राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेलाई सर्वोच्च अदालतले थुनामै राख्ने आदेश सदर गरेपछि बैठक बोलाएको छ। सचिवालयको भर्चुअल बैठकले यो विषयमा छलफल गर्न आज दिउँसो ३ बजे सचिवालय र ४ बजे केन्द्रीय समितिको भर्चुअल बैठक बस्ने निर्णय गरेको छ। आइतबार दिउँसो २ बजे केन्द्रीय कार्यालयमा केन्द्रीय समिति बैठक बस्नेछ।
शुक्रबार सर्वोच्च अदालतले उच्च अदालत तुलसीपुर, बुटवल इजलासको पुर्पक्षका लागि थुनामा पठाउने आदेश सदर गरेको थियो। लामिछानेकी पत्नी निकिता पौडेलले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि न्यायाधीशद्वय नकहुल सुवेदी र बालकृष्ण ढकालको इजलासले उक्त आदेश सदर गरेको हो।
आदेशमा भनिएको छ, ‘अदालतबाट निवेदक प्रतिवादीहरू रवि लामिछाने र छविलाल जोशीलाई पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुनेगरि पुर्पक्षका लागि थुनामा राखी मुद्दाको कारबाही र किनारा गर्नेगरी भएको मिति २०८१/१२/२२ को आदेश बेरितको नदेखिँदा बदर गरिरहनु परेन, कानुन बमोजिम गर्नु ।’ सुप्रिम सहकारी ठगी प्रकरणमा भैरहवा कारागारमा थुनामा रहेका पूर्वगृहमन्त्री लामिछानेको तर्फबाट दायर रिटमाथि यो आदेश भएको हो।