राष्ट्रिय युवा संघ नेपाल ताप्लेजुङको दसौँ जिल्ला अधिवेशनमा विवाद देखिएको छ। विवादमा असन्तुष्ट पक्षले अध्यक्ष मण्डल आफैंले तोकेको बन्द सत्र अवधिमा उपस्थित नभएर जबरजस्त अघि बढ्न खोजेको आरोप लगाएका छन्।
असन्तुष्ट पक्षले बैशाख १९ गते मध्यान्हदेखि बन्द सत्रका कार्यक्रम सुरु गर्ने भनी अध्यक्ष मण्डलले मिति निर्धारण गरेको तर सो समयमा पुग्दा अधिवेशन स्थलमा कोही नभएको दाबी गरिएको छ । उनीहरुले जारी गरेको विज्ञप्तिमा राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटीमा उपसचिव नवीन रेग्मी, कोषाध्यक्ष प्रकाश एभेङ र पूर्व सदस्य दिलकुमार सुनुवारको हस्ताक्षर रहेको छ ।
विज्ञप्तिमा युवा संघको स्थगित भएको जिल्ला अधिवेशन पुन:सुचारु गरी लोकतान्त्रिक ढंगबाट नयाँ नेतृत्व चयन प्रकृया अघि बढाउन माग गरिएको छ । बन्द सत्रमा सङ्गठनको तर्फबाट प्रतिवेदन प्रस्तुत पश्चात् नयाँ नेतृत्व चयनको कुनै पनि औपचारिक कार्यक्रमको घोषणा नगरी अध्यक्ष मण्डलले नयाँ नेतृत्व घोषणा गर्ने गम्भीर त्रुटि गरेको उनीहरूको दाबी छ। त्यसपछि भएको विवादसँगै अध्यक्ष मण्डलले बैशाख १९ गते मध्यान्ह अधिवेशनका अरु कार्यक्रम अघि बढ्ने गरी अधिबेशनस्थल एमाले पार्टी कार्यालयमा सूचना समेत टाँस गरेको तर उक्त अवधिमा निर्वाचन मण्डल उपस्थित नभएको असन्तुष्ट पक्षले जनाएका छन्।
मतदाता नामावली प्रकाशन, मनोनयन दर्ता समेत नभई एकै पटक नयाँ नेतृत्वको नामावली वाचन गर्नु गैर लोकतान्त्रिक भएको उनीहरुले बताएका छन्।
केन्द्रीय अध्यक्ष क्षितिज थेबेले उद्घाटन गरेको युवा संघ नेपाल ताप्लेजुङको अधिवेशनमा केन्द्रीय सचिव तथा कोशी इञ्चार्ज निरोज पौडेलको संयोजकत्वमा अध्यक्ष मण्डल बनेको थियो । अध्यक्ष मण्डलले जबरजस्ती नाम पढ्न थालेपछि आफूहरूले त्यसको प्रतिवाद गरेको र अध्यक्ष मण्डल आफैंले बैशाख १९ गतेका लागि बन्द सत्रको कार्यक्रम सुरु गर्नेभनि सूचना टाँस गरी अधिवेशन स्थलमा नआएको दाबी असन्तुष्ट पक्षले गरेको छ ।