ज्ञानेन्द्र शाहीलाई कांग्रेस युवा नेता अंसारीको प्रश्न : नेपाली नागरिक मारिँदा कुन नेपालका मुस्लिमले विरोध गरेनन्?
१९ वैशाख २०८२
•
३ मिनेट पाठ
ज्ञानेन्द्र शाहीलाई कांग्रेस युवा नेता अंसारीको प्रश्न : नेपाली नागरिक मारिँदा कुन नेपालका मुस्लिमले विरोध गरेनन्?
नेपाली कांग्रेसका युवा नेता डाक्टर अबूल हुसैन अन्सारीले राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीको भनाइप्रति असन्तुष्टि व्यक्त गरेका छन्।




अन्सारीले 'मुस्लिम' समुदाय हो र 'इस्लाम' धर्म हो भन्नेबारे ज्ञान लिन शाहीलाई सुझाव दिँदै असन्तुष्टि व्यक्त गरेका हुन्। उनले विदेशबारे बोल्ने हक मुस्लिम आयोगले राख्छ? कुन आयोग कुन प्रयोजन र कुन उद्देश्यले गठन गरिएको हो थाहा छ? आदिवासी/थारू/दलित/मधेशी कुन-कुन धर्मका धार्मिक आयोग हुन्? भन्दै प्रश्न गरे। शुक्रबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै अन्सारीले नेपाली नागरिक मारिँदा कुन नेपालका मुस्लिमले विरोध गरेनन् भनेर जवाफ समेत माग गरेका छन्।

भारतका अधिकांश मुसलमानले पाकिस्तानलाई सबक सिकाउ भनेको कुरा उल्लेख गर्दै अन्सारीले हिन्दूको रक्षा गर्दा काश्मिरका मुस्लिम युवा पनि मारिएको दाबी गरे। उनले शाहीलाई भ्रम र द्वन्द्व फैलाउने अभिव्यक्ति नदिन आग्रह समेत गरे।

राप्रपाका प्रमुख सचेतक शाहीले बिहीबार भारतको कश्मिरमा नेपाली मारिँदा पनि मौन रहने संवैधानिक आयोगको कुनै काम नभएको टिप्पणी गर्दै स्टाटस लेखेका थिए। उनले जुनसुकै बहानामा पनि नेपालीको हत्या हुनु दुखद भएको बताउँदै आफू यस्तो हत्याका विरुद्ध सदैव उभिरहने शाहीले जिकिर गरेका थिए।

मुस्लिम समुदायको सांस्कृतिक धरोहर संरक्षण एवं सम्वर्द्धन सम्बन्धमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई र यस विषयमा सभामुखसमक्ष ध्यानाकर्षण पत्र समेत बुझाएका छन्। ध्यानाकर्षण पत्रमा अन्सारीले प्रतिनिधिसभाका सदस्य शाहीले दिएको अभिव्यक्ति अखण्ड नेपालको ऐतिहासिक धरातललाई धूमिल पार्ने र संविधानले अपनाएको समानता स्वतन्त्रता स्वाधीनता धर्म निरपेक्षता जस्ता मुलभूत मापदण्ड विपरीत अभिव्यक्ति भएकोले उनलाई सचेत गराई संविधान प्रदत्त कारबाही अगाडि बढाउन माग गरेको छन्।  

साथै उनले पछिल्लो समय सामाजिक सद्भाव बिथोल्ने, समाजमा विकृति विसंगती मौलाउने, समाजको शान्ति सद्भाव र भाइचारा भंग गर्ने, सांस्कृतिक धरोहरहरूको कुप्रचार, समाजिक सञ्जालमा विशेष धर्म समुदायबारे मिथ्या र झुठा समाचार, अनर्गल अभिव्यक्ति र स्टाटस लेख्ने, मुलुकको शान्ति सुरक्षा खल्बल्याउने जस्ता तत्वहरू बढ्दै गएका बताउँदै यस्ता तत्वको पहिचान गरी समाजिक अन्तरघुलन गराउने, सांस्कृतिक धरोहरहरूको महत्व दर्शाउने, सद्भाव र सहिष्णुताको पाठ सिकाउने जस्ता विषय क्षेत्रमा संस्कृति पर्यटन तथा नागरिक मन्त्रालय मार्फत नेपाल सरकारसँग देशव्यापी अभियान संचालन गर्न विशेष माग गरेका छन्।

यो पनि पढ्नुहोस्

कश्मिरमा नेपाली मारिँदा पनि मौन रहने संवैधानिक आयोगको कुनै काम छैन : ज्ञानेन्द्र शाही

यस्तो छ अंसारीले लेखेको स्टाटस:

“मुस्लिम” समुदाय हो र “इस्लाम” धर्म हो भन्ने बारे ज्ञान लिनु पऱ्यो ज्ञान बहादुर शाहीज्यू! विदेशबारे बोल्ने हक मुस्लिम आयोगले राख्छ? कुन आयोग कुन प्रयोजन र कुन उद्देश्यले गठन गरिएको हो थाहा छ? आदिवाशी/थारू/दलित/मधेशी कुन-कुन धर्मका धार्मिक आयोग हुन्? हैट! तपाईंको चेतको स्तर! अनी नेपाली नागरिक मारिदा कुन नेपालका मुस्लिमले विरोध गरेनन्?  

भारतका अधिकांश मुसलमानले पाकिस्तानलाई सबक सिकाउ भनेका छैनन्? युद्ध गर हामी तिम्रो साथमा छौं भनेका छैनन्? हिन्दूको रक्षा गर्दा काश्मिरका मुस्लिम युवा पनि मारिएनन्? कस्ता वाहियात कुरा गर्नु हुन्छ यार?  

इराकमा १२ जना हाम्रा नेपाली दाजुभाई मारिदा काठमाण्डौका मस्जिद तोड्ने र जलाउने गरियो। मुस्लिम राष्ट्रका एरलाईन्सहरूको कार्यालय तोडियो। मुसलमानलाई घरबाट बाहिर निस्कन नमिल्ने बनाईयो। के फेरि त्यस्तै हुनु पर्ने थियो?

बोल्दैनौं भन्यो बोल्न बाध्य बनाउॅंछौ यार! यो बोलने माननीय सँग कलास लिनुहोला
अर्को समाचार
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
१ घण्टा अघि
•
० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
काठमाडौं । वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।




पार्टीले उनलाई महत्वपूर्ण जिम्मेवारीसहित केन्द्रीय नेतृत्वमा आबद्ध गराएको जनाएको छ।

शिक्षा, अर्थतन्त्र, अनुसन्धान तथा संस्थागत सुशासनका क्षेत्रमा लामो अनुभव हासिल गरेका बज्राचार्यलाई पार्टी सभापति कुलमान घिसिङले खादा ओढाएर स्वागत गरेका थिए।

बज्राचार्यको आगमनले पार्टीको केन्द्रीय नेतृत्व थप अनुभवी, प्राज्ञिक र सशक्त बन्ने तथा नीति निर्माण र राष्ट्र निर्माणको अभियानलाई नयाँ उचाइ दिने पार्टीको विश्वास छ।
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
यो पनि पढौँ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस