सरकारकै असहयोगले शिक्षामन्त्रीको राजीनामा
०९ वैशाख २०८२
•
४ मिनेट पाठ
सरकारकै असहयोगले शिक्षामन्त्रीको राजीनामा
शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन्। शिक्षक आन्दोलनको बिसौं दिन उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएकी हुन्। 




शिक्षक आन्दोलनले शैक्षिक क्षेत्र अस्तव्यस्त बन्दै गएका बेला समस्या समाधानका लागि प्रधानमन्त्री र शिक्षकसँग पटकपटक छलफल चलिरहँदा पनि शिक्षक महासंघका प्रतिनिधिले सडकबाटै राजीनामा माग्दा र अर्कातिर सरकारले पनि शिक्षकको माग सम्बोधनमा चासो नदेखाउँदा दबाब थेग्न नसकेर भट्टराईले राजीनामा दिएको मन्त्रालय स्रोतले बतायो। शिक्षा मन्त्रालयका उपसचिव नीलकण्ठ ढकालका अनुसार मन्त्री भट्टराईले शिक्षकका माग सम्बोधन गर्न सात बुँदा तयार पारी सात अर्बको बजेट खाका अगाडि सारेकी थिइन्। मन्त्रिपरिषद्को निर्णयबाट माग सम्बोधन गरी आगामी बजेटमा समावेश गर्ने तयारी शिक्षा मन्त्रालयको थियो। 

मन्त्री भट्टराई प्रधानमन्त्री ओलीसँग सन्तुष्ट थिइनन्। २०८१ चैत २० गतेयता निरन्तर आन्दोलनरत शिक्षकहरूको मागको सन्दर्भलाई लिएर मन्त्री भट्टराई प्रधानमन्त्री ओलीबाट आफूलाई चाहिने सहयोग नभएको निष्कर्षमा पुगेकी थिइन्। उनले शिक्षकहरूको मागको सम्बोधनका लागि प्रधानमन्त्री ओलीसँग मात्रै होइन, सभामुख देवराज घिमिरेसँग पनि वार्ता गरिन्। तर संसद्को यो अधिवेशनमा शिक्षकहरूको माग पूरा गर्न नसकिने ठाडो जवाफ सभामुख घिमिरेले दिएपछि केही समययता मन्त्री भट्टराई निराश बनेको मन्त्रालयका कर्मचारीहरू बताउँछन्।

उता प्रधानमन्त्री ओलीले पनि शिक्षकहरूको मागका सन्दर्भमा शनिबार वार्ता र छलफल गरे पनि निष्कर्षमा पुग्न सकेन। अन्तर मन्त्रालयको छलफल हुँदा ऐन जारी गरी सबैको माग सम्बोधन गर्दा करिब १४ अर्ब आर्थिक भार थपिने भन्ने बुझेलगत्तै प्रधानमन्त्री ओलीले हाललाई ऐन जारी गर्नुभन्दा पनि शिक्षकको तत्काल पूरा गर्न सकिने मागबारे छलफल गरेको स्रोतले बतायो। शिक्षकका सबै माग सम्बोधन गर्न नसकिने भए पनि तत्काल केही माग मन्त्रालय, मन्त्रिपरिषद् र मन्त्रीस्तरीय निर्णयबाट पूरा गर्न सकिने तयारीमा जुटेका प्रधानमन्त्रीले त्यहीअनुसार वैशाख १२ गतेलाई संसद् अधिवेशन डाकेका थिए। अर्कातिर सभामुखले पनि शिक्षकको माग पूरा हुन नसक्ने विभिन्न कार्यक्रममा बताउँदै आएका थिए। शिक्षक, प्रधानमन्त्री तथा सभामुखको अड्डीको चेपुवामा परेका कारण पनि उनले राजीनामा दिएकी हुन्। 

शिक्षकहरूको सडक आन्दोलनकै कारण वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षा प्रभावित हुने, एसइईको उत्तरपुस्तिका ढिलाइका कारण नतिजामा समेत नकारात्मक असर परेको र विद्यार्थी भर्ना अभियानसमेत प्रभावित बनेपछि चेपुवामा परेकी शिक्षामन्त्री भट्टराई अन्तत: राजीनामै दिन बाध्य बनेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका कर्मचारीहरू बताउँछन्। शिक्षा मन्त्रालयका प्रवक्ता शिव सापकोटाका अनुसार मन्त्रालयले शिक्षक महासंघसँग छलफल गरी सात बुँदे सहमति गर्दा समेत शिक्षकहरू नमानेर जारी आन्दोलनमै फर्केकाले गर्दा थप चुनौती बनेको हो। 

‘मन्त्रालयले शिक्षक महासंघका माग मन्त्रिपरिषद्को निर्णयबाट माग सम्बोधनका लागि सात बुँदे सहमति गरेकै थियो,’ प्रवक्ता सापकोटाले भने, ‘तर मन्त्रालयबाहिर आएर शिक्षकहरूले सहमति भएकै छैन भन्नुभयो। यसले मन्त्रीज्यू निकै दु:खी बन्नुभएको थियो। उहाँले ऐन जारी गराउन अन्तरमन्त्रालय छलफलदेखि प्रधानमन्त्रीसँग छलफलसम्मको प्रयास गरिरहनुभएकै थियो। निकै दबाब आएपछि राजीनामा दिनुभयो। केही दिनदेखि मन्त्रालय पनि आउनुभएको छैन।’

नेपाल शिक्षक महासंघको अगुवाइमा विगतमा नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष विष्णु भण्डारी २० दिनदेखि शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका थिए। उक्त संगठनका अध्यक्ष विष्णु भण्डारीका अनुसार शिक्षामन्त्री भट्टराईले शिक्षकहरूसँगको वार्तामा सात बुँदे माग सम्बोधन गर्न प्रस्ताव ल्याए पनि शिक्षकहरूका अन्य घटकहरू तयार भएनन्। आन्दोलन रोकिएन। ‘विद्या भट्टराईजतिको शिक्षा बुझेको र ऐन जारीका लागि निष्ठापूर्वक लाग्ने मन्त्री अब सायदै देशले पाउँछ होला,’ अध्यक्ष भण्डारीले नागरिकसँग भने, ‘सात बुँदे सहमति मन्त्रालयमा भए पनि मन्त्रिपरिषद्बाट पास हुन ढिलाइ भयो। अब सायद सोमबारको मन्त्रिपरिषद्ले सम्बोधन गर्ने होला। राजीनामा नदिएको भए हुन्थ्यो।’

शिक्षक महासंघका उपमहासचिव रामप्रसाद ढकालले महासंघका शिक्षक नेताले इमानदार शिक्षामन्त्रीको राजीनामाको नारा सडकम लगाउँदै आएको अवस्थामा इमानदार शिक्षामन्त्रीले राजीनामा दिएको बताए। महासंघ र शिक्षामन्त्रीबिच अविश्वासको वातावरण बनेको थियो। ‘संवाद पनि गर्ने वार्ता पनि गर्ने तर मन्त्रालयबाट बाहिर आएपछि वार्ता भएकै छैन भन्ने दुई खाले चरित्र पनि महासंघको रह्यो,’ महासंघका उपमहासचिव ढकालले भने, ‘शिक्षकको गे्रड समायोजन, तलब समायोजन, उपचारमा छुट, दुर्गम भत्ता, सामाजिक सुरक्षा कोष, मर्यादाक्रम कायम गर्ने, बालविकास शिक्षक र विद्यालय कर्मचारीको सेवासर्त सुविधा, राहत शिक्षकको बिरामी बिदा र दुर्गम भत्ताबारे सातबुँदे सहमति महासंघको प्रतिनिधि र मन्त्रालयबिच सहमति भयो।’ उनले थपे, ‘तर शिक्षक महासंघको प्रतिनिधि बाहिर आएपछि सहमति भएको छैन भनिदिए। यसले मन्त्री र शिक्षकबिच अविश्वासको दरार पैदा भयो। शिक्षा ऐन जारी गराउने भन्दै रातदिन लाग्नुभएकी मन्त्रीज्यूले राजीनामा दिनुभयो। यो दुर्भाग्यपूर्ण हो।’ उनका अनुसार सामुदायिक विद्यालयका शिक्षकहरू पनि विभिन्न दल निकट भएकाले पछिलो शिक्षक आन्दोलन दलगत हुन गएको हो। यसकारण पनि आन्दोलनले राजनीतिक रूप लिएको हो।
अर्को समाचार
दाहालको खुलासा: एमसिसी रोक्न देउवा सरकार ढाल्न खोजेँ, ओलीले अपमान गरे
२१ साउन २०८२
•
३ मिनेट पाठ
दाहालको खुलासा: एमसिसी रोक्न देउवा सरकार ढाल्न खोजेँ, ओलीले अपमान गरे
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसिसी रोक्न कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकार ढाल्न कोसिस गरेको खुलासा गरेका छन्। बुधबार माओवादी केन्द्रका नेता लीलामणि पोखरेलद्वारा लिखित ‘नेपालमा एमसिसी’ नामक पुस्तक विमोचन गर्दै अध्यक्ष दाहालले यस्तो खुलासा गरेका हुन्। 




‘एमसिसीमा सबैभन्दा दबाब माओवादी केन्द्रलाई थियो,’ दाहालले भने, ‘त्यो बेला एमसिसी रोक्ने हो भने एमालेलाई सरकारको नेतृत्व दिएर बाहिरबाट समर्थन दिन पनि तयार छौँ भनेका थियौँ।’ एमसिसीको विषय राष्ट्रिय महत्वको धेरै ठुलो विषय भएकाले त्यसो गरिएको उनले दाबी गरे।  

त्यसका लागि आफूसहितका चार जना नेताले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेरै प्रस्ताव राखेको दाहालले खुलासा गरे। त्यसमा आफू, अहिलेका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, अहिलेका महासचिव देव गुरुङ र शक्ति बस्नेत गएको उनले बताए। 

‘तर, यति नमिठो यति तितो, यति अपमानजनक भाषा प्रयोग गर्नुभएको कि कांग्रेसभन्दा त धेरै बढी रहेछ उहाँहरूको,’ दाहालले भने।

सँगै एमालेबाट चार बुँदे जवाफ आएको पनि उनले सुनाए। उनले भने, ‘त्यसो भन्दा अहिलेका प्रधानमन्त्रीले अन्य कुरा त भन्नु भो भन्नु भो, फुल स्टप र कमा पनि चेन्ज गर्न आवश्यक छैन, एमसिसी जस्ताको तस्तै पास गरिन्छ भनेपछि र हामी तयार नहुने हो भने नेपाली कांग्रेसले एमालेसँग मिलेर सरकार बनाउने र यसलाई अत्यधिक बहुमतले पारित गर्ने भनेपछि सबैभन्दा ठुलो अप्ठेरो परिस्थितिमा नेकपा माओवादी केन्द्र प¥यो।’

तर, आफूले अन्तिम समयसम्म जस्ताको तस्तै त एमसिसीलाई समर्थन गर्न नसक्ने भनेको उनले दाबी गरे। आफ्ना त्यति बेलाका वक्तव्य हेर्न पनि उनले आग्रह गरे। ‘साथीहरूलाई सडकमा पनि आवाज उठाइराख्न निर्देशन दिइएको थियो,’ उनले भने।

त्यो अवस्थामा माओवादी केन्द्रले अन्तिमसम्म गर्न सक्ने गरेको अध्यक्ष दाहालले बताए। ‘अब त जसरी पनि पास त हुने नै भयो। सदनबाट हामीले रोक्न सक्ने स्थिति भएन,’ उनले भने,‘कांग्रेस र एमाले मिलेपछि बहुमत भइहाल्छ।’ 

एमसिसी अनुमोदन गर्न कांग्रेस दृढ अडानमा रहेको एमाले नेतृत्वमा रहेका ओली झन् कडा सुनिएको उनले बताए। ‘एमालेसँगै हिजो कार्यदल बनाएको, समझदारी बनाएकाले आस गरेको, उ त झन् कडा! कांग्रेसभन्दा केपी ओली त झन् कडा। केही चेन्ज गर्न आवश्यक छैन भन्दिए’, उनले भने। 

‘आइपिएसको सदस्य बनाउने एमाले’

एमाले एमसिसीमा त्यति कडा हुनुमा अमेरिकाको इन्डो प्यासिफिक रणनीति(आइपिएस)को सदस्य बनाउने पार्टी हुनु रहेको दाहालले आरोप लगाए। ‘किनकि आइपिएसको सदस्य बनाउने पनि उहाँहरू नै हो। एसपिपीसम्म पनि सैद्धान्तिक सहमति गराउने पनि उहाँहरूले भएकाले गर्नुभएन,’ उनले भने। 

त्यसपछि माओवादी केन्द्रसँग अन्तिममा बहिस्कार गर्ने, उठेर हिँड्ने, भोटिङमा भाग नलिने बाटो रहेको दाहालले सुनाए। ‘तर हामीले जेजे गरे नि त्यो अनुमोदन त भई नै सक्थ्यो हामीले त्यसलाई रोक्ने र त्यसैको निम्ति विद्रोह र क्रान्ति गर्न सक्ने स्थिति पनि थिएन,’ उनले भने। 

अनि त्यही बेलामा बुद्धिजीवी कानुन व्यवसायीले अलिकति ‘फेस सेभ’ हुने ठाउँ देखिने गरी व्याख्यात्मक टिप्पणीको विकल्प ल्याएको दाहालले बताए। व्याख्यात्मक टिप्पणीले भोलि पनि आन्दोलन गर्न सक्ने बाटो दिएको उनको टिप्पणी छ। 

लामो विवाद चलेको अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसिसी) कम्प्याक्ट १२ बुँदे व्याख्यात्मक टिप्पणीसहित २०७८ फागुन १५ गते प्रतिनिधिसभाबाट अनुमोदन भएको थियो। त्यो बेला माओवादी केन्द्रलगायतका दलको सहयोगमा कांग्रेस सभापति देउवा प्रधानमन्त्री थिए। २०७४ को निर्वाचनपछि बनेको नेकपा विभाजनपछि एमाले प्रतिपक्षमा थियो। 

त्यही बेला एमसिसी बहसका बेला तत्कालीन पाँच दलीय गठबन्धनमा ठुलो मतभिन्नता सिर्जना भएको थियो। त्यही विषयको खुलासा दाहालले अहिले गरेका हुन्। 
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
यो पनि पढौँ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस