नेकपा (माओवादी केन्द्र)को ताप्लेजुङस्थित आठराई त्रिबेणी गाउँपालिका र उक्त पार्टीको सहायक संगठन वाईसिएल नेपालको पालिका कमिटीमा एक साथ नयाँ नेतृत्व चयन भएको छ।
नेकपा (माओवादी केन्द्र)का ताप्लेजुङ जिल्ला संयोजक बिष्णुकुमार लिम्बू (वीरु)का अनुसार बिमला लिम्बू (लाजिमा) अध्यक्ष रहेको पार्टीको आठराई त्रिबेणी गाउँपालिका कमिटी सर्वसम्मत चयन भएको छ। कमिटीको उपाध्यक्षत्रयमा गणेश साँवा लिम्बू, कमल रामदाम र बिमला गुरुङ, सचिवमा वीरेन्द्र हाङवाङ, सहसचिवमा खगेन्द्र गुरुङ र कोषाध्यक्षमा लक्ष्मी बराईली रसाईली चयन भएका छन्। कमिटी ३९ सदस्यीय रहेको छ।
उता वाईसिएलको तेस्रो गाउँपालिका अधिबेशनले प्रदीप वनेम अध्यक्ष रहेको २९ सदस्यीय कमिटी सर्वसम्मत चयन गरेको छ। कमिटीको उपाध्यक्षत्रयमा सुजन आङवुहाङ लिम्बू, सुरेन लिम्बू र मन्दीप लिम्बू, सचिवमा सरोज लिम्बू, सहसचिवत्रयमा शुक्रराज आङवुहाङ लिम्बू,कमल रसाइली र बिमल रामदाम र कोषाध्यक्षमा खाण्डु सोनाम शेर्पा रहेका छन्।