गण्डकीमा 'आयोजना बैंक' सञ्चालन
०८ वैशाख २०८२
•
१ मिनेट पाठ
गण्डकीमा 'आयोजना बैंक' सञ्चालन
गण्डकी प्रदेश नीति तथा योजना आयोगले 'आयोजना बैंक' सञ्चालनमा ल्याएको छ। योजना छनोट र कार्यान्वयनलाई थप प्रभावकारी बनाउन आयोजना बैंक सञ्चालनमा ल्याइएको बताइएको छ।




बैंकको सोमबार (आज) प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सुभारम्भ गरेका छन्। बैंकमा प्रदेश सरकार मातहतका मन्त्रालय र मन्त्रालय मातहतका कार्यालयले योजना प्रविष्ट गर्ने र प्राथमिकताका आधारमा प्रदेश सरकारले कार्यान्वयन गर्ने बताइएको छ।

आज भएको प्रदेश र स्थानीय तहबीच योजना साझेदारी विषयक अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री पाण्डेले स्थानीय तह र प्रदेश सरकारको साझेदारीमा आगामी वर्ष सञ्चालन गर्न सकिने कार्यक्रमहरूको सम्भावनाका बारेमा जानकारी दिएका छन्।

कृषि र पर्यटन केन्द्रित साझेदारीका कार्यक्रम गरि ग्रामिण अर्थतन्त्रमा उकास्न, रोजगारी सिर्जना गर्न र युवा पलायन रोक्ने योजनामा केन्द्रित हुन उनले स्थानीय तहहरूलाई अनुरोध गरेका छन्।

लागत साझेदारीमा हुने कार्यक्रम प्रतिफल देखिने खालको बनाउन अनुरोध गर्दै मुख्यमन्त्री पाण्डेले आगामी वर्ष नमुना कार्यक्रमको रूपमा सञ्चालन गरिने बताएका छन्।
अर्को समाचार
प्रमुख अतिथि विवादले गण्डकी विश्वविद्यालयको भवन शिलान्यास रोकियो
२५ साउन २०८१
•
३ मिनेट पाठ
प्रमुख अतिथि विवादले गण्डकी विश्वविद्यालयको भवन शिलान्यास रोकियो
को प्रमुख अतिथि बन्ने भन्ने विवादले गण्डकी विश्वविद्यालयको मुख्य प्रशासनिक भवनको शिलान्यास कार्यक्रम रोकिएको छ।




गण्डकी विश्वविद्यालयले पोखरा–३२ मालमुल, स्याल टहरोमा निर्माण गर्न लागेको मुख्य प्रशासनिक भवनको शुक्रवार शिलान्यास गर्ने कार्यक्रम थियो । शिलान्यास गर्न नेपाल सरकारका सूचना तथा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङ बिहीबार नै पोखरा आएका थिए । तर अन्तिम समयमा शिलान्यास मन्त्री गुरुङले गर्ने कि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्ने भन्ने विवाद भएपछि शिलान्यास कार्यक्रम नै स्थगित भएको हो ।

गण्डकी विश्वविद्यालयले शिलान्यासका लागि सङ्घीय मन्त्री गुरुङलाई प्रमुख अतिथि बनाएको थियो । जसका लागि विश्वविद्यालयले तयारी गर्नुका साथै सबैतिर पत्राचार पनि गरेको थियो । सोही अनुसार मन्त्री गुरुङ बिहीबार नै पोखरा आएर बसेका थिए । शुक्रवार उनी गण्डकी विश्वविद्यालयको सो भवन शिलान्यास गर्न भनेर जाने तयारी गरेका थिए । तर गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको असन्तुष्टिसँगै दबाब आएपछि कार्यक्रम नै स्थगित गर्नुपरेको श्रोतले बतायो ।

कार्यक्रम स्थगित भएपछि मन्त्री गुरुङ केही दिनअघि मात्र निधन भएका एमाले कार्यकर्ता आनन्द सुवेदीको घरमा समवेदना व्यक्त गर्न गएका थिए । भवन शिलान्यास गरेपछि मात्रै समवेदनाका लागि सुवेदीको घर जाने भन्ने थियो । तर एक्कासि कार्यक्रम नै स्थगित भएपछि सिधै सुवेदीको घर जानुभयो’–एमाले श्रोतले भन्यो ।

विश्वविद्यालयको प्रशासनिक भवन गण्डकी सरकारको पैसाले बन्ने भएपछि त्यसको शिलान्यास पनि आफूले गर्न पाउनुपर्ने गण्डकीका मुख्यमन्त्री पाण्डेको जिकिर छ । प्रदेश मातहतको विश्वविद्यालय, प्रदेशकै बजेटमा भवन निर्माण हुने भएपछि त्यसको शिलान्यास पनि प्रदेशकै मुख्यमन्त्रीबाट हुनुपर्छ भन्ने उहाँको बुझाई हो’–मुख्यमन्त्री पाण्डे निकट श्रोतले भन्यो ।

तर विश्वविद्यालयका कुलपति डा.गणेशमान गुरुङले आफूलाई नियुक्ती दिने तत्कालीन मुख्यमन्त्री गुरुङलाई प्रमुख अतिथि बनाए । एमालेका क्याडर उनले पृथ्वी सुब्बालाई नै ल्याउने अडान राखेको श्रोतको भनाई छ । कुलपतिले राजनीति गर्दा शुक्रबारको परिस्थिति बनेको कांग्रेसको बुझाई छ’–श्रोतले भन्यो।

विश्वविद्यालयका रजिष्ट्रार कैलाशबाबु तिमिल्सिना भने प्रमुख अतिथि को बन्ने भन्ने विवादले शिलान्यास कार्यक्रम स्थगित नभएको दाबी गर्छन् । बरु प्रमुख अतिथि भनेर डाकिएका मन्त्री गुरुङकै कार्य व्यस्तताका कारण शिलान्यास कार्यक्रम रोकिएको उनको दाबी छ । 

शिलान्यास कार्यक्रम हाम्रो कारणले वा प्रमुख अतिथि को बन्ने भन्ने विवादले स्थगित भएको होइन, बरु मन्त्रीज्यू नै व्यस्त भएपछि तत्काललाई पोस्ट पोण्ड गरेका हौँ’–उनले भने । तर रजिष्ट्रार तिमिल्सिनाले भनेझैँ मन्त्री गुरुङ शुक्रवार व्यस्त थिएनन् । बरु शिलान्यास कार्यक्रम रोकिएपछि उनी एमाले कार्यकर्ताको निधनमा शोक तथा समवेदना व्यक्त गर्न गएपछि दिनभर फुर्सद भएकाले पोखरास्थित नेपाल टेलिभिजन, रेडियो नेपाल र राष्ट्रिय समाचार समितिको कार्यालय अवलोकनका लागि पुगे ।

स्थगित शिलान्यास मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग छलफल गरेर चाँडै गरिने पनि रजिष्ट्रार तिमिल्सिनाले बताए ।

गण्डकी विश्वविद्यालयको मुख्य प्रशासनिक भवन ३ तलाको बनाइन लागेको छ । जसको लागत १२ करोडको हुने बताइएको छ भने त्यसका लागि गण्डकी सरकारले चालु आर्थिक वर्षमा १० करोड विनियोजन गरेको छ। त्यसमा विश्वविद्यालयको केही रकम थपेर भवन निर्माण गरिने रजिष्ट्रार तिमिल्सिनाले बताए।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस