उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहसँग एसियाली विकास बैंक एडिबीका उपाध्यक्ष फातिमा एस्मिनले शिष्टाचार भेट गरेकी छन् ।
बिहीबार शहरी विकास मन्त्रालयमा भएको भेटमा एसियाली विकास बैंकसँगको सहकार्यमा चलिरहेको आयोजनाको समीक्षा, नयाँ आयोजनामा लगानीको सम्भावनाबारे छलफल भएको थियो ।
मन्त्रालयका सचिव गोपाल सिग्देलका अनुसार, शहरी विकास मन्त्रालयअन्तर्गतका अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति, शहरी विकास तथा भवन निर्माण विभाग र स्थानीय पूर्वाधार विकास विभागमा एसियाली विकास बैंकको ऋण सहयोगका आयोजना सञ्चालनमा छन् ।
शहरी विकास मन्त्रालयसँगको सहकार्यलाई आगामी दिनमा निरन्तरता दिने र थप सहकार्यका विषयमा सकारात्मक छलफल भएको छ ।