पर्यटनमुखी बजेट बनाउन लुम्बिनी सरकारलाई नेता कोइरालाको सुझाव
१२ वैशाख २०८२
•
२ मिनेट पाठ
पर्यटनमुखी बजेट बनाउन लुम्बिनी सरकारलाई नेता कोइरालाको सुझाव
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले लुम्बिनी प्रदेश सरकारलाई पर्यटनमुखी बजेट निर्माण गर्न सुझाव दिएका छन् । लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेसँग काठमाडौँमा शुक्रबार भएको भेटमा डा. कोइरालाले पर्यटन विकासबाट मात्रै प्रदेश समृद्ध बन्न सक्ने भन्दै आगामी बजेटमा पर्यटनको क्षेत्रलाई विशेष प्राथमिकतामा राख्नु पर्ने सुझाव दिए ।  




लुम्बिनी प्रदेश पर्यटन विकासको प्रचुर सम्भावना रहेको भन्दै नेता डा.कोइरालाले यो सम्भावनालाई प्रदेशको आर्थिक विकास संग जोड्नु पर्ने बताए । ‘लुम्बिनी प्रदेश पर्यटन क्षेत्रका हिसावले धनी प्रदेश हो,’ डा.कोइरालाको भनाई उदृत गर्दै मन्त्री न्यौपानेले भने ‘प्रदेशको पर्यटकीय थलोहरुको प्रवर्धन गरेर आर्थिक लाभ लिने ठाउँ प्रशस्न छन्, फलतः आगामी बजेटमा पर्यटन क्षेत्रलाई केन्द्रमा राखेर बजेट निर्माण गरिनु पर्छ ।’  

पर्यटन सर्किट निर्माण गरेर बाह्य पर्यटकहरुलाई लुम्बिनीमा आकर्षित गर्न सकिने भन्दै नेता कोइरालाले लुम्बिनीका पर्यटकीय थलोहरुको प्रचारप्रसारसँगै पर्यटकीय पूर्वाधार निर्माणको कामलाई समेत जोड दिनु पर्ने सुझाव दिए ।  

भेटमा मन्त्री न्यौपानेले आगामी बजेटमा मन्त्रालयले पर्यटन विकासलाई प्राथमिकतामा राख्ने भन्दै नीति तथा कार्यक्रममा यो बिषयलाई प्रमुखताका साथ उल्लेख गरिने बताए । ‘लुम्बिनी प्रदेशको पर्यटन विकासका लागि अहिले भइरहेका कामलाई बढोत्तरी दिनेगरि कार्यक्रम बनाइने छ,’ मन्त्री न्यौपानेले भने ‘प्रदेशको समृद्धिसंग जोडिएको बिषय पर्यटन क्षेत्रको विकासलाई सरकारले गम्भिरताका साथ हेरेको छ ।’  उद्योग, पर्यटन तथा यातायात मन्त्रालय आफ्नो नीति तथा कार्यक्रम निर्माणमा जुटेको छ । मन्त्रालयले पर्यटन विकासलाई केन्द्रमा राखेर आफ्नो कार्यक्रम बनाउने तयारी गरेको छ ।  

यसैगरि नेता डा. कोइरालाले नागरिकलाई प्रदेशको अनुभुती दिलाउने गरि मन्त्रीहरुले काम गर्नु पर्ने सझाव दिए । प्रदेशको औचित्य छ भन्ने देखाउनै पर्ने भन्दै उनले नागरिकका सरोकारका बिषयमा सरकार बढि जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने बताए । ‘प्रदेशको औचित्य छ भन्ने देखाउनु पर्ने छ, यसका लागि बोलेर हैन, काम गरेर देखाउनु पर्छ,’ नेता कोइरालाले भने ‘नागरिकका सरोकारका बिषयमा प्रदेशतहका हरेक जनप्रतिनिधि प्रत्यक्ष रुपमा सकृयता पूर्वक जोडिनु पर्छ ।’
अर्को समाचार
शेखरको टिप्पणी: शिक्षकमाथि बल प्रयोग गर्नु कुशासनको अर्को उदाहरण
१४ वैशाख २०८२
•
१ मिनेट पाठ
शेखरको टिप्पणी: शिक्षकमाथि बल प्रयोग गर्नु कुशासनको अर्को उदाहरण
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आन्दोलनरत शिक्षकमाथि सरकारले बल प्रयोग गर्नु कुशासनको अर्को उदाहरण भएको टिप्पणी गरेका छन्। आइतबार सामाजिक सञ्जालमा अभिव्यक्ति राख्दै नेता कोइरालाले यस्तो बताएका हुन्। 




‘शिक्षा ऐन ल्याउनुपर्ने माग सहित शिक्षकहरू सडक आन्दोलनमा उत्रेको झन्डै एक महिना भयो,’ कोइरालाले लेखेका छन्, ‘पठन–पाठन र सरकारी भर्ना अभियान ठप्प छ, कक्षा १२ को परीक्षा समेत सरेको छ । यस्तो अवस्थामा शिक्षकहरूसँग वार्ता गरी समस्या समाधान गर्नुपर्नेमा सडकमै उनीहरूमाथि प्रहरी बल प्रयोग गर्नु र पालिका लगाएर शिक्षकहरूलाई धम्क्याउनु सरकारको कुशासनको अर्को उदाहरण हो ।’ 

‘अब धेरै ढिला भयो’ भन्दै कोइरालाले ले  एक दुई दिनमै समस्या समाधान गरी पठन–पाठन सुचारु गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

आइतबार बानेश्वरमा शिक्षकहरुले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले पानीको फोहरा प्रहार गरेको थियो। त्यसपछि उत्पन्न विवादले प्रहरीले शिक्षकबिच झडप भएको थियो। झडपमा एक पत्रकारसहित २७ जना घाइते छन्। 
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ८ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस