नयाँ वर्षको शुभकामनामा झल्किएको सक्रिय राजनीतिको भण्डारीको चाहना !
०१ वैशाख २०८२
•
७ मिनेट पाठ
नयाँ वर्षको शुभकामनामा झल्किएको सक्रिय राजनीतिको भण्डारीको चाहना !
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किने चर्चा अलि पहिल्यैदेखि छ। त्यही चर्चालाई सहयोग पुग्ने गरी उनले हिजोआज अभिव्यक्तिहरू दिने गरेकी छन्।




नेकपा (एमाले) की पूर्वउपाध्यक्ष भण्डारीले गत वैशाखमा आफ्ना प्रतिनिधिमार्फत पार्टी सदस्यता नवीकरण गरिसकेकी छन् भनिन्छ। मदन भण्डारी फाउन्डेसनमार्फत राजनीतिक सक्रियता बढाएकी भण्डारी अहिले 'वेट एन्ड सी'को अवस्थामा छिन्।

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन सक्रिय राजनीतिमा फर्किसकेका छन्। यो विषयले भण्डारीलाई अझ बल दिएको छ भनिन्छ। त्यसो त राष्ट्रपति, उपराष्ट्रपति जस्तो राज्यको माथिल्लो स्थानसम्म पुगेकाहरू पुन: सक्रिय राजनीतिको सतहमा ओर्लिनु हुँदैन भन्ने मान्यता बलियो हुँदै गएको छ। यो मान्यताविपरीत पूर्वउपराष्ट्रपति पुन सक्रिय राजनीतिमा निस्किँदा भण्डारीलाई पनि बल मिलेको बताइन थालेको छ।

त्यसो त एमालेमा थुप्रै त्यस्ता नेताहरू छन्, जो भण्डारी सक्रिय राजनीतिमा फर्किऊन् भन्ने चाहन्छन्। यो कित्तामा ईश्वर पोखरेल, शेरधन राई, गोकुल बाँस्कोटा, विष्णु रिजाललगायतका नेताहरू पर्दछन्। भनिन्छ- यो टोलीसँग भण्डारीले पछिल्लो समयमा आन्तरिक बातचितसमेत गर्ने गरेकी छन्।

जे होस्, पछिल्लो समय भण्डारीले अबको समय सबैले राष्ट्रहितका लागि समर्पण गर्नुपर्ने बताउने गरेकी छन्। नयाँ वर्षको शुभकामना दिने क्रममा पनि भण्डारीले यो पुन: दोहोर्‍याएकी छिन्। 

'राष्ट्र हितभन्दा महत्त्वपूर्ण अर्को कुनै विषय हुन सक्दैन र जनताको मुहारमा मुस्कान ल्याउनुभन्दा ठूलो अर्को कुनै खुसी हुँदैन। देशले दिन सक्ने जति अवसर हामीलाई दिइसकेको छ। अबको हाम्रो समय केवल राष्ट्रको नाममा समर्पण गर्नु पर्दछ,' उनले भनेकी छन्।

जनताका अनेकन् समस्याहरू रहेको र त्यसबाट कसैले पनि आफूलाई टाढा राख्न नहुने उनले बताएकी छन्। उनले भनेकी छन्, 'यस्तो दृढ अठोट बिना देश बदल्ने सपना पूरा हुन असम्भव छ। नयाँ वर्षको आगमनसँगै हामी सबैले जनताका समस्यालाई टुलुटुलु हेरिरहने र समाधानका प्रयासहरूबाट आफूलाई अलग राख्ने प्रवृत्ति त्याग्नै पर्दछ।'

'हामी सबैले जनताका समस्यालाई टुलुटुलु हेरिरहने र समाधानका प्रयासहरूबाट आफूलाई अलग राख्ने प्रवृत्ति' भनेर उनले आफूलाई पनि सक्रिय राजनीतिकै लाइनमा उभ्याउन खोजेकी छन्। 

जसै उनले हिजोआजका आफ्ना वक्तव्य तथा अभिव्यक्तिहरू मुख्यत: जनता केन्द्रित गर्दै आएकी छन्। जनताको समस्या समाधानमा आफ्नो पनि योगदान रहने उनका अभिव्यक्तिहरूको मूल सार रहने गरेको छ। नयाँ वर्षको उनको शुभकामनामा पनि यो झल्किन्छ। 

