नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले नेकपा (एकीकृत समाजवादी) सँग चाँडै एकता हुने बताएका छन्।
शुक्रबार (आज) को संयुक्त संसद् बैठकमा अध्यक्ष माधवकुमार नेपालसँगै बसेका गौतमले नागरिकसँग भने, 'संवाद भइरहेको छ। एकीकृत समाजवादीसँग चाँडै मिल्छौँ।'
उनले अब नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई नपत्याउने पनि बताए। अब फेरि एमालेले बोलायो भने के गर्नुहुन्छ ? भन्ने जिज्ञासामा उनले भने, 'अब ओलीजीलाई पत्याइन्न। सबै कुरा थाहा छ।'
यसअघि पनि गौतमले एकीकृत समाजवादीसँग एकताका लागि प्रक्रिया अन्तिम चरणमा पुर्याइसकेका थिए। तर, ओलीले एमालेमा बोलाएपछि उनले एकीकृत समाजवादीसँगको एकता प्रक्रियालाई बीचमै छाडेर हिँडेका थिए।
त्यसपछि एकीकृत समाजवादीले पनि अबउप्रान्त कुनै सर्त बिना गौतमसँग एकता नगर्ने बताएको थियो। तर, पछिल्लो समय भने गौतम आफैँ लचिलो भएको एकीकृत समाजवादीका नेताहरूले बताएका छन्। यसपछि एकताका लागि संवाद भइरहेको उनीहरूले बताएका छन्।
आजको संयुक्त संसद् बैठकमा गौतम अध्यक्ष माधव नेपालसँग बसेका थिए। उनले आफूलाई अध्यक्ष नेपालले नै बोलाएको बताएको बताए।