आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु शाहले जानकी जयन्तीलाई सरकारले बेवास्ता गरेको भन्दै आपत्ति जनाएका छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै अध्यक्ष शाहले यस्तो आपत्ति जनाएका हुन्। उनले जानकी जयन्तीको अवसरमा बिदा नदिइएको बताए।
राम नवमीमा बिदा दिइने भए पनि जानकी जयन्तीको उपेक्षा हुनु सरकारको लैंगिक विभेदपूर्ण दृष्टिकोण भएको उनको आरोप छ। उनले प्रधानमन्त्रीले आफ्नो जन्मदिन धुमधामका साथ मनाउनुहुन्छ सीताको जन्मदिन कसरी बिर्सिनुभयो? भन्दै प्रश्न समेत गरे।