शुभकामना सन्देश-

नयाँ वर्ष २०८२ को पावन अवसरमा, म स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । साथै, नयाँ वर्षको यस आगमनले बितेका दिनका कतिपय असमझदारी, तीक्तता, निराशा र अवरोधलाई समीक्षाको विषय बनाएर विस्मृत तुल्याउन तथा आफ्नो, समाज र सिङ्गो राष्ट्रकै भविष्य सुरक्षित, सुनिश्चित, सुन्दर एवं गतिशील बनाउन  सबैलाई प्रेरणा प्रदान गर्ने विश्वाससमेत लिएको छु ।

हामी सबैलाई ज्ञात भएकै विषय हो कि, नेपाली जनताले इतिहासमा सदियौँसम्म सामन्ती शोषण तथा उत्पीडनको पीडा ब्यहोर्न बाध्य हुनुपरेको थियो । त्यसका अवशेषहरू अझै बाँकी नै छन् । विकास प्रक्रियाको गत्यावरोध तोड्न, अन्याय–अत्याचारको दुष्चक्रबाट मुक्त हुन र स्रोतसाधनले सम्पन्न सुन्दर यस मलुकलाई विश्वकै समृद्ध एवं प्रतिष्ठित देशको कोटीमा पुर्‍याउने अभियान तीव्र पार्न जनताले अनेकौँ बलिदानीपूर्ण सङ्घर्षसहित अद्वितीय योगदान गर्दै अगाडि बढिरहेको यथार्थ हामी सबैका सामू छर्लङ्ग छ।

अर्थात्, हामीहरू हाम्रा पूर्वज र अभिभावकको मुलुक समृद्ध बनाउने तथा जोगाउने दृढ सङ्कल्प र वीरताबाट प्रेरणा लिएर देशप्रतिको आफ्नो कर्तव्य र दायित्व पूरा गर्न सदा कटिबद्ध रहिआएका छौँ । पुर्खाले आर्जेको हाम्रो प्यारो राष्ट्रको अखण्डतामा आँच आउन नदिन, नेपाली राष्ट्रियताको प्रवद्र्धन गर्न र जनताको जीवनस्तर माथि उठाउन गरिएका अनेकौँ प्रयासका क्रममा परिस्थितिले निर्धारण गरेका विभिन्न जिम्मेवारीमा रहेर हामीले भूमिका निर्वाह गरिनै रहेका छौँ । हाम्रा यी घरेलु समस्या समाधानका निम्ति हामीले जनजागरण, दबाब र सङ्घर्षको नीति मात्र अवलम्बन गरेनौँ, बरु सघन संवाद, सहमति र सहकार्यको लोकतान्त्रिक एवम् सिर्जनात्मक माध्यमसमेत अपनाउँदै आएका छौँ । यस्ता हाम्रा असल प्रयासहरू भविष्यमा समेत कायमै रहनुपर्दछ भन्ने मलाई लागेको छ ।

देश र जनताको सामाजिक–आर्थिक उन्नतिका निम्ति हामीले समर्पण गरेको समय, मिहिनेत र प्रयासका बाबजुद सो उद्देश्य र लक्ष्य प्राप्तिमा अपेक्षित सफलता हासिल हुन नसक्नु विडम्बना नै हो । अनि यो असाध्यै दु:खको विषय समेत हो । स्वदेशमै कमाउन र रमाउन नसक्ने ठानी गहभरि आँसु पारेर अहिले लाखौँ युवाहरू विदेसिन बाध्य भएका छन् । स्थिरता र सुशासनको पूर्ण प्रत्याभूति दिलाउन नसक्दा व्यवसायी तथा सेवाग्राहीहरू दु:खित र निराश बन्न पुगेका छन् । कृषिलाई आधुनिकीकरण गरी उत्पादन र उत्पादकत्व बढाएर कृषिमा आधारित उद्योगसहित अनेक आधुनिक औद्योगिक प्रतिष्ठानहरू विस्तार गर्न नसक्दा बेरोजगारहरूको ठूलो सङ्ख्या दिनप्रतिदिन बढिरहेको अवस्था छ ।  

कर्मचारी प्रशासनलाई जवाफदेही, कार्यमुखी र गतिशील तुल्याउन नसक्दा सर्वसाधारणले अनेकोँ झमेला र दु:ख ब्यहोर्न बाध्य हुनुपरेको छ । यी यावत् समस्या, अवरोध र नकारात्मक प्रवृत्तिले गर्दा हाम्रो मौलिक संस्कृति, पहिचान र धर्मसमेत रक्षात्मक स्थितिमा पुगेको ठानिँदैछ । त्यसैले, विगत वर्षका यस्ता समस्या र नकारात्मक प्रवृत्तिहरूबाट गम्भीर पाठ सिकेर नयाँ वर्षको अवसरमा आजकै दिनबाट नयाँ सङ्कल्पका साथ विकास प्रक्रियालाई तीव्र तुल्याउनु पर्दछ । स्वाधीन, सवल र आत्मनिर्भर अर्थतन्त्र निर्माणका दिशामा सरकारले आफ्ना प्रयासहरू थप तीव्र बनाउनु पर्दछ।

राष्ट्रियता सुदृढीकरण, अग्रगमन र जनसमस्याको समाधानको नाममा हामीले पटक–पटक व्यवस्था र संविधान बदल्यौँ तर अवस्था बदल्ने हाम्रो सपना अझै पूरा हुन सकिरहेको छैन । सामाजिक–आर्थिक रूपान्तरण प्रक्रियाले तीव्रता पाउन सकेको छैन । अनेक राजनीतिक विकल्पहरूको अभ्यासपछि पनि जनतामा चरम निराशा छाउने स्थिति किन उत्पन्न भयो रु सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि देशको कायापलट हुने विश्वास हामीले जनतालाई दिलाएका हौँ, खोजेको व्यवस्था प्राप्त भएपछि पनि जनताको जीवनस्तरमा आशातीत परिवर्तन किन हुन सकिरहेको छैन रु यस्ता प्रश्नहरूमा अब चिन्तामात्र प्रकट गरेर जनताको सहानुभूति बटुल्न खोज्नुभन्दा निर्मम आत्मसमीक्षा गर्दै फेरि पनि निरन्तर इमान्दार प्रयास गर्नुको विकल्प छैन । यस दिशामा सम्बद्ध सबैको ध्यान जाओस् ।

हाम्रो देशमा यहीँ विकसित भएको मौलिक विचारको खाँचो थियो–जसले मुलुकलाई सामाजिक न्याय र समानतामा आधारित समुन्नत समाज बनाउन मार्गदर्शन गर्न सकोस् । अब त्यो सिद्धान्त हामीले पाइसकेका छौँ । यस प्रगतिशील सिद्धान्तको प्रभावकारी कार्यान्वयन गरी देश विकास गर्नुको विकल्प छैन । यो देशको सामाजिक–आर्थिक रूपान्तरणको मौलिक सिद्धान्त जनताको बहुदलीय जनवादका प्रणेता जननेता मदन भण्डारीको सपना आफ्ना सहकर्मी सहयात्रीहरूलाई राज्यसत्तासम्म पुर्‍याउने इच्छामा मात्र सीमित थिएन, बरु यस सिद्धान्तलाई कार्यान्वयन गर्दै जनताको जीवनस्तर बदल्ने र राष्ट्रको गौरव बढाउने थियो ।

