नेपाली कांग्रेसका नेता शेखर कोइरालाले उच्च सरकारी कर्मचारीलाई संवैधानिक निकाय, राजदूत वा अन्य जिम्मेवारीमा नियुक्त गर्नुपूर्व कम्तीमा दुई वर्षको ‘कुलिङ पिरियड’ राख्नुपर्ने सुझाव दिएका छन्। यसले पारदर्शिता कायम गर्न र कन्फ्लिक्ट अफ इन्ट्रेस्ट कम गर्न सहयोग पुग्ने उनको भनाइ छ।
नेपालमा उच्च तहमा भएका सरकारी कर्मचारी वा पदाधिकारीले आफ्नो पदबाट बाहिरिएपछि निश्चित समय पूरा नहुँदै अन्य संवैधानिक निकाय, राजदूत वा समान प्रकृतिका जिम्मेवारीमा नियुक्त पाउने गरेका छन्। यसले उनीहरूको पूर्वपदको प्रभाव र स्वार्थ पनि सँगै आउने भएका कारण पारदर्शिता र निष्पक्षता कायम हुने कुरामा प्रश्न उठ्ने गरेका छ।
सामाजिक सञ्जाल एक्समा कोइरालाले लेखेका छन्, ‘उच्च पदस्थ सरकारी कर्मचारीहरूलाई संवैधानिक निकाय, राजदूत वा अन्य पदमा नियुक्ति गर्दा कम्तीमा दुई वर्षको कुलिङ समय राख्नु पर्दछ । यसले पारदर्शिता बढाउने र कन्फ्लिक्ट अफ इन्ट्रेस्टलाई कम गर्न मद्दत गर्दछ ।’
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो।
आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ।
छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ।
माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्।
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...