कांग्रेस बैठकमै रोए सांसद: नेतृत्वलाई चेतावनी, प्रधानमन्त्रीप्रति अविश्वास
०३ जेष्ठ २०८२
•
२ मिनेट पाठ
कांग्रेस बैठकमै रोए सांसद: नेतृत्वलाई चेतावनी, प्रधानमन्त्रीप्रति अविश्वास
नेपाली कांग्रेस संसदीय दलको बैठक अहिले संघीय संसद् भवनको ल्होत्से हलमा बसिरहेको छ। सरकारले ल्याउन लागेको आगामी वर्षको बजेट र पछिल्ला राजनीतिक घटना क्रमबारे छलफलका लागि आह्वान गरेको बैठक भने भावुक र तनावपूर्ण रूपमा चलिरहेको एक जना सांसदले जानकारी दिए। 




बैठकमा बोल्ने सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार एकलौटी चलाएको, कांग्रेस नेता कार्यकर्तालाई प्रताडित गरिरहेको, सांसदकै गुनासा नेतृत्वले नसुनेको देखि लिएर झुटा मुद्दामा नेताहरू फसाइँदा पार्टीका तर्फबाट संरक्षण नभएकोसम्मका गुनासा पोखेका छन्। 

बैठकमा सरिता प्रसाईँ, शंकर भण्डारी, माया राई, मञ्जु खाण, हृदयराम थानी र कान्छाराम तामाङलगायतका सांसदले सरकारप्रति आक्रोश पोख्दै भावुक धारणा राखेको एक सांसदले बताए। उनीहरूमध्ये केही सांसद बैठकमै धरधरी रोएका छन्। 

‘उहाँहरू रोइरहँदा बैठक नै स्तब्ध अवस्थामा छ। उहाँहरूको पीडा र आक्रोशले पूरा कक्ष स्तब्ध भएपछि थुप्रै सांसदहरू बोल्नै सक्ने स्थितिमा छैनन्,’ ती सांसदले भने। 

बैठकमा सांसदहरूले प्रधानमन्त्री ओलीप्रति पनि तीव्र अविश्वास प्रकट गरेका छन्। ओलीले कांग्रेस भित्रका सांसदहरूलाई गुपचुप चलाइरहेको पनि आरोप लगाएका छन्।  

यस्तै सांसद शंकर भण्डारीले प्रधानमन्त्री ओलीले विभिन्न भाषणमा समय तोकेरै सभापति देउवालाई कुर्सी सुम्पने अभिव्यक्ति दिएकामा निन्दा गरे। ‘प्रधानमन्त्री ओली जी १५ महिनापछि, १४ महिनापछि देउवा जीलाई प्रधानमन्त्रीको कुर्सी सुम्पिन्छु भनेर अभिव्यक्ति दिइरहनुभएको छ,’ उनले भने, ‘कांग्रेसले कुर्सी देऊ भनेर अनुनय गरेर मागेको हो र? त्यो त सहमति र सम्मानको कुरा हो।’ प्रधानमन्त्री ओलीको त्यो भनाइमा कतै असंवैधानिक, भ्रमपूर्ण र रणनीतिक चलखेल पनि हुनसक्ने उनले बताए। 

सांसद राजेन्द्र बजगाईँले बैठकमा कांग्रेसका शत्रुहरू बाहिर होइनन् पार्टीभित्रै जिल्ला देखि केन्द्रसम्म रहेको बताए। ‘पार्टीभित्रका साथीहरूलाई नै समाप्त पार्ने प्रयास भइरहेको छ। यसले पार्टी एकता खुम्चिँदै गएकोले गम्भीर आत्म समीक्षा गर्न आवश्यक छ,’ उनले भने। 

बजगाईँले बुढी गण्डकी जलविद्युत् परियोजनाजस्ता ठुला राष्ट्रिय योजनामा कांग्रेसले नेतृत्व लिनुपर्नेमा जोड दिए। उनले भने, ‘यो केवल परियोजना होइन। यो राष्ट्रिय सम्भावना हो। नागरिक सहभागितामा निर्माण गरिनुपर्छ, हरेक नेपालीले शेयर पाउनुपर्छ।’ 

यस्तै बैठकमा बोल्ने अधिकांश सांसदहरूले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम नआए आगामी बजेट अस्वीकार गर्ने चेतावनी दिए। नत्र सरकार ढाल्न पनि पछि नपर्नेसम्मका कुरा उठेको एक सांसदले बताए।

बैठकमै केही सांसदले कांग्रेसभित्रको गहिरो असन्तोष, नेतृत्वमाथिको अविश्वासले पार्टी विभाजनको खतरा रहेको पनि भन्न भ्याए।
अर्को समाचार
नेपाली कांग्रेसले एआईसम्बन्धी कार्यक्रम गर्दै
०६ साउन २०८२
•
१ मिनेट पाठ
नेपाली कांग्रेसले एआईसम्बन्धी कार्यक्रम गर्दै
नेपाली कांग्रेसले कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स) लाई नेपालको समग्र विकासमा उपयोग गर्ने विषयमा छलफल कार्यक्रम आयोजना गर्ने भएको छ। 




नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागले आयोजना गर्न लागेको कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा रहनेछ।

कार्यक्रम ‘नेपालको विकासको लागि कृत्रिम बुद्धिमत्ता : एक समग्र दृष्टिकोण’ शीर्षकमा आगामी आइतबार दिउँसो एक बजे नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजना हुनेछ। 

स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
यो पनि पढौँ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस