‘सुदूरपश्चिमको विकासका लागि रूपान्तरणकारी आयोजना आवश्यक’
१४ वैशाख २०८२
•
५ मिनेट पाठ
‘सुदूरपश्चिमको विकासका लागि रूपान्तरणकारी आयोजना आवश्यक’
पूर्वाधार विकास, औद्योगिक विकास तथा मानव विकास सूचकाङ्कमा कमजोर अवस्थामा रहेको सुदूरपश्चिम प्रदेशको समृद्धिको सपना साकार गर्न रूपान्तरणकारी योजना अगाडि सारी पर्याप्त बजेट व्यवस्था गर्नुपर्नेमा जोड दिइएको छ।




सुदूरपश्चिम प्रदेश, नीति तथा योजना आयोगद्वारा आज काठमाडौंमा आयोजित आर्थिक वर्ष २०८२/८३ का लागि सङ्घीय बजेट र सुदूरपश्चिम प्रदेशका प्राथमिकताहरू विषयक अन्तरक्रियामामा वक्ताहरूले सो विषयमा जोड दिएका हुन्।

वक्ताहरूले प्रदेशको समग्र विकास र समृद्धिका लागि नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेट्नुपर्ने प्राथमिकताका योजनाबारे सबै दलबाट प्रतिनिधित्व गर्ने सांसद तथा सरोकार भएकाहरू एकजुट हुनुपर्ने धारणा राखे।

आयोगका अध्यक्ष एवं सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशमा सञ्चालित राष्ट्रिय गौरव र रूपान्तरणकारी आयोजनालाई उच्च प्राथमिकता दिई बजेट विनियोजनका लागि सङ्घीय सांसदहरूको भूमिका महत्वपूर्ण हुने बताए।

“सङ्घीय बजेट आउँदैछ। त्यसको असर प्रदेश र स्थानीय तहमा पनि पर्छ। त्यसैले आगामी आर्थिक वर्षको बजेटमा प्रदेशको समृद्धिका लागि केही महत्वपूर्ण रूपान्तरणकारी योजना अगाडि बढुन् भन्ने चाहेका छौँ। यसमा विशेषगरी सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सांसदहरूको भूमिका महत्वपूर्ण हुन्छ। सबैले आआफ्नो क्षेत्रबाट भूमिका खेल्नुहुन्छ भन्नेमा अपेक्षा गरेका छौँ।” उनले भने।

आयोगका उपाध्यक्ष डा. जीवन रानाले राष्ट्रिय गौरव र रूपान्तरणकारी आयोजनामा बजेट विनियोजन, प्रदेश समृद्धिको सपना साकार गर्न आवश्यक रणनीति, प्रदेशको समग्र विकास र समृद्धिका लागि नेपाल सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटमा प्रभावकारी भूमिका खेल्न सङ्घीय सांसदहरूलाई आग्रह गरे।

“अपार सम्भावना भएको सुदूरपश्चिम प्रदेशमा विकासको गति बढाउन सङ्घीय सरकारको भूमिका महत्वपूर्ण छ। त्यसमा सबै दलबाट प्रतिनिधित्व गर्ने नेताहरूको थप योगदान अपेक्षित छ। प्रदेश सरकारले अघि सारेका नौ वटा विकास प्राथमिकताका क्षेत्रलाई मध्यनजर गरी सङ्घीय नीति तथा योजना र बजेटमा बढीभन्दा बढी योजना समेट्नका लागि क्रियाशील हुन आवश्यक छ”, उनले भने।

प्रदेशका प्राथमिकता प्राप्त क्षेत्रमा कृषिको आधुनिकीकरण र व्यवसायीकरण, पर्यटन विकास, ऊर्जा, यातायात, सञ्चार, आवास, खानेपानी र सिँचाइ क्षेत्रमा गुणस्तरीय भौतिक पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, संरक्षण एवं रोजगारीसहितको सामाजिक विकास, औद्योगिकरण, गरिबी निवारण, जडीबुटी उत्पादनसहितको वन तथा वातावरणमैत्री हरित विकास, संस्थागत सबलीकरण र सुशासन तथा डिजिटल प्रदेश रहेका छन्।

कार्यक्रममा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सुदूरपश्चिम प्रदेश अहिले पनि मानव विकास सूचकाङ्कमा निकै तल रहेकाले यसमा उल्लेखनीय सुधार हुने गरी आगामी बजेट र कार्यक्रम ल्याउनुपर्नेमा जोड दिइन्।

उनले कनिका छरेजस्तो गरी अनेक शीर्षकमा बजेट छुट्याउनुभन्दा पछि परेका समुदाय र सामग्र प्रदेशले लाभ लिनेगरी ठोस् योजना तथा कार्यक्रम तय गर्नुपर्नेमा जोड दिइन्।

मन्त्री डा. राणाले कृषि, पर्यटन र पूर्वाधार निर्माण नै सुदूरपश्चिम क्षेत्रका प्रमुख प्राथमिकता हुनुपर्नेमा जोड दिँदै कृषिजन्य उत्पादनलाई व्यावसायिक तथा आधुनिक प्रविधिसँग जोड्दै बजारीकरणमा विशेष ध्यान दिनुपर्ने बताइन्।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आगामी आवका लागि नेपाल सरकारको नीति तथा कार्यक्रम यही वैशाख १९ गते आउन लागेको उल्लेख गर्दै त्यसमा प्रदेशका नीतिगत प्राथमिकता समेट्न जोड दिनुपर्ने बताए।

उनले यस कार्यमा मन्त्रीको हैसियतमा आफूले पनि पहल गर्ने र दुई दलीय गठबन्धनका शीर्ष नेतृत्व तहमा यस विषयलाई थप प्रभावकारी रूपमा उठान गर्न सबैको सामूहिक पहलको आवश्यकता औँल्याए।

“प्रतिफल दिने योजनामा विशेष जोड दिने आवश्यकता छ । सरकारले पनि यही भावनाका साथ आवश्यक तयारी गरिरहेको छ। कुल बजेटको करिब १७ प्रतिशत पुँजीगत बजेट हुने र त्यो पनि कार्यान्वयन गर्न नसक्ने समस्याले देशको पुँजीबजार चलायमान हुन नसकेको अवस्था छ”, मन्त्री भण्डारीले भने, “यसैकारण सुदूपश्चिमको विकासमा दीर्घकालीन योगदान गर्ने योजना, छिमेकी मुलुकबाट लाभ लिन सकिने क्षेत्रमा लगानी गर्न सोहीअनुसारका योजना अगाडि सारौँ। ठूला योजनामा निजी क्षेत्रलाई समेत सँगसँगै लिने गरी विकास पूर्वाधारमा जोड दिऔँ।”

पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रसाद बडूले प्रदेशको भूगोल, आवश्यकता र औचित्यका आधारमा त्रिदेशीय नाकाको विकास, विद्युत् विकासका लागि प्रसारण लाइन, औद्योगिकरण, वातावरण संरक्षणसहित पोडवेलगायत वैकल्पिक यातायात पूर्वाधारमा जोड दिन आवश्यक रहेको बताए।

सङ्घीय सांसदका रूपमा आफूहरूले प्रदेशको विकासमा महत्वपूर्ण प्रभाव पार्ने योजनाका लागि पहल गरिरहेको उनको भनाइ थियो। पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य वीरबहादुर बलायरले निजी क्षेत्रको लगानी परिचालनका साथै राष्ट्र बैंकलगायत सरकारका निकायको स्रोत प्रदेशमा खर्च गर्ने अवस्थाका लागि पनि पहल आवश्यक रहेको बताए।

उनले पूर्वाधार, रोजगारी र आर्थिक गतिविधि सँगसँगै अगाडि बढाउने आवश्यकता रहेकाले पश्चिम सेतीजस्ता ठूला परियोजना कार्यान्वयन र जमिनको चक्लाबन्दी गरी उत्पादनमा जोड दिनुपर्ने बताए।

पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य शेरबहादुर कुवँरले आवश्यकता र औचित्यका आधारमा योजना छनोट र छरिएर रहेको नागरिक पुँजीलाई समेत परिचालन गर्ने गरी परियोजना विकास गरिनुपर्ने धारणा राखे।

कार्यक्रममा राष्ट्रियसभा सदस्य नारायणदत्त मिश्र, मदनकुमारी शाह (गरिमा), प्रतिनिधिसभा सदस्य ईश्वरी न्यौपाने, पुष्प शाही, प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल र दीर्घ सोडारी, प्रदेशका पूर्वमन्त्री डा. रणबहादुर रावल, नरेश शाही, प्रकाशबहादुर रावल, प्रकाश शाह, प्रदेश नीति तथा योजना आयोगका पूर्वउपाध्यक्षद्वय गणेश विश्वकर्मा, अनुपकुमार उपाध्यायलगायतले आफ्नो धारणा राखेका थिए।
अर्को समाचार
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
३८ मिनेट अघि
•
१ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
फाइल तस्बिर
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलबाट रिहा भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई गृहजिल्ला अर्घाखाँचीमा स्वागत गरिएपछि एमाले नेतृ उषाकिरण तिम्सेनाले आक्रोश व्यक्त गरेकी छन्।




ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।

उनले आफूलाई भट्टीमा हालेर खरानी बनाउन खोजिएको तर भट्टीबाट खारिएर स्टिल बनेर निस्किएको बताएका थिए। जेल बसाइलाई अध्ययन गर्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै उनले अहिले देश विकास गर्न र मुलुकलाई समृद्ध बनाउन हिजोभन्दा बढी आँट, शक्ति र आत्मविश्वास पलाएको दाबी गरेका थिए।

रायमाझीको स्वागत र अभिव्यक्तिप्रति लक्षित गर्दै तिम्सेनाले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेकी हुन्।

उनले लेखेकी छन्, ‘सजाय भुक्तानी गरेर जेलबाट छुटेको मान्छेले देश बनाउने कुरा गर्दै छ! जनतालाई भुटानी शरणार्थी बनाएर बेचबिखन गरेको प्रकरणमा दोषी प्रमाणित भएर जेल बसेर आएको व्यक्ति अहिले माला लगाएर हिँड्दै छ! जनतालाई हेप्नुको पनि सीमा हुन्छ नि! अझ, त्यो पनि पार्टीलाई साक्षी राखेर!’

उनले थप लेखेकी छिन्, ‘माफ गर्नुहोस्, म अत्यन्तै दुःखी छु। लज्जाको यति ठुलो प्रदर्शनी नगरौँ न, हुन्छ! जनतालाई हेप्न बन्द गर। अब अति भयो!’

तिम्सेनाले रायमाझीलाई माला लगाएर स्वागत गरिएकोप्रति आपत्ति जनाउँदै जनतालाई हेप्न बन्द गर्न चेतावनीसमेत दिएकी छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस