सशस्त्र द्वन्द्वका बेला यौन हिंसाबाट पीडित भएकाहरूलाई सार्वजनिक रूपमै उजुरी मागिएको भन्दै आपत्ति जनाइएको छ । नयाँ पदाधिकारीले नियुक्ति सम्हालेलगत्तै सत्यनिरूपण तथा मेलमिलाप आयोगमा सशस्त्र द्वन्द्वका पीडित, यौन हिंसापीडित छुटेका भए उजुरी दिन आह्वान गरेपछि आपत्ति जनाइएको हो । द्वन्द्वपीडितका असहमतिका बाबजुद नियुक्ति भएका पदाधिकारीले काम थालेसँगै पहिलो कामका रूपमा उजुरी आह्वान गरेका हुन् ।
संक्रमणकालीन न्यायको प्रक्रिया टुंगोमा पु¥याउन २०७१ सालमा पहिलो पटक दुईवटा आयोग गठन भएका थिए । ती आयोगमा हाल सरकारले तेस्रोपटक पदाधिकारी नियुक्ति गरेको हो । पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा बनेको पाँच सदस्यीय सिफारिस समितिले पदाधिकारी छनोट गरेपछि सरकारले नियुक्ति गरेको हो । द्वन्द्वपीडित समुदायले भने दुवै आयोगमा पदाधिकारी नियुक्तिको प्रक्रियादेखि नै असन्तुष्ट छन् ।
यौन हिंसाका उजुरी माग गरेको सूचनाले पीडितको आत्मसम्मानमा ठेस पुगेको बताएका छन् । द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जालका तर्फबाट अध्यक्ष गीता रसाइलीद्वारा जारी विज्ञप्तिमा यौन हिंसाका पीडितलाई गरिएको सूचनाप्रति आपत्ति जनाइएको छ । सूचनामा संवेदनशीलता नभएको टिप्पणी गरिएको छ । ‘सूचनाले १८ वर्षदेखि न्यायको पर्खाइमा रहेका बलात्कार तथा यौनजन्य हिंसाका पीडितहरूको आत्मसम्मानमा गम्भीर आघात पुग्न गएको र आयोगको असक्षमता तथा पीडितप्रतिको संवेदनशीलता नभएको थप पुष्टि भएको हाम्रो ठहर छ,’ विज्ञप्तिमा भनिएको छ ।
पीडितहरूसँग कुनै परामर्श नगरिएको र उजुरी दर्ता गर्दा अपनाउनुपर्ने पीडितहरूको सुरक्षा, गोपनीयता, आत्मसम्मानलगायत न्यूनतम संवेदनशीलतासमेत नअपनाइएको भन्दै असन्तुष्टि पोखिएको छ । ‘...सूचनाले बलात्कार तथा यौनजन्य हिंसाका पीडितहरू पुनः पीडित हुने तथा उनीहरूको सुरक्षा, गोपनीयता, मानसिक स्वास्थ्य र आत्मसम्मानमा समेत गम्भीर चोट पुग्ने भएकाले,’ शनिबार जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्तो असंवेशनशील तथा पीडितहरूको आवाजलाई अवमूल्यन गरी जारी गरिएको उजुरी दर्ता गर्नेसम्बन्धी सूचना र आयोगबाट सञ्चालन हुने कुनै पनि प्रक्रियामा संलग्न नहुने कुरा हामी फेरि पनि दोहो¥याउन चाहन्छौं ।’
सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष तथा सदस्यहरूको नियुक्ति सम्बन्धमा सिफारिस प्रक्रिया विश्वसनीय नभएको पनि दोहो¥याइएको छ । दुवै आयोगका पदाधिकारीहरूको नियुक्ति गरिएकोप्रति आपत्ति जनाउँदै आयोगका गतिविधिमा सहभागी नहुने चेतावनीसमेत दिइएको छ । ‘आयोग गठनका विरुद्धमा पीडितहरूले निरन्तर आवाज उठाउँदाउठाउँदै पीडितहरूलाई न्याय दिने सन्दर्भमा अपनाउनुपर्ने न्यूनतम मापदण्डसमेत नअपनाई सशस्त्र द्वन्द्वका क्रममा जर्बजस्तीकरणी वा गम्भीर यौनजन्य हिंसामा परेका पीडितको छुट उजुरी दर्ताका लागि उजुरी मागसम्बन्धी सार्वजनिक सूचनाप्रति गम्भीर आपत्ति छ,’ विज्ञप्तिमा भनिएको छ ।
आयोगले ‘यसअघि उजुरी माग गरेको अवधिभित्र काबुबाहिरको परिस्थिति परी उजुरी दिन नपाएका पीडितले त्यस्तो उजुरी दिन नसकेको आधार र कारण खोली आयोगका अध्यक्ष तथा सदस्यको नियुक्ति भएको मितिले तीन महिनाभित्र आयोगसमक्ष उजुरी दिन सक्ने’ भन्ने कानुनी व्यवस्थाअनुसार आह्वान गरेको बताएको छ । ‘काबुबाहिरको परिस्थिति परी उजुरी दिन नपाएको पीडितले जेठ ४ ले तीन महिना अर्थात् आगामी भदौ ३ भित्र आयोगले उजुरी माग गरेको अवधिमा काबुबाहिरको परिस्थिति परी त्यसरी उजुरी दिन नसकेको स्पष्ट आधार र कारणसहित सत्यनिरूपण तथा मेलमिलाप आयोग हाडीगाउँ, काठमाडौंमा रहेको कार्यालयमा उजुरी दिन सकिने...’ भनी सूचना प्रकाशित गरिएको छ ।
सशस्त्र द्वन्द्वका क्रममा जबर्जस्तीकरणी वा गम्भीर यौनजन्य हिंसामा परेका पीडित वा निजका तर्फबाट यसअघि उजुरी दिन छुट भएको भए भदौ ५ भित्र आयोगको कार्यालयमा वा इमेलमार्फत, सम्बन्धित जिल्ला सरकारी वकिल कार्यालय मार्फत उजुरी दिन अन्य घटनालाई जस्तै गरी आह्वान गरिएको छ । उजुरीकर्ताको नाम, थर, वतन गोप्य राख्न चाहेकोमा व्यहोरा उल्लेख गर्नुपर्ने पनि भनिएको छ । यसअघि सत्यनिरूपण तथा मेलमिलाप आयोगमा तीन सय १४ वटा यौनजन्य हिंसाका उजुरी दर्ता भएका छन् ।
यता आयोगले महान्यायाधीवक्ता कार्यालयमार्फत देशभरका सरकारी वकिल कार्यालयलाई पीडितको गोपनीयता अपनाउन आग्रह गर्दै पत्राचार पनि गरेको छ । ‘...उजुरकर्ता पीडितको गोपनीयता कायम हुने कुरालाई समेत ध्यान दिई उजुरी संकलन गरी सत्यनिरूपण तथा मेलमिलाप आयोगमा पठाउनुहुन आदेशानुसार अनुरोध छ,’ शुक्रबार महान्यायाधिवक्ता कार्यालयमार्फत सबै जिल्ला सरकारी वकिल कार्यालयमा पठाइएको पत्रमा उल्लेख छ ।