नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ताप्लेजुङले जिल्लाका समसामयिक विषयका मागपत्र जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकारसमक्ष पेस गरेको छ। जिल्ला इञ्चार्ज तथा केन्द्रीय सदस्य नीताकुमारी सिवा र कार्यवाहक जिल्ला अध्यक्ष दुर्गाप्रसाद श्रेङचोङवाङसहितका नेताहरूले प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मामार्फत उक्त मागपत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमक्ष पेस गरेका हुन्।
१६ वटा योजनाको नाम तोकेरै सडक पूर्वाधारतर्फ ति योजना पूरा गर्न माग गरिएको छ। सडक पूर्वाधारतर्फ तमोर करिडोर सडक तथा उक्त क्षेत्रमा निर्माण हुनुपर्ने पुलहरू समयमै निर्माण गर्न, बसन्तपुर–गुफा–साँघु सडक कालोपत्रे गर्न र काबेली करिडोर सडकलाई पूर्णता दिने लगायतका माग गरिएको छ।
जलविद्युततर्फ जिल्लालाई लगानीमैत्री बनाउन, परियोजनाको वातावरणीय मूल्याङ्कनको विधि र प्रकृयालाई पारदर्शी बनाई कडाईका साथ कार्यान्वन गर्ने सहितका माग गरिएको छ। पदमार्गतर्फ मिल्के–जलजले–साँघु–फाकुम्बा–थिङलाबु–गुराँसे पोखरी–चाँगा–किलिङ–तोक्पेगोाला–याङमा–घुन्सा पदमार्ग सहितको माग गरिएको छ। भवनतर्फ गाउँपालिका केन्द्रमा सामुदायिक भवन निर्माण तथा फुङलिङ नगरपालिकामा सामुदायिक भवन निर्माण गर्न माग गरिएको छ।
फुङलिङ नगरपालिकामा अहिले रहेको सामुदायिक भवन सहितको क्षेत्रलाई आधार मानी वृहत् सामुदायिक भवन निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गर्न अहिले माटो परीक्षण सहितका कार्य भने भइरहेको छ। यस्तै कृषितर्फ ६ बुँदे, उद्योगतर्फ ३ बुँदे, शिक्षातर्फ ५ बुँदे र स्वास्थ्यतर्फ बिमा कार्यक्रम प्रभावकारी बनाउने, न्यूनतम् रूपमा बालरोग स्त्रीरोग, दाँत, हाड र मुटु रोगका विशेषज्ञ सेवा उपलब्ध गराउनुपर्ने सहितका ६ बुँदे माग सरकारसमक्ष प्रस्तुत गरिएको छ।
मागपत्रमा पर्यटन प्रवर्द्धन, सुशासन कायम राख्नेसहित सामाजिकतर्फ जातीय छूवाछुत र विभेद अन्त्य गर्नेदेखि उत्पीडनविरुद्धका अभियान प्रभावकारी बनाउनेसम्मका कार्यक्रम समावेश गर्न माग गरिएको छ।
यस्तै शान्ति सुरक्षातर्फ प्रहरी चौकी थपदेखि ट्राफिक प्रहरीको संरचना पालिका स्तरसम्म विस्तार गर्नुपर्ने सहितका मागपत्र पेस गरिएको नेकपा एसका जिल्ला सचिव मोहन न्यौपानेले जानकारी दिए। नेकपा एसले ताप्लेजुङले ६ पानाको मागपत्र सरकारसमक्ष पेस गरेको हो।