बहुदलीयता र बहुलवादलाई आत्मसात् गरी सक्रियता, पहलकदमी, जनसेवा र प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्दै अरू राजनीतिक शक्तिहरूलाई समेत मुलुकका साझा विषयमा अग्रसर र गतिशील बनाउने नै जननेताको चाहना हो । मदनको विचार र भावनाअनुरूप अगाडि बढ्न हामीलाई कसैले कतैबाट अवरोध त पैदा गरिरहेको छैन रु यस प्रश्नमा आत्मचिन्तन गर्ने समय आएको छ । मदन भण्डारीले देश र जनतालाई केन्द्रविन्दुमा राखेर धारणा बनाउने गर्नुहुन्थ्यो । निजी स्वार्थ, लोभ र महत्वाकाङ्क्षाभन्दा माथि नउठेसम्म जनआकाङ्क्षालाई सम्बोधन गर्ने चेत, इमानदारिता र दृढ मनोबल उत्पन्न हुन नसक्ने उहाँको ठम्याइ थियो । त्यसैले, हामी सबैले जननेताको सपना पूरा गर्ने अठोट फेरि एकपटक दोहोर्‍याउनुपर्ने बेला भएको छ । नेपालको राजनीतिक आन्दोलन र सामाजिक–आर्थिक रूपान्तरणको अभियानमा ऐतिहासिक भूमिका निर्वाह गरी अपार जनविश्वास आर्जन गर्न सफल बनिसकेको जननेताको विरासत बोकेको पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले राज्यप्रतिको विश्वास र भरोसा थप अभिवृद्धि गर्न ढिला नगरी ठोस कार्ययोजना अघि सारेर त्यसको कार्यान्वयनमा तदारुकता देखाउनु पर्दछ ।

राष्ट्रहित भन्दा महत्वपूर्ण अर्को कुनै विषय हुन सक्दैन र जनताको मुहारमा मुस्कान ल्याउनुभन्दा ठूलो अर्को कुनै खुसी हुँदैन । देशले दिनसक्ने जति अवसर हामीलाई दिइसकेको छ । अबको हाम्रो समय केवल राष्ट्रको नाममा समर्पण गर्नुपर्दछ । यस्तो दृढ अठोटबिना देश बदल्ने सपना पूरा हुन असम्भव छ । नयाँ वर्षको आगमनसँगै हामी सबैले जनताका समस्यालाई टुलुटुलु हेरिरहने र समाधानका प्रयासहरूबाट आफूलाई अलग राख्ने प्रवृत्ति त्याग्नै पर्दछ । यो नयाँ वर्ष नवीन आशा र विश्वासको दियो बाल्ने वर्ष बन्नुपर्छ, समृद्धिको द्वार खुल्ने ऐतिहासिक वर्ष बन्नुपर्छ । नयाँ वर्षको पावन अवसरमा दृढ अठोट र ऊर्जाका साथ नयाँ वर्षलाई देशोपयोगी बनाउने सामथ्र्य हामी सबैमा प्राप्त होस् भन्ने शुभेच्छासहित सबैलाई हार्दिक शुभकामना !
अर्को समाचार
मेरो पार्टी सदस्यता नवीकरण भइसकेकाले विवादमा पार्नुपर्ने विषय नै होइन: भण्डारी
०९ साउन २०८२
•
१ मिनेट पाठ
मेरो पार्टी सदस्यता नवीकरण भइसकेकाले विवादमा पार्नुपर्ने विषय नै होइन: भण्डारी
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) को आफ्नो पार्टी सदस्यता नवीकरण भइसकेको बताएकी छन्। शुक्रबार (आज) काठमाडौंको बानेश्वरस्थित कार्की बैङ्क्वेटमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएकी हुन्।




'मेरो पार्टी सदस्यता नवीकरण भइसकेकाले यसलाई विवादमा पार्नुपर्न विषय नै होइन,' उनले भनिन्। उनले आफू पार्टी सदस्यता बनेको ४५ वर्ष बितिसकेको बताएकी छन्। 'त्यसैले पार्टीप्रतिको आशा र सिद्धान्त र राष्ट्रप्रति कटिबद्ध हुँदाहुँदै मलाई पार्टी सदस्यताबाट बञ्चित गर्न कदापि पनि मिल्दैन,' उनले भनिन्।

उनले आफू विचलित नहुने पनि बताइन्। 'म सबै साथीहरूलाई पार्टीका मूल्यहरूलाई आत्मसात् गर्दै पार्टी निर्माणमा सक्रिय हुनका लागि आग्रह गर्दछु,' उनले भनिन्, 'पार्टी बनाउन म र मजस्ता हजारौंको हात छ।'
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock २ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १० मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
यो पनि पढौँ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस