सिकेको दुखेसो: कहिलेकाहीँ बेकारमा राजनीतिमा आइयो भन्ने लाग्छ
१० वैशाख २०८२
•
१ मिनेट पाठ
सिकेको दुखेसो: कहिलेकाहीँ बेकारमा राजनीतिमा आइयो भन्ने लाग्छ
जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले पछिल्लो समय आफूलाई राजनीतिमा वितृष्णा पनि लाग्ने गरेको सुनाएका छन्। बुधवार नागरिक फ्रन्टलाइनमा बोल्दै उनले यस्तो बताएका हुन्।




नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेलले ‘कहिलेकाहीँ बेकारमै राजनीतिमा आइयो जस्तो लाग्दैन?’ भन्ने प्रश्नको उत्तरमा उनले भने, ‘एकदमै हुन्छ। खास गरी पार्टीगत राजनीतिमा आएपछि अझ बढी हुन्छ।’ 

पहिलो भने त्यसो नहुने गरेको उनले सुनाए। ‘पहिला चाहिँ हुँदैनथ्यो।  तर, अहिले आएर यस्तो हुन थाल्यो भने आरोपै आरोप लाग्न थाल्यो। यतिसम्म लाग्न थाल्यो कि किन आरोप झेल्ने ?,’ राउतले भने,‘कोही भन्दिन्छन्, १५ लाख लिएर फलानोलाई सांसद बनायो, हामीले पारदर्शी गरेका छौँ। मैले हातै हालेको छैन। दिए पनि पार्टीको लेबी दियो होला।’ यस्तोमा मैले किन यस्तो आरोप झेलिरहेको छु भन्ने लाग्ने गरेको उनले बताए।  

त्यो पनि काठमाडौं आउँदा बढी लाग्ने बताए। तर गाउँमा देखिने दृश्यले भने त्यो मेटाउने गरेको पनि उनले सुनाए। 
अर्को समाचार
‘जनमत–नाउपा एकता रोक्न परिवारमा झगडा गराउनेदेखि ज्यान मार्ने धम्की आउँदैछन्'
११ वैशाख २०८२
•
१ मिनेट पाठ
‘जनमत–नाउपा एकता रोक्न परिवारमा झगडा गराउनेदेखि ज्यान मार्ने धम्की आउँदैछन्'
जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले  नागरिक उन्मुक्ति पार्टी(नाउपा)सँगको एकता देख्न नचाहने शक्तिले परिवारमा झगडा गराएर फुट ल्याउनेदेखि ज्यान मार्नेसम्मका धम्की दिइरहेको दाबी गरेका छन्। 




बिहीबार फेसबुक पेजबाट एक अभिव्यक्ति सार्वजनिक गर्दै  राउतले यस्तो दाबी गरेका हुन्।  ‘धेरै शक्तिहरूको अहिले निद्रा उडेको छ,’ उनले लेखेका छन्,‘किनकि आन्दोलन र जनताको बिचबाट आएको, जनताको पक्षमा काम गर्ने, एउटा नयाँ शक्तिशाली पार्टी नेपालमा उदय हुने क्रममा छ ।’ 

जनमत र नाउपा दुइटैलाई शक्तिशाली देख्न नचाहनेहरूले दुवै पार्टीलाई तहसनहस गर्न विगत ७–८ महिनादेखि कुनै कसर नछाडेको दाबी उनले गरेका छन्।

‘परिवारमा झगडा लगाएर फुट ल्याएर होस् कि पार्टी भित्रैका पदाधिकारीहरूमाथि पैसा, गाडी, साधन स्रोत प्रयोग गरेर होस्, कि मिडियामा नाना भाँती समाचार लेखाएर बदनाम गर्दै चरित्र हत्या गर्दै निरुत्साहित गर्न होस्, कि कहिले धर्म त कहिले जातिको नाममा आक्रमण गराएर होस्, कि पार्टी फुटाइदिने षड्यन्त्र होस्, कि केन्द्रीय सदस्य र सांसदहरू नै खरिद गरिदिने प्रपञ्च होस्, कि मलाई ज्यान मार्ने वा रेसमजीलाई पुनः पक्राऊ गराइदिने धम्की होस्,  कुनै पनि कसर  बाँकी राखेका छैनन्,’ राउतले लेखेका छन्।

तर जनमत पार्टी भने नआत्तिएको राउतकाे दाबी छ। अगाडि लेखेकाे छन्, ‘तपाईँहरू पनि नआत्तिनुहोला।  जनताको भावना र आकाङ्क्षा एकता भएकोले हामी एकताको लागि अगाडि बढ्ने नै छौँ। एकता हुन्छ नै।’

वैशाख १७  गते जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबिच एकता घोषणाको तयारी गरिरहेको राउतले जनाएका छन्।
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १६ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस