नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ताप्लेजुङको ११ औं जिल्ला अधिवेशनले दुर्गाहाङ श्रेङचोङवाङ अध्यक्ष रहेको ४५ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको छ। चोङवाङ यसअघि उपाध्यक्ष रहेका थिए। उनी मेरिङदेन गाउँपालिकाका उपाध्यक्ष समेत हुन्।
कमिटीको उपाध्यक्षद्वयमा आरसी पोमू र देवीमाया नेपाली, सचिवमा मोहन न्यौपाने, उपसचिवत्रयमा बादल गुरुङ, अमर लोहार र गणेश राई चयन भएका छन्। जेठ ९ र १० का लागि तय भएको अधिवेशन ९ गते मध्यराति नै नयाँ नेतृत्व चयन गर्दै सकिएको छ।
अधिवेशनमा २ सय ५० प्रतिनिधि सहभागी भएको नवनिर्वाचित सचिव न्यौपानेले जानकारी दिए। न्यौपाने यसअघि पनि सचिव नै थिए। यसअघि अधिवेशनको उद्घाटन नेकपा एसका वरिष्ठ केन्द्रीय उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य राजेन्द्रप्रसाद पाण्डेले गरेका थिए।
अधिवेशन उद्घाटन सत्रमा पार्टीका केन्द्रीय सचिव बलदेव चोधरी, पार्टीको निर्वाचन आयोग प्रमुख माधवप्रसाद पौडेल, स्थायी कमिटी सदस्य महेश रेग्मी, कोशी प्रदेश कमिटी अध्यक्ष सरिता थापा खड्कासहित प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरू, केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज खेमबहादुर वनेम केन्द्रीय सदस्य नेताकुमारी सिवा समेत सहभागी थिए।