कोशी प्रदेशको आगामी आर्थिक वर्ष २०८२/०८३को नीति तथा कार्यक्रम पारित भएको छ । आइतबारको प्रदेश सभा बैठकले आगामी आर्थिक वर्ष को नीति तथा कार्यक्रम पारित गरेको हो।
बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नीति तथा कार्यक्रम पारित गर्नेसम्बन्धी प्रस्ताव पेश गरेका थिए । सभामुख अम्बरबहादुर विष्टले मुख्यमन्त्रीको प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे । बैठकमा मुख्यमन्त्री हिकमतकुमार कार्कीले नीति तथा कार्यक्रमका विषयमा प्रदेशसभा सदस्यहरूले उठाएको प्रश्नको उत्तर दिएका थिए । उनले प्रदेशको दीर्घकालीन हितलाई समेटेर नीति तथा कार्यक्रम तयार पारिएको दाबी गरे ।
मुख्यमन्त्री कार्कीले अहिलेको सरकारले महत्त्वपूर्ण कामहरू गरेको दाबी गरे । कार्कीले मुलुकको बिग्रिएको अर्थतन्त्र अहिलेको सरकारको कामका कारण सुधार हुँदै गरेको बताए । उनले प्रदेश सरकारले नीति तथा कार्यक्रममा ल्याएका केही आयोजनाहरू संघ सरकारको सहयोगमा अघि बढाउने स्पष्ट पारे । मुख्यमन्त्री कार्कीले कतिपय प्रदेश आफैँ,कतिपय संघ सरकार र स्थानीय तहहरूसँगसमेत मिलेर काम गर्ने बताए ।