राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन क्षेत्र समितिका एक पदाधिकारीलाई तीन दिनका लागि निलम्बन गरेको छ।
पार्टी अनुशासन उल्लङ्घन गरेकाले ती पदाधिकारीलाई कारबाही गरिएको कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए।
'पार्टी अनुशासन उल्लङ्घन गरेको कारण निर्वाचन क्षेत्रको पदाधिकारीबाट ३ दिनका लागि निलम्बन गरिएको छ,' उनले भने।
अनुमतिबिना पार्टीका केन्द्रीय पदाधिकारीसँगको भेटमा एक निर्वाचन क्षेत्र उपसंयोजकले मोबाइलबाट गोप्य रूपमा भिडियो रेकर्ड गरेको पाइएको थियो।
पदाधिकारीको परिचय भने गोप्य राखिएको बुर्लाकोटीले बताएका छन्। व्यक्तिगत प्रतिष्ठामा आँच आउन नदिनका परिचय गोप्य राखिएको बताइएको छ।
कारबाही जेठ ५ गते गरिएको बुर्लाकोटीले आज जानकारी दिए।