देव गुरुङलाई प्रश्न- माओवादी सरकार परिवर्तनको प्रयासमा लागेको हो ?
२८ चैत्र २०८१
•
२ मिनेट पाठ
देव गुरुङलाई प्रश्न- माओवादी सरकार परिवर्तनको प्रयासमा लागेको हो ?
गत चैत ३ गते नेकपा (माओवादी केन्द्र) का नेता राजन दाहालले सरकार फेरिन सक्ने मात्रै बताएनन्,प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेससँग संवाद गरिरहेको पनि सुनाए।




ठीक त्यही पेरिफेरी कांग्रेस नेताहरू प्रधानमन्त्री केपी शर्माका प्रति खनिन थालेका थिए। डा. शेखर कोइराला, गगन थापा, विश्वप्रकाश शर्मा, चन्द्र भण्डारी, एनपी साउदलगायतका नेताहरूले प्रधानमन्त्री ओलीको आलोचना गर्दै सरकारले कार्यशैली नफेरे फरक तरिकाले सोच्नुपर्ने हुनसक्ने बताउँदै थिए।

त्यही पृष्ठभूमिमा दाहालले दिएको अभिव्यक्तिले अलि भाउ पायो। धेरैले 'केही हुँदैछ?' भन्ने कोणबाट विश्लेषण गरे,मिडिया रिपोर्ट तयार पारे। तर, एक महिना बित्दासम्म दाहालले भनेजस्तो त्यस्तो केही देखिएको छैन। 

फेरि बिहीबार (हिजो) मात्रै माओवादी अध्यक्ष पुष्पकमल दाहालले त्यस्तै प्रकृतिको, अझ चर्को अर्को अभिव्यक्ति दिए। उनले भनेका छन्, 'सरकार कुनै पनि बेला परिवर्तन हुन सक्छ। समय त तोक्दिनँ तर, केपी ओलीजीले एक वर्षे कार्यकाल पूरा गर्नुहुन्छ जस्तो लाग्दैन।'

यसपछि फेरि 'भित्र केही भइरहेको हो कि के हो ?' भन्ने जिज्ञासा स्वाभाविक रूपमा उठेको छ। दाहालले यस्तो अभिव्यक्ति दिएको एक दिनपछि अर्थात् शुक्रबार (आज) रुपन्देहीको बुटवल पुगेका प्रधानमन्त्री ओलीले सरकार ढल्दै नढल्ने बताए।

‘यो सरकार ढल्छ भन्ने कुरै छोडिदिनुस्। हल्लिँदा पनि हल्लिँदैन,’ उनले भने, ‘मुलुकमा धेरै खाले समस्या छन्, अप्ठ्यारा छन्, तिनको समाधानका लागि यो सरकार बनेको हो।’हुनसक्छ, दाहालले त्यस्तो अभिव्यक्ति दिएपछि प्रधानमन्त्री ओलीले त्यसको खण्डनस्वरूप उनले यस्तो बताएका हुन्।

पार्टी अध्यक्ष दाहाल र नेताहरूको भनाइबारे नागरिकले माओवादी केन्द्रका महासचिव देव गुरुङसँग सोध्यो- अध्यक्ष र नेताहरूले के भन्न खोज्नुभएको ? तपाईंहरू सरकार परिवर्तनको प्रयासमा लाग्नुभएको हो ?

गुरुङको भनाइमा पनि सरकार टिकिरहन्छ भन्ने छैन। 'तरलता छ, यस्तो बेलामा सरकार टिकिरहन्छ भनेर कसरी भन्न सकिन्छ ?'

तर, आफूहरू सरकार परिवर्तनको खेलमा भने नलागेको उनले प्रष्टोक्ति दिए। आफूहरूले सरकार चलिरहोस् नै भन्ने चाहेको तर, सरकार टिकिरहने आधार नदेखिएको उनको भनाइ छ। 'सरकार परिवर्तन गरेर हामीले के पाउनु छ र,हामीले त यो सरकार चलिरहोस् भन्ने नै लागेको छ। तर, टिकिरहने आधार भने देखिँदैन।'

यो पनि पढ्नुहोस्

दाहाल भन्छन्- सरकार कुनै पनि बेला परिवर्तन हुन सक्छ
अर्को समाचार
महासचिव गुरुङद्वारा योजना माग
१३ जेष्ठ २०८२
•
१ मिनेट पाठ
महासचिव गुरुङद्वारा योजना माग
नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले अर्थमन्त्री विष्णु पौडेलसँग योजना माग गरेका छन्।




महासचिव गुरुङले पार्टीको हुलाकी राजमार्ग केन्द्रित 'तराई मधेश जागरण अभियान र मध्यपहाडी पुष्पलाल मार्गकेन्द्रित जागरण अभियान'का क्रममा सङ्कलित योजनाहरू अर्थमन्त्री पौडेललाई बुझाएका हुन्।

त्यसमा पालिका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजलगायत विभिन्न संघसंस्थाहरूबाट माग गरिएका योजनाहरू संलग्न रहेका छन्।

महासचिव गुरुङले आगामी आर्थिक वर्षको योजनामा ती योजनाहरू समावेश गरिदिन अर्थमन्त्री पौडेलसँग माग गरेका छन्।
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ५ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस