तोडफोडको जिम्मा लिने कसले?
१५ चैत्र २०८१
•
३ मिनेट पाठ
तोडफोडको जिम्मा लिने कसले?
राजसंस्था पुनर्स्थापनाका नाममा शुक्रबार राजधानी सहर काठमाडौंको तीनकुनेमा राजावादीहरूले गरेको प्रदर्शन हिंसात्मक भएको छ। बिहानैदेखि त्यस क्षेत्रको प्रदर्शन अराजक बन्दा दुई व्यक्तिले ज्यान गुमाएका छन् भने ठाउँठाउँमा तोडफोड र आगजनी भएको छ। अवस्था अनियन्त्रित बन्दै गएपछि सरकारले अपराह्नबाट त्यस क्षेत्रमा कर्फ्यु जारी गरेको छ।




राजसंस्था पुनर्स्थापनाको पक्षधर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने शुक्रबार भएको हिंसात्मक प्रदर्शनको जिम्मेवारी नलिने जनाएको छ। राजासहित हिन्दु राज्यको पक्षमा हुने शान्तिपूर्ण आन्दोलनमा आफूहरूको नैतिक समर्थन रहने उसले जनाएको थियो। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले राजासहितको हिन्दु राज्यको पक्षमा हुने शान्तिपूर्ण आन्दोलनमा आफ्नो पार्टीको सहभागिता र नैतिक समर्थन रहने बताए। हिंसात्मक आन्दोलनको पक्षमा राप्रपा नभएको श्रेष्ठले बताए।  

राप्रपाका महामन्त्रीसमेत रहेका राजसंस्था पुनस्र्थापना संय्क्त जनआन्दोलन समितिका नेता धवलशमशेर राणाले शनिबार आफूहरूको कुनै कार्यक्रम नरहेको बताए। काठमाडौंका नेवार समुदायको पर्व घोडेजात्रा भएकाले शनिबार आन्दोलनको कुनै कार्यक्रम नराखिएको जानकारी दिँदै उनले भने, ‘शुक्रबारको प्रदर्शनको आयोजक हामी हौं। हामीले आइतबारदेखि प्रदर्शनलाई निरन्तरता दिनेछौं।’ 

प्रदर्शनको आयोजक राप्रपा र राप्रपा नेपाल नभए पनि सडकमा उत्रिएका प्रदर्शनकारीलाई दुर्गा प्रसाईंलगायत राप्रपाका केही व्यक्तिले हिंसात्मक बन्न उक्साएका थिए।

प्रदर्शनमा राप्रपाका नेता नवराज सुवेदी, धवलशमशेर राणा, रविन्द्र मिश्र, दुर्गा प्रसाईलगायतका नेताहरू सडकमै खटिएका थिए। तीनकुनेमा उनीहरूले मन्तव्य दिने कार्यक्रम तय गरिएको थियो। यसका लागि मञ्च बनाइएको थियो। तर मञ्चको प्रयोग नहुँदै राप्रपाका नेताहरू त्यहाँबाट हिँडेका थिए।

मन्तव्यको कार्यक्रम सुरु नहुँदै प्रदर्शनकारी हिंसात्मक रूपमा प्रस्तुत हुन थाले। प्रदर्शनकारीहरू तीनकुनेको पुल कटेर निषेधित क्षेत्र बानेश्वरतर्फ जान खोजे। प्रहरीले रोक्न थाल्यो। त्यहींबाट प्रदर्शन हिंसात्मक बन्दै गयो। पटकपटक प्रहरी र प्रदर्शनकारीबीच मुठभेड भइरह्यो।

प्रदर्शनकारीहरू भन्दा प्रहरीले संयम अपनाएको देखिन्थ्यो। निषेधित क्षेत्र नतोड्न प्रहरीले माइकबाट पटकपटक आग्रह गरेको थियो तर प्रदर्शनकारीहरू झनै उग्र हुँदै गए। त्यहीबीचमा प्रदर्शनकारीलाई अझै हिसांत्मक बन्न उक्साउँदै प्रसाईं आफैं गाडी चलाएर तीनकुनेबाट बानेश्वरतर्फ लागे। प्रदर्शनकारी झनै उत्तेजित भए।

प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न पटकपटक प्रयास गरे र प्रहरीले पनि पटक पटक रोक्यो। यसक्रममा प्रदर्शनकारीले ढुंगामुढा गरे। सुरक्षाकर्मीले प्रदर्शनकारीलाई तितरबितर पार्न पानीको फोहरा, अश्रुग्यास, हवाई फायर र गोलीसमेत प्रयोग गर्‍यो।

प्रहरीले बल प्रयोग गरेपछि तितरवितर प्रदर्शनकारीले व्यक्तिको घरमा तोडफोड, आगजनी र सवारीसाधन तोडफोड र पसलमा लुटपाट गर्न थाले। प्रदर्शनकारीले कान्तिपुर टेलिभिजन, अन्नपूर्ण पोस्टको कार्यालयमा समेत तोडफोड गरे। प्रहरीले हस्तक्षेप नगरेको भए परिस्थिति झनै बिग्रने थियो। प्रदर्शनकारीले नेकपा एकीकृत समाजवादी पार्टीको कार्यालयमा पनि तोडफोड गरे।

आयोजक नेताहरूले प्रदर्शनलाई शान्तिपूर्ण बनाउने प्रयास गरेनन्। उल्टै एउटा घरभित्र बसेर राप्रपाका केही नेताले कार्यकर्ता र प्रदर्शनकारीलाई उचालिरहे। प्रहरीले हस्तक्षेप गर्नेबित्तिकै राप्रपाका माथिल्लो तहका केही नेता तीनकुने क्षेत्रबाट हिँडिसकेका थिए। राप्रपाका नेताहरू त्यहाँ हिँडेपछि प्रदर्शनकारीहरू अझै हिंसात्मक बने।

कोटेश्वर चोकबाट प्रहरीले लखेटेपछि प्रदर्शनकारीहरूले नजिकै रहेको भाटभटेनी सुपर मार्केटमा ताडफोड गरे। प्रदर्शनकारीहरूले भाटभटेनी सुपर मार्केटमा पसेर सामान लुटपाट गरेका थिए। प्रदर्शनकारीहरूले बालकुमारीमा सवारीसाधनमा आगो लगाए। कोटेश्वरबाट भक्तपुरतर्फ लखेटिएका प्रदशनकारीले जडीबुटीस्थित जडीबुटी कारखानामा पनि तोडफोड गरे। कारखानामा कार्यरत कर्मचारीले भागेर ज्यान जोगाए।
अर्को समाचार
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
६ घण्टा अघि
•
१ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
फाइल तस्बिर
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलबाट रिहा भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई गृहजिल्ला अर्घाखाँचीमा स्वागत गरिएपछि एमाले नेतृ उषाकिरण तिम्सेनाले आक्रोश व्यक्त गरेकी छन्।




ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।

उनले आफूलाई भट्टीमा हालेर खरानी बनाउन खोजिएको तर भट्टीबाट खारिएर स्टिल बनेर निस्किएको बताएका थिए। जेल बसाइलाई अध्ययन गर्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै उनले अहिले देश विकास गर्न र मुलुकलाई समृद्ध बनाउन हिजोभन्दा बढी आँट, शक्ति र आत्मविश्वास पलाएको दाबी गरेका थिए।

रायमाझीको स्वागत र अभिव्यक्तिप्रति लक्षित गर्दै तिम्सेनाले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेकी हुन्।

उनले लेखेकी छन्, ‘सजाय भुक्तानी गरेर जेलबाट छुटेको मान्छेले देश बनाउने कुरा गर्दै छ! जनतालाई भुटानी शरणार्थी बनाएर बेचबिखन गरेको प्रकरणमा दोषी प्रमाणित भएर जेल बसेर आएको व्यक्ति अहिले माला लगाएर हिँड्दै छ! जनतालाई हेप्नुको पनि सीमा हुन्छ नि! अझ, त्यो पनि पार्टीलाई साक्षी राखेर!’

उनले थप लेखेकी छिन्, ‘माफ गर्नुहोस्, म अत्यन्तै दुःखी छु। लज्जाको यति ठुलो प्रदर्शनी नगरौँ न, हुन्छ! जनतालाई हेप्न बन्द गर। अब अति भयो!’

तिम्सेनाले रायमाझीलाई माला लगाएर स्वागत गरिएकोप्रति आपत्ति जनाउँदै जनतालाई हेप्न बन्द गर्न चेतावनीसमेत दिएकी छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस