पेचिलो बन्दै गभर्नर नियुक्ति, सरकार नै 'ढल्न' सक्नेसम्मको अड्कल !
०५ जेष्ठ २०८२
•
३ मिनेट पाठ
पेचिलो बन्दै गभर्नर नियुक्ति, सरकार नै 'ढल्न' सक्नेसम्मको अड्कल !
सत्तासीन दलहरू नेकपा (एमाले) र नेपाली कांग्रेस आ-आफ्नै अडानमा रहँदा नेपाल राष्ट्र बैंकका गभर्नर नियुक्ति थप पेचिलो बनेको छ। यतिसम्म कि गभर्नरकै कारण सरकार ढल्न सक्नेसम्मको अड्कल हुन थालेको छ। 




२०८१ चैत २४ यता नेपाल राष्ट्र बैंक गभर्नर विहीनको अवस्थामा छ। तर, निवर्तमान गभर्नरको कार्यकाल सकिनुभन्दा एक महिनाअगावै भावी गभर्नर नियुक्त गर्नुपर्ने ऐनलाई लत्याउँदै सरकारसम्बद्ध दलहरू कांग्रेस-एमाले भने आ-आफ्नै अडानमा टसमस छन्। 

गत जेठ १ गते सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले कम्तीमा चार दिनभित्र गभर्नर नियुक्त भइसक्ने दाबी गरेका थिए। तर, त्यो हुन सकेन। कांग्रेस-एमालेको रस्साकस्सीकै कारण गभर्नर सिफारिस समितिको बैठक बस्न सकेको छैन। अर्थमन्त्री विष्ण पौडेलको संयोजकत्वमा समितिको बैठक बस्न नसक्दा प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच पनि संवाद हुन सकेको छैन।

प्रधानमन्त्री ओली र सभापति देउवाबीच संवाद नभएपछि मन्त्रिपरिषद्को बैठक पनि बस्न सकेन। प्रधानमन्त्री ओलीले सोमबार (आज) साँझ ६ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका थिए। गभर्नर नियुक्तिकै विषयमा छलफल र निर्णयका लागि बोलाइएको बैठक अन्तत: स्थगित भयो। मन्त्रिपरिषद्को बैठक स्थगित गरेका प्रधानमन्त्री ओलीले देउवालाई साँझ ७ बजे छलफलका लागि डाकेका थिए तर, देउवा पुगेनन्। 

यससँगै गभर्नर नियुक्तिको विषय झन् पेचिलो बनेको छ। प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेट हुन नसक्नुलाई सरकारमै समस्या आउन सक्ने रूपमा अर्थ्याइएको छ। त्यसो त सभापति देउवा गभर्नर कांग्रेसले नै पाउनेमा ढुक्क थिए। उनले सार्वजनिक मञ्चहरूमा यही दोहोर्‍याउँथे। तर, अहिले आएर प्रधानमन्त्री ओलीले गभर्नर एमालेले नै राख्ने आशय देखाएपछि समस्या भएको हो।  

केपी शर्मा ओली र शेरबहादुर देउवा।
कांग्रेसले गभर्नरमा डा. विश्व पौडेलको नाम सिफारिस गरेको छ। तर, प्रधानमन्त्री ओलीले भने हालका नेपाल राष्ट्र बैंककै वरिष्ठ डेपुटी गभर्नर डा. नीलम ढुङ्गानालाई गभर्नर बनाउन चाहेका छन्। यही कारणले देउवा रिसिएका छन्। जसले आज प्रधानमन्त्रीको ओलीको आग्रह मानेनन्। यसले सरकारमै असर गर्न सक्ने बताइन थालेको छ।

राजनीतिक विश्लेषकहरूको आशङ्का पनि निको छैन। विश्लेषक शंकर तिवारीको विश्लेषणमा अबको प्रधानमन्त्री ओली र सभापति देउवाबीचको भेट समीकरणकै बारेमा निर्णायक हुनेछ।

आजको भेटका लागि तय भएको समयभन्दा अगाडि तिवारीले भनेका छन्, 'वर्तमान  सत्ता गठबन्धनको औचित्य एउटा बजेट पेस हुँदासम्म रहन्छ कि भन्ने थियो। गभर्नर नियुक्ति प्रकरण लम्बिएसँगै आजको देउवा र ओलीको बैठक समीकरणकै बारेमा निर्णायक हुने देखिन्छ,' तिवारीले लेखेका छन्।

अर्का विश्लेषक विष्णु दाहालको आशङ्का पनि फरक छैन। सरकारका लागि गभर्नर नै निर्णायक देखिएको उल्लेख गर्दै दाहालले प्रधानमन्त्री ओली नीलम ढुङ्गानालाई नै अगाडि बढाउने अडानबाट पछाडि नहट्ने विश्लेषण गर्छन्।

'प्रधानमन्त्री ओलीले नीलममार्फत धेरै कुरा मिलाउन खोजेको देखिन्छ। अर्कोतिर जेठ २८ गते संवैधानिक पदाधिकारीविरुद्धको फैसला आउँदैछ। यो विषय त्यता पनि ठोकिन पुग्छ। त्यसैले यो हेर्दा सानोजस्तो देखिए पनि सानो विषय छैन। धेरै ठूलो कुरा छ। त्यसैले यो विषयले सरकारमै असर पर्न पनि सक्छ,' उनले भने।
अर्को समाचार
दाहालको खुलासा: एमसिसी रोक्न देउवा सरकार ढाल्न खोजेँ, ओलीले अपमान गरे
२१ साउन २०८२
•
३ मिनेट पाठ
दाहालको खुलासा: एमसिसी रोक्न देउवा सरकार ढाल्न खोजेँ, ओलीले अपमान गरे
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसिसी रोक्न कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकार ढाल्न कोसिस गरेको खुलासा गरेका छन्। बुधबार माओवादी केन्द्रका नेता लीलामणि पोखरेलद्वारा लिखित ‘नेपालमा एमसिसी’ नामक पुस्तक विमोचन गर्दै अध्यक्ष दाहालले यस्तो खुलासा गरेका हुन्। 




‘एमसिसीमा सबैभन्दा दबाब माओवादी केन्द्रलाई थियो,’ दाहालले भने, ‘त्यो बेला एमसिसी रोक्ने हो भने एमालेलाई सरकारको नेतृत्व दिएर बाहिरबाट समर्थन दिन पनि तयार छौँ भनेका थियौँ।’ एमसिसीको विषय राष्ट्रिय महत्वको धेरै ठुलो विषय भएकाले त्यसो गरिएको उनले दाबी गरे।  

त्यसका लागि आफूसहितका चार जना नेताले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेरै प्रस्ताव राखेको दाहालले खुलासा गरे। त्यसमा आफू, अहिलेका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, अहिलेका महासचिव देव गुरुङ र शक्ति बस्नेत गएको उनले बताए। 

‘तर, यति नमिठो यति तितो, यति अपमानजनक भाषा प्रयोग गर्नुभएको कि कांग्रेसभन्दा त धेरै बढी रहेछ उहाँहरूको,’ दाहालले भने।

सँगै एमालेबाट चार बुँदे जवाफ आएको पनि उनले सुनाए। उनले भने, ‘त्यसो भन्दा अहिलेका प्रधानमन्त्रीले अन्य कुरा त भन्नु भो भन्नु भो, फुल स्टप र कमा पनि चेन्ज गर्न आवश्यक छैन, एमसिसी जस्ताको तस्तै पास गरिन्छ भनेपछि र हामी तयार नहुने हो भने नेपाली कांग्रेसले एमालेसँग मिलेर सरकार बनाउने र यसलाई अत्यधिक बहुमतले पारित गर्ने भनेपछि सबैभन्दा ठुलो अप्ठेरो परिस्थितिमा नेकपा माओवादी केन्द्र प¥यो।’

तर, आफूले अन्तिम समयसम्म जस्ताको तस्तै त एमसिसीलाई समर्थन गर्न नसक्ने भनेको उनले दाबी गरे। आफ्ना त्यति बेलाका वक्तव्य हेर्न पनि उनले आग्रह गरे। ‘साथीहरूलाई सडकमा पनि आवाज उठाइराख्न निर्देशन दिइएको थियो,’ उनले भने।

त्यो अवस्थामा माओवादी केन्द्रले अन्तिमसम्म गर्न सक्ने गरेको अध्यक्ष दाहालले बताए। ‘अब त जसरी पनि पास त हुने नै भयो। सदनबाट हामीले रोक्न सक्ने स्थिति भएन,’ उनले भने,‘कांग्रेस र एमाले मिलेपछि बहुमत भइहाल्छ।’ 

एमसिसी अनुमोदन गर्न कांग्रेस दृढ अडानमा रहेको एमाले नेतृत्वमा रहेका ओली झन् कडा सुनिएको उनले बताए। ‘एमालेसँगै हिजो कार्यदल बनाएको, समझदारी बनाएकाले आस गरेको, उ त झन् कडा! कांग्रेसभन्दा केपी ओली त झन् कडा। केही चेन्ज गर्न आवश्यक छैन भन्दिए’, उनले भने। 

‘आइपिएसको सदस्य बनाउने एमाले’

एमाले एमसिसीमा त्यति कडा हुनुमा अमेरिकाको इन्डो प्यासिफिक रणनीति(आइपिएस)को सदस्य बनाउने पार्टी हुनु रहेको दाहालले आरोप लगाए। ‘किनकि आइपिएसको सदस्य बनाउने पनि उहाँहरू नै हो। एसपिपीसम्म पनि सैद्धान्तिक सहमति गराउने पनि उहाँहरूले भएकाले गर्नुभएन,’ उनले भने। 

त्यसपछि माओवादी केन्द्रसँग अन्तिममा बहिस्कार गर्ने, उठेर हिँड्ने, भोटिङमा भाग नलिने बाटो रहेको दाहालले सुनाए। ‘तर हामीले जेजे गरे नि त्यो अनुमोदन त भई नै सक्थ्यो हामीले त्यसलाई रोक्ने र त्यसैको निम्ति विद्रोह र क्रान्ति गर्न सक्ने स्थिति पनि थिएन,’ उनले भने। 

अनि त्यही बेलामा बुद्धिजीवी कानुन व्यवसायीले अलिकति ‘फेस सेभ’ हुने ठाउँ देखिने गरी व्याख्यात्मक टिप्पणीको विकल्प ल्याएको दाहालले बताए। व्याख्यात्मक टिप्पणीले भोलि पनि आन्दोलन गर्न सक्ने बाटो दिएको उनको टिप्पणी छ। 

लामो विवाद चलेको अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसिसी) कम्प्याक्ट १२ बुँदे व्याख्यात्मक टिप्पणीसहित २०७८ फागुन १५ गते प्रतिनिधिसभाबाट अनुमोदन भएको थियो। त्यो बेला माओवादी केन्द्रलगायतका दलको सहयोगमा कांग्रेस सभापति देउवा प्रधानमन्त्री थिए। २०७४ को निर्वाचनपछि बनेको नेकपा विभाजनपछि एमाले प्रतिपक्षमा थियो। 

त्यही बेला एमसिसी बहसका बेला तत्कालीन पाँच दलीय गठबन्धनमा ठुलो मतभिन्नता सिर्जना भएको थियो। त्यही विषयको खुलासा दाहालले अहिले गरेका हुन्। 
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
यो पनि पढौँ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस