माओवादीले देशलाई विखण्डनकारी बाटोमा पुर्‍यायो : कांग्रेस महामन्त्री थापा
०४ जेष्ठ २०८२
•
१ मिनेट पाठ
माओवादीले देशलाई विखण्डनकारी बाटोमा पुर्‍यायो : कांग्रेस महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले माओवादीले देशलाई विखण्डनकारी बाटोमा पुर्‍याएको आरोप लगाएका छन्। आइतबार (आज) कास्कीको रूपा गाउँपालिकाको दोस्रो पालिका सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।




'माओवादीले देशलाई विखण्डनकारी बाटोमा पुर्‍यायो,' उनले भने, 'जात, लिङ्ग के-केको नाममा; हिजो अस्तिसम्म दाजुभाइ भनेर मिलेर बसेको मान्छेहरू भड्किए।'

उनले त्यसबेला माओवादीको उत्तेजनालाई कांग्रेसले रोकेको बताए। 'माओवादी उत्तेजनामा थियो। कांग्रेसले त्यसलाई रोक्यो। दुई ठाउँबाट चुनाव हार्नुभएका माधव नेपाललाई अगाडि बढाएर पनि हामीले त्यसलाई रोक्यौँ,' उनले भने।

संविधान जारी भएपछि मधेसवादी दलहरू चुनावमा भाग लिन नआएको सन्दर्भ जोड्दै थापाले भने, 'कांग्रेसले हरेक कठिन परिस्थितिमा समाधान निकाल्ने काम गर्दै आएको छ।' उनले थपे, 'कांग्रेस चुनाव, चुनावको परिणामभन्दा माथि छ। जन्मेदेखि कांग्रेस नेपालको मूल, प्रमुख, एक मात्रै र राष्ट्रिय शक्ति हो। राज्यको सबैभन्दा अगाडि आउने समस्यालाई बुझ्छ, सङ्कल्प गर्छ र समाधानको सामर्थ्य पनि राख्छ।'
अर्को समाचार
बैंककबाट फर्किएर गगनले भने: विभिन्न देश र कम्पनी नेपालसँग काम गर्न इच्छुक पाएँ
२८ असार २०८२
•
१ मिनेट पाठ
बैंककबाट फर्किएर गगनले भने: विभिन्न देश र कम्पनी नेपालसँग काम गर्न इच्छुक पाएँ
नेपाली कांग्रेसका महामन्त्री गगन थापा थाइल्यान्ड भ्रमणबाट फर्किएका छन्। थाइल्यान्डमा आयोजित ‘एसिया क्लाइमेट समिट’मा भाग लिन असार २५ गते गएका महामन्त्री थापा शनिबार स्वदेश फर्किएका हुन्। 




‘थाइल्यान्डमा आयोजित एसिया क्लाइमेट समिटलाई सम्बोधन गरेर नेपाल फर्किएको छु,’ स्वदेश फर्किएपछि थापाले भनेका छन्, ‘पेरिस सम्झौताको धारा ६ अन्तर्गत कार्बन व्यापारको लाभ सबैलाई समान रूपमा वितरण गर्नुपर्छ भन्ने मेरो जोड रह्यो।’ 

विगतको ‘क्लिन डेभेलोपमेन्ट मेकानिज्म(सिडिएम))मा नेपालले अपेक्षित लाभ लिन नसकेको उनले बताए। ‘यस पटक भने विगतका गल्तीहरू नदोहो¥याउने गरी कार्बन व्यापारसँग सम्बन्धित काम गर्ने हाम्रो चाहना रहेको कुरा मैले जानकारी गराएँ,’ उनले लेखेका छन्। 

नेपालसँग कार्बन क्रेडिटमार्फत विकास वित्तको ठुलो अवसर रहेको बताउँदै थापाले भनेका छन्, ‘हाम्रो वन–जंगल, नवीकरणीय ऊर्जा र दिगो परियोजनाहरूले कार्बन व्यापारमा महत्त्वपूर्ण योगदान दिन सक्छ।’ आफूले सम्मेलनमा विभिन्न देश र कम्पनीहरू नेपाल सरकार र निजी क्षेत्रसँग काम गर्न अत्यन्त इच्छुक रहेको महसुस गरेको उनले भनेका छन्। 

‘तर, यो विषय समय–संवेदनशील भएकाले ढिलाइ गर्नुहुँदैन। यसका लागि हामीले आफ्नो तर्फबाट गर्नुपर्ने कामहरू छिटो सम्पन्न गर्न जरुरी छ। यसका लागि काममा जुट्नुपर्ने छ,’ थापाको भनाई छ। 
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
यो पनि पढौँ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस