारे मुख्यत: सामाजिक सञ्जालहरूमा एक तहको बहस उठेको छ। धेरैले भनेका छन्- प्रसाईं लिङ्देन-थापाहरूको पनि ‘नेता’ बने।

तर, कसरी ? यसबारे थोरै चर्चा गरौँ।

यसका लागि लिङ्देन-थापाको व्यक्तिगत तथा राजनीतिक चरित्र र प्रवृत्तिसम्म आउनुपर्छ। त्यसो त उनीहरू राजावादीका नाममा 'साझावादी' बन्दै आएका छन्। 'साझावादी' अर्थात् आफूअनुकूल चल्ने, नकी दरबारको चाहनामा!

धेरै पर जानै परेन, पछिल्लो आधा दशकको मात्रै कुरा गरे पुगिहाल्छ। यसबीचमा लिङ्देन-थापाहरूको कदम दरबारको 'कोर सर्कल'को मान्यताविपरीत भयो। लिङ्देन गणतन्त्रवादी दलहरू नेतृत्वको सरकारमा सहभागी हुने विषय होस् वा उनीहरूसँग चुनावी साँठगाँठ गर्ने विषय, ती दरबारको मान्यताविपरीत नै थियो।

लिङ्देनसँग पार्टी अध्यक्षको चुनाव हार्नेबित्तिकै पार्टी त्यागेर हिँड्ने थापाको कुरा के गर्नु, उनले पछिसम्म यो भनेकै हुन् कि 'मलाई दरबारकै योजनामा चुनाव हराइयो'। उनले पछि संसदीय चुनावमा एमालेसँग चुनाव चिह्न साटेकै हुन्। 

यी केही प्रतिनिधि घटना हुन्, जसका कारण लिङ्देन-थापाहरूसँग दरबार खुसी छैन। यस्ता धेरै घटनाहरू छन्, जसको परिणाम आज प्रसाईंहरू दरबारका विश्वासिला भए लिङ्देन-थापाहरूभन्दा। जे होस्, दरबारले लिङ्देन-थापाहरूको एक/एक हिसाबकिताब राखेको देखियो। यति कुरा, दरबार पुस्तौनी हिसाबकिताब राख्छ। लिङ्देन-थापाहरूको विषय कहाँको पुरानो भयो र!

त्यसोभए प्रसाईंहरूलाई भने दरबारले पूराका पूरा विश्वास गरेको हो ? हो भन्ने पर्याप्त आधार अहिले छैन। यति कुरा, लिङ्देन-थापाहरू 'टेस्टेड' हुन्। तर, प्रसाईंहरू 'टेस्ट' हुनै बाँकी छन्। तर, अहिलेका लागि कमसेकम लिङ्देन-थापाहरूभन्दा दरबारले प्रसाईंहरू नै बेस पात्र ठान्यो। फेरि दरबार यो पनि चाहँदैन कि एक तहमा उठेको यो आन्दोलन यतिकै दबियोस्। त्यसका लागि पनि उसले प्रसाईंहरूलाई अघि बढाएको छ। प्रसाईंहरूको हुती कति छ भनेर हेर्नु पनि छ दरबारलाई, आगे त्यसपछि निर्णय लिनेछ सायद। 

अहिलेलाई यति भन्न सकिन्छ कि कमसेकम अहिलेका लागि दरबारलाई लिङ्देन-थापाहरूभन्दा प्रसाईंहरू नै सही लागे। लेखक तथा राजनीतिक विश्लेषक केशव दाहालको विश्लेषणमा लिङ्देन-थापाहरूभन्दा प्रसाईंहरू अघि आउनुमा स्वयम् लिङ्देन-थापाहरूको राजनीतिक चरित्रले नै भूमिका खेलेको छ।

उनी भन्छन्, ‘यसबीचमा लिङ्देन या थापाले जे-जे गरे, त्यो दरबारको कोर सर्कलले अपेक्षाविरुद्ध थियो। त्यसकै एउटा परिणाम हो प्रसाईंलाई अघि बढाउनू।’

लिङ्देन-थापालाई टेर्दैनन् प्रसाईं

यहाँसम्म आइपुग्दा प्रसाईंले लिङ्देन-थापाहरूलाई टेर्न पनि छाडेका छन्। जनकमान्डर बनेपछि त उनी लिङ्देन-थापाहरूका प्रति झन् ‘सार्प’ सुनिन्छन्।

जनकमान्डर बनेपछि पत्रकारहरूलाई प्रतिक्रिया दिँदै उनले राप्रपा (राजेन्द्र लिङ्देन) र राप्रपा नेपाल (कमल थापा)हरूको आन्दोलनबारे आफू जानकार नै नरहेको र आफूले आफ्नोबाहेक कसैको आन्दोलनमा समय नखर्चिने बताए।

जबकि, आजको आन्दोलनको अपनत्व लिङ्देन-थापा दुबैले लिएका छन्। हिजो आन्दोलन स्थगितको अनायास हल्ला फिँजाइयो। त्यसका प्रति जनआन्दोलन समितिले खण्डन नगर्दा राप्रपाले गर्‍यो। प्रेस विज्ञप्ति नै निकालेर राप्रपा प्रवक्ता मोहन श्रेष्ठले त्यो गणतन्त्रवादीहरूको काम भएको आरोपित गरे।

आजको आन्दोलन, जुन सुरुमा प्रसाईं नेतृत्वको नागरिक बचाऊ अभियानले गर्ने भनिएको थियो। तर, हिजो पत्रकार सम्मेलनमार्फत आन्दोलनको पूरै अपनत्व र जिम्मेवारी जनआन्दोलन समितिले लिने जानकारी दिइयो। त्यसमा लिङ्देनको राप्रपा र थापाको राप्रपा नेपाल पनि मिसिँदैछन्।

राप्रपाले आउँदो २६ गते बृहत् आन्दोलन गर्दैछ। तर, प्रसाईंले भने आफूलाई त्यो थाहा नभएको प्रतिक्रिया दिएका छन्। यसअघि फागुन २५ गतेको आन्दोलनमा पनि लिङ्देन र थापाले पूर्वराजाको छेउमा जस बटुल्नका लागि आफ्नो आन्दोलनमा मिसिएको भन्दै आरोपित गरेका थिए।

जे होस्, प्रसाईंले लिङ्देन-थापाहरूलाई टेर्न छाडेका छन्। हिजो पूर्वराजालाई समेत भेटिसकेका उनले अब आफूबाहेक कसैले राजा फर्काउन नसक्ने ठोकुवासमेत गरेका छन्। पूर्वराजाले 'अघि बढ्नुस्' भनेको सुनाउँदै उनले भनेका छन्, 'अरु कसैले राजा फर्काउन सक्दैन, मबाहेक।' 

सङ्कटमा लिङ्देन-थापा

लिङ्देन-थापाहरू त्यतिबेलै हच्किसकेका थिए, जतिबेला दरबारले झन्डै चार दशक राजावादी आन्दोलनको 'ग्रीप'भन्दा बाहिर रहेका ८६ वर्षीय नवराज सुवेदीलाई अघि बढायो। 

गत चैत ४ गते सुवेदीको नेतृत्वमा जनआन्दोलन समिति बन्यो। जहाँ लिङ्देन र थापा दुबै सदस्य थिए। तर, उनीहरूले समितिमा आफू नरहने घोषणा गरे। तैपनि समितिबाट टाढिन भने सकेनन्। कारण, समितिको माग आफूहरूको भन्दा फरक छैन।

उनीहरूले समितिले गर्ने आन्दोलनहरूमा नैतिक तथा भौतिक समर्थन रहने घोषणा गरेका छन्। तर, आफू नै सहभागी हुने कि नहुने ? दोधारमा छन्। यस मानेमा उनीहरूलाई 'खाउँ भने दिनभरिको सिकार, नखाउँ कान्छा बाउको अनुहार' भनेजस्तो भएको छ। अहिले समितिसँग उनीहरूको सम्बन्ध न टाढाको, न नजिकको जस्तो भएको छ।
अर्को समाचार
कमल थापाले भनेः ज्ञानेन्द्रपछि कोही राजा नभएकाले श्री ५ लेख्नु स्वाभाविक
२७ असार २०८२
•
१ मिनेट पाठ
कमल थापाले भनेः ज्ञानेन्द्रपछि कोही राजा नभएकाले श्री ५ लेख्नु स्वाभाविक
राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्व राजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिराज पाठकलाई प्रहरीले सोधपुछका लागि बोलाएकामा आपत्ति जनाएका छन्।  




‘श्री ५ ज्ञानेन्द्र लेखिएको बहानामा फणिराज पाठकलाई सोधपुछको निमित्त सरकारले बोलाउनु आश्चर्यजनक र हास्यास्पद छ,’ थापाले फेसबुकमा लेखेका छन्, ‘यो सरकारको संकीर्ण मानसिकताको द्योतक हो।’  

उनले ज्ञानेन्द्र नेपालका राजा भएको पनि दाबी गरेका छन्। ‘श्री ५ ज्ञानेन्द्र नेपालका राजा हुन् । प्राविधिक रूपमा अहिले राजतन्त्र नरहे पनि वा संविधानले नचिने पनि उनी पछि अरु कोही राजा नभएकाले उनलाई ‘श्री ५ ले’ सम्बोधन गर्नु स्वभाविक र मर्यादा पनि हो,’ थापाले लेखेका छन्।  

काठमाडौं प्रहरीले शुक्रबार पाठकलाई बयानका लागि बोलाएको छ। पूर्वराजा ज्ञानेन्द्रलाई नेपालको संविधानले नचिन्ने ‘श्री ५ महाराजाधिराज’लेखेर लेटर प्याड प्रयोग गरिएका प्रचारबाजी गरेको विषयमा प्रहरीले पाठकलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जनाएको छ।  
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस