परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थाइल्यान्डको बैंकक यात्राका क्रममा कुनै किसिमको राजनीतिक भेटघाट नगरेको दाबी गरेकी छन्। शुक्रबार बैंककबाट फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग भेटघाट गर्दै मन्त्री देउवाले यस्तो दाबी गरेकी हुन्।
‘उहाँ त्यहाँ राजनीतिक भेटघाट गर्न जानुभएकै होइन,’ मन्त्री देउवाले भनिन्, ‘उहाँ त आफ्नो चेकअप र पर्सनल भिजिट (व्यक्तिगत यात्रा) हो। त्यसमा केही त्यस्तो भेटघाट हुने भएन।’
‘उहाँ त्यहाँ राजनीतिक भेटघाट गर्न जानुभएकै होइन,’ मन्त्री देउवाले भनिन्, ‘उहाँ त आफ्नो चेकअप र पर्सनल भिजिट (व्यक्तिगत यात्रा) हो। त्यसमा केही त्यस्तो भेटघाट हुने भएन।’