राजतन्त्र ल्याउनु प्रतिगमन हैन प्रतिगमन भनेका कम्युनिस्टहरू हुन्: कमल थापा
०४ जेष्ठ २०८२
•
१ मिनेट पाठ
राजतन्त्र ल्याउनु प्रतिगमन हैन प्रतिगमन भनेका कम्युनिस्टहरू हुन्: कमल थापा
राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजतन्त्र ल्याउनु प्रतिगमन नभएको दाबी गरेका छन् । आइतबार विराटनगरमा पत्रकार सम्मेलना गरी थापाले राजतन्त्र ल्याउनु प्रतिगमन नभएको दाबी गरेका हुन् ।




थापाले आफूहरूलाई बदनाम गराउने उदेश्यले प्रतिगमन भन्ने गरिएको  बताए । उनले प्रतिगमन भनेको कम्युनिस्टहरू भएको जिकिरसमेत गरे । उनले भने ‘राजतन्त्र ल्याउनु प्रतिगमन हैन वास्तविक प्रतिगमन भनेको कम्युनिस्टहरू हुन् ।’  थापाले  हिन्दु राष्ट्र र राजासहितको प्रजातन्त्र स्थापना गर्ने उद्देश्यले जेठ १५ गते देखि संयुक्त जनआन्दोलनको घोषणा गरिएको बताए ।

काठमाडौं केन्द्रित जन आन्दोलन शान्तिपूर्ण हुने पनि थापाले स्पष्ट पारे । उनले काठमाडौं केन्द्रित जन आन्दोलनमा पहिलो दिन २ लाख मानिस सहभागी हुने र क्रमशः सहभागिता बढ्दै जाने बताए । थापाले  राजनीतिक दलहरूसहित विभिन्न ४४ वटा संस्थाले संयुक्त रुपमा जनआन्दोलन घोषणा गरेको जानकारी दिए । थापाले हिन्दु राज्य,राजतन्त्र र दुई  तहको सरकार जन आन्दोलनको मुख्य एजेन्डा भएको बताए ।

थापाले राजसंस्था, राजनीतिक दल र जनताको संयुक्त प्रयासबाटै मुलुकको समृद्धि संभव भएकाले आफूहरूले जन आन्दोलन गर्न लागेको बताए । उनले जेठ १५ गते देखि हुने जन आन्दोलन उद्देश्य पुरा नभएसम्म निरन्तर जारी रहने दाबी गरे ।  थापाले गत चैतमा भएको तीनकुने घटना सरकारले नियोजित रुपमा घटाएको आरोप लगाए ।  अध्यक्ष थापाले तीनकुने घटना पछि विभिन्न आरोप लगाउँदै सरकारले थुनामा राखेका दुर्गा प्रसाईँलगायतका नेताहरू आस्थाका बन्दी भएको बताए । थापाले आफूहरूको आन्दोलन संविधान संवत् रहेको दाबी पनि गरे । राजसंस्था र हिन्दु राष्ट्र संविधान संशोधन गरेर राख्न सकिने जिकिर पनि गरे ।  
अर्को समाचार
कमल थापाले भनेः ज्ञानेन्द्रपछि कोही राजा नभएकाले श्री ५ लेख्नु स्वाभाविक
२७ असार २०८२
•
१ मिनेट पाठ
कमल थापाले भनेः ज्ञानेन्द्रपछि कोही राजा नभएकाले श्री ५ लेख्नु स्वाभाविक
राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्व राजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिराज पाठकलाई प्रहरीले सोधपुछका लागि बोलाएकामा आपत्ति जनाएका छन्।  




‘श्री ५ ज्ञानेन्द्र लेखिएको बहानामा फणिराज पाठकलाई सोधपुछको निमित्त सरकारले बोलाउनु आश्चर्यजनक र हास्यास्पद छ,’ थापाले फेसबुकमा लेखेका छन्, ‘यो सरकारको संकीर्ण मानसिकताको द्योतक हो।’  

उनले ज्ञानेन्द्र नेपालका राजा भएको पनि दाबी गरेका छन्। ‘श्री ५ ज्ञानेन्द्र नेपालका राजा हुन् । प्राविधिक रूपमा अहिले राजतन्त्र नरहे पनि वा संविधानले नचिने पनि उनी पछि अरु कोही राजा नभएकाले उनलाई ‘श्री ५ ले’ सम्बोधन गर्नु स्वभाविक र मर्यादा पनि हो,’ थापाले लेखेका छन्।  

काठमाडौं प्रहरीले शुक्रबार पाठकलाई बयानका लागि बोलाएको छ। पूर्वराजा ज्ञानेन्द्रलाई नेपालको संविधानले नचिन्ने ‘श्री ५ महाराजाधिराज’लेखेर लेटर प्याड प्रयोग गरिएका प्रचारबाजी गरेको विषयमा प्रहरीले पाठकलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जनाएको छ।  
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock २ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १० मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
यो पनि पढौँ